गलतलाई यहाँ गलत भन्न पनि डराउनुपर्छ (गजल)
लेखक गलतलाई यहाँ गलत भन्न पनि डराउनुपर्छ हेर यहाँ त मन पनि अरुका लागि पराउनुपर्छ ।। अन्याय, शोषण, भ्रष्टाचार, कुरीति व्याप्त छ सर्वत्र भन्नोस् न सरकार जगाउन अझै कति कराउनुपर्छ ।। जालझेल अनि हिंसाको राजनीति कहिलेसम्म होला ? देश समृद्ध बन्न अझै कति नागरिक हराउनुपर्छ ?? कर तिर्नकै लागि सरकार करकर गरिरहन्छ सधै आफू भोकै बसेर पनि उहाँको पेट भराउनुपर्छ ।। भेडाहरुलाई संसद् भवन छिराएर देश बन्दैन तिनलाई त भोकै राखेर जङ्गलमै चराउनुपर्छ ।।
कुमारी बैंकका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीमा १० प्रतिशत छुट
काठमाडौं । कुमारी बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका बीच विशेष सेवाहरुमा छुटको प्रावधान सम्बन्धी सम्झौता भएको छ । उक्त सहकार्य पश्चात डेबिट/क्रेडिट कार्ड वाहकहरुलाई कुमारी बैंकको कार्ड मार्फत भुक्तानी गर्दा, सुविधानगरस्थित उक्त सिद्धार्थ बिजनेस ग्रुप अन्तर्गतका होटेल रेस्टुरेन्टहरुमा खानपानमा १०% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । यसैगरी, ग्राहकहरुले होटेल बसाईमा रुम शुल्कमा पनि आकर्षक कर्पोरेट छुट प्राप्त गर्न सक्नेछन् । सो सम्झौता पत्रमा कुमारी बैंकका तर्फबाट बैंकका रिलेसन्शिप म्यानेजर उदित बहादुर सिंह ज्यू तथा सिद्धार्थ बिजनेस ग्रुपका तर्फबाट सेल्स तथा मार्केटिङ्ग निर्देश प्रभाकर खड्काले हस्ताक्षर गरे । बैंकको प्रधान कार्यालय टंगालस्थित एक संक्षिप्त कार्यक्रममा आधिकारिक रूपमा उक्त छुट सम्बन्धी सम्झौता गरिएको थियाे ।
अब नबिल बैंकबाट बिना चेक १ लाखसम्मको रकम झिक्न सकिने
काठमाडौं । अब नबिल बैंकबाट बिना चेक १ लाखसम्मकाे रकम झिक्न सकिने भएकाे छ ।आफ्ना ग्राहकहरुलाई नयाँ पद्धतीको बैंकिङ्ग सुविधा उपलब्ध गराउने उद्देश्यले बैंकले ‘स्क्यान एन्ड वीड्र’ सुविधाको सुरुवात गरेको हाे जसअन्तर्गत ग्राहकहरुले चेकको प्रयोग नगरी क्यूआर कोड स्क्यान गरेर बैंक काउन्टरबाट दैनिक एकलाख सम्मको रकम झिक्न सक्नेछन् । बैंकले हाललाई यो सेवा काठमाडौं उपत्यकाका सबै शाखाबाट उपलब्ध गराएको छ । बैंकले चाँडै यो सेवा सेवालाई देशभरिका शाखाहरुमा उपलब्ध गराउने जनाएकाे छ । नयाँ सेवाको सुरुआतको अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने, “अब नबिल बैंकका ग्राहक महानुभावले चेक÷एटिएम कार्ड बोक्न बिर्सिनु भयो भने आफ्नो मोबाइल बैंकिङ्ग ए्यापमा लग–ईन गरेर बैंक काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी आफ्नो खाताबाट रकम झिक्न सक्नुहुनेछ ।” विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा सुरक्षित कारोबार गर्न र संक्रमणको जोखिम न्यूनिकरण गर्नका लागि नबिल बैंकले यस पद्धती मार्फत बैक कर्मचारी र ग्राहकको सम्पर्क सकेसम्म घटाएको शाहाले बताए । ग्राहकले क्यूआर कोड स्क्यान गर्दा अब स्वतः ग्राहकको खाताबाट रकम घट्ने र बैंकको कर्मचारीले केवल ग्राहकलाई झिक्न खोजिएको रकम हस्तान्तरण गर्नेछन् । बैंकका प्रमुख कार्यकारी अधिकृत शाहका अनुसार स्क्यान एन्ड वीड्र मार्फत बिल बैंकका ग्राहक हरुले सहज र छिटो सेवा प्राप्त गर्नेछन् ।
सिद्धार्थ बैंकले ९.५५ प्रतिशतमा एसएमई कर्जा दिने
काठमाडौं । सिदार्थ बैंकले साना तथा मझौला व्यवसायलाई लक्षित गर्दै एसएमई कर्जा (साना तथा मझौला कर्जा) मा आकर्षक योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहक महानुभावहरुले ९.५५ वार्षिक ब्याजदरमा नै एसएमई कर्जा प्राप्त गर्न सक्नेछन् । काेभिड–१९ महामारीले अर्थव्यवसायमा परिरहेको असहज परिस्थितिका बावजुद पनि कर्जा सुविधालाई सहजीकरण गर्न उद्देश्यले “जस्तो सुकै परिस्थिति होस्, नरोकियोस् केहि गर्ने जोस” नारा सहित यो योजना ल्याएको बैंकले जनाएकाे छ । याे योजना सिमित अवधिको लागि ल्याईएक पनि यसबाट धेरैले फाईदा लिने अाफुहरुले अपेक्षा गरेकाे बैंकले जनाएकाे छ ।
चौध लाख नगदसहित चार जुवाडे पक्राउ
सोलुखुम्बु । जिल्लाको सोताङबाट रु १४ लाखभन्दा बढी नगदसहित चार जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार इलाका प्रहरी कार्यालय सोताङका प्रहरी निरीक्षक अनिल लिम्बूको नेतृत्वमा खटिएको टोलीले जुवा खेलिरहेको अवस्था उनीहरुलाई पक्राउ गरेको हो । सोताङ गाउँपालिका–५ शिवटार बजार नजिकैको पसलघरमा जुवा खेलिरहेको अवस्थामा रु १४ लाख ६५ हजार नगदसहित मङ्गलबार पक्राउ गरिएको सोलुखुम्बु प्रहरी प्रमुख टेकुनन्द इवा लिम्बूले जानकारी दि्ए । पक्राउ पर्नेमा सोताङ गाउँपालिका–२ का दुर्गाप्रसाद राई, वडा नं ४ का दुर्गाप्रसाद राई, थुलुङ दूधकोशी गाउँपालिका–७ देउसाका दीपक किराँती र फ्रेमराज खत्री रहेको प्रहरीको भनाइ छ । उनीहरुको साथबाट कृषि विकास बैंकको रु २९ लाखको चेकसमेत बरामद गरिएको छ । उनीहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय सल्लेरीतर्फ ल्याइँदै गरेको प्रहरीले जनाएको छ । यति ठूलो परिमाणमा जुवा खालबाटै पक्राउ परेको यो जिल्लाकै पहिलो घटना हो ।
बाजुराकाे सदरमुकाम जाेड्ने साँफे–मार्तडी सडकमा भीषण पहिरो, सञ्चालन हुन १५ दिन लाग्ने
बाजुरा । लगातारको वर्षाका कारण बाजुराको सदरमुकाम मार्तडी जोड्ने साँफे–मार्तडी सडकअन्तर्गत बार्जुगाड प्रहरी चौकी नजिकै भीषण पहिरो गएको छ । सोमबार रातिदेखि आएको अविरल वर्षाका कारण पहिरो गएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले बताए । पहिरो पन्छाउन दुईदेखि तीन दिन लाग्ने उनको भनाइ छ । तराई क्षेत्रबाट आएका यातायातका साधान बार्जुगाडपारि रोकिएका छन् भने २० भन्दा बढी मालवाहक ट्रक मार्तडीबाट बल्देसम्मको सडक क्षेत्रमा रोकिएका छन् । लगातारको वर्षाका कारण सडक अवरुद्ध भएपछि सदरमुकामलगायत ग्रामीण क्षेत्रका स्थानीय हाटबजारमा दैनिक उपभोग्य सामानको अभाव भएको उद्योग वाणिज्य सङ्घ बाजुराले जनाएको छ । बाजुरामा सोमबारदेखि भीषण वर्षा भइरहेको छ । जिल्लाभरि धेरै ठाउँमा क्षति भएको हुनसक्ने बताइएको छ । भारी वर्षाका कारण जिल्लाको सञ्चार सेवासमेत अवरुद्ध भएको छ । जिल्लामा सञ्चालनमा रहेका नेपाल टेलिकमका सम्पूर्ण सेवा प्रभावित भएका छन् । धेरै ठाउँ फोन सम्पर्क नहुँदम क्षतिको विवरण आउन नसकेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । त्यस्तै बाजुराको बूढीगङ्गा नगरपालिकै डाव भन्ने ठाउँमा पनि साँफे–मार्तडी सडकमै माथिबाट ठूलो पहिरो आएर सडक अवरुद्ध भएको स्थानीयवासीले जानकारी दिएका छन् । सडक सञ्चालन हुन अझै १५ दिन लाग्ने लगातार वर्षा भइरहेका कारण साँफे–मार्तडी सडक सञ्चालनमा समस्या देखिएको छ । लगातारको वर्षासँगै विभिन्न स्थानमा गएको पहिरोले भासिएको सडक पुनःनिर्माणमा भइरहेको ढिलाइका कारण सडक सञ्चालनमा समस्या देखिएको हो । वर्षाकै कारण हरेक दिन नयाँ विकल्पसहित सडक निर्माणको काम शुरु गर्नुपर्ने बाध्यताले सञ्चालनमा ढिलाइ हुने सडक डिभिजन कार्यालय साँफेका इञ्जीनियर दमन विष्टले बताए । तत्कालका लागि पुरानै स्थानमा बाटो मर्मत गर्ने क्रम जारी भए पनि वर्षाले समस्या पारेको विष्टको भनाइ छ । असार अन्तिम सातादेखि अवरुद्ध साँफे–मार्तडी सडक अझै खुल्न सकेको छैन । सडक सञ्चालनका लागि नयाँ रुट निर्माण वा पुरानै मर्मत भन्नेमै पनि बहस जारी छ । नयाँ निर्माण गर्दा पनि पहिरोमा भासिएको र थप बाटोसमेत पहिरोले क्षतविक्षत भएर थप निर्माण गर्नुपर्ने अवस्थामा आइपुगेको छ । पहिरोको समस्या बार्जुगाडखोलाबाट मार्तडीसम्म दर्जनाैँ स्थानमा ठूला तथा साना पहिरो गएको भए पनि बल्दे–द्वारी सडक नै प्रमुख बाधक बनेको छ । बनाएको भोलिपल्ट बिग्रिने र नयाँ निर्माण गर्दा लागत खर्च बढ्ने तर उपलब्धि नदेखिने अवस्था आइपुगेको छ । जिल्लास्तरीय सरोकारवाला टोली र सडक विभागबाट प्रतिनिधि तथा प्राविधिकले नियमितरूपमा विकल्पबारे परामर्श तथा छलफल जारी राखे पनि निकास निस्कन सकेको छैन । डोजरले काम नियमित गरिरहेको छ, प्राविधिक आएरै नयाँ मार्ग निर्माणबारे परामर्श गरिरहेका छन् तर दिनमा काटेको बाटो राति पुनः भत्किने गरेको छ । पुरानोसहित थप नयाँ बाटोसमेत भत्किएकाले ढिलाइ हुँदै गएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताएका छन् । गैरे नेतृत्वको टोलीले सडकको अवस्थाबारे जानकारी लिनुका साथै सडक डिभिजन कार्यालयका प्राविधिक टोलीसँग छलफल गरेको छ । प्रमुख जिल्ला अधिकारीसहित तीनवटै सुरक्षा निकायका प्रमुख तथा राजनीतिक दलसहितको टोली द्वारी पुगेको थियो भने सडक डिभिजन कार्यालयका इञ्जीनियर विष्टसहितको टोलीबीच छलफल तथा परामर्शसमेत भएको प्रहरी नायब उपरीक्षक भट्टाराईले बताएका छन् । छलफलबाट पुरानै सडक छेउ हुँदै बाटो निकाल्ने सहमति भएको छ । दीर्घकालीन समाधानका लागि नयाँ विकल्पबारे छलफल गरिए पनि तत्कालको समस्या समाधान गर्न पुरानै सडक छेउबाटै बाटो निर्माण गर्नेबारे छलफल भएको छ । पुरानै सडक छेउबाट बाटो निर्माण गरिए पनि करिब १५ दिनभन्दा बढी लाग्ने इञ्जीनियर विष्टले बताए । बाटोको अवस्था र पहिरोको मात्रा हेर्दा पानी रोकिएमा कम्तीमा १५ दिनभन्दा बढी लाग्ने र पानी निरन्तर परिरहे तत्काल भन्न सकिने अवस्था नरहेको विष्टको भनाइ छ । बाटो अवरुद्ध हुँदा खाद्यान्नलगायत अन्य दैनिक उपभोग्य सामानको मूल्य बढेको छ भने यात्रा कष्टकर हुने गरेको छ । सडक विभागले आफूले निर्माण गरेको सडकबारे तत्काल अर्को नयाँ मार्ग पहिचान गरेर सडक बनाउने अवस्था नरहेको र मेशिनरी पर्खाल नै लगाएर भए पनि पुरानै बाटोलाई कायम गर्ने रणनीति अघि सारेको छ ।
सर्कुलरको सहायताले नियन्त्रित अर्थव्यवस्थाको अभ्यासमा राष्ट्र बैंक
काठमाडौं । चालु आर्थिक वर्षको मौद्रिक नीतिप्रति उद्योगी व्यवसायीको निकै ठूलो चासो र तिव्र प्रतिक्षा थियो । कोरोना भाइरस (कोभिड–१९) संक्रमण सन्त्रासका कारण थप परेको अर्थतन्त्र उकास्न बजेटले कुनै कार्यक्रम नल्याएको र तत्परता नै नदेखाएको अवस्थामा उद्योगी व्यवसायीले मौद्रिक नीतिमाथि आश गर्नु नौलो र असान्दर्भिक कुरा पनि थिएन । साउन २ गते आएको मौद्रिक नीतिले आम चासो र सरोकार सम्बोधन गर्यो । किनभने सर्वसाधारणलाई प्रत्येक्ष नछुने मौद्रिक नीतिले बैंक वित्तीय संस्थाबाट ऋण लिएर उद्योग व्यवसाय गर्नेका धेरै माग सम्बोधन गरिदियो । उद्योगी व्यवसायीले मौद्रिक नीतिको स्वागत पनि गरे । तर, साउनको दोस्रो सातासम्म आइपुग्दा नेपाल राष्ट्र बैंक अब कुन बाटोमा जादैछ भन्ने प्रश्न उब्जिन थालेको छ । साउन १२ गते नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको लागि जारी गरेको निर्देशनले केही शंका र संसय उत्पन्न गराएको छ । आज (साउन १३ गते) लघुवित्त वित्तीय संस्थाहरुको लागि जारी गरिएको निर्देशनको आशय, भाषा र शब्द हेर्दा नेपाल राष्ट्र बैंक अब नियन्त्रित अवधारणामा जान लागेको प्रष्ट हुन्छ । नेपाल राष्ट्र बैंकले यी दुई दिनको बीचमा जारी गरेको निर्देशनमा बैंक तथा वित्तीय संस्थाहरुलाई जवरजस्ती मर्जरमा लाने भनिएको छ । लाभांश बाढ्न सीमा तोकिएको छ । कर्जाको व्याज कुन उद्योग व्यवसायका ऋणीले कहिले र कसरी तिर्ने भन्ने स्पष्ट मार्गचित्र पठाइएको छ । बैंक तथा वित्तीय संस्थाहरुको नाफाबाट छुट्टयाउनै पर्ने भनिएको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) को रकम सरकारले गठन गरेको कोरोना रोकथाम कोषमा साउनभरिमा जम्मा गरिसक्न निर्देशन दिइएको छ । हो, अहिले परिस्थिति सामान्य छैन । परिस्थिति असामान्य भएको बेलामा केही गतिविधिहरु असामान्य वा भिन्न पनि हुन सक्छन् । तर, असामान्य अवस्थामा प्रष्ट हुने भनेको नियत हो । यो कुरा नेतृत्व तहमा रहेका व्यक्ति वा संस्थाको हकमा पनि लागू हुन्छ । त्यसैले यी निर्देशनभित्र नेपाल राष्ट्र बैंकको लुकेको नियत प्रष्ट देखिएको छ । नेपालको संविधानले नियन्त्रित अर्थव्यवस्थाको परिकल्पना गरेको छैन । संविधानसँग बाझिने गरी कानुन बनाउन पाइदैन । यद्यपि कुनै पनि ऐनले अहिलेसम्म नियन्त्रित अर्थव्यवस्थाको परिकल्पना गरेको पनि छैन । तर, नियामकीय अधिकार पाएको नेपाल राष्ट्र बैंकले निर्देशनको माध्यमबाट नियन्त्रित अर्थव्यवस्थाको अभ्यास गर्न थालेको छ । नेपालले अबका दिनमा नियन्त्रित अर्थव्यवस्था अपनाउने हो भने सोही अनुसारको व्यवस्था संविधान र कानुनमा गर्नुपर्यो । नियामकीय अधिकारको दुरुपयोग गरी बैंकिङ क्षेत्रमा थालिएको नियन्त्रित अर्थव्यवस्थाको अभ्यासले स्वदेशी लगानीकर्तामा दुविधा उत्पन्न हुने र नीतिगत अस्पष्टताको कारण विदेशी लगानीकर्ता भाग्ने अवस्था आउन सक्छ । त्यसैले लगानी थप गरी प्रधानमन्त्री केपी शर्मा ओलीको ‘समृद्ध नेपालः सुखी नेपाली’ अभियानमा सहयोग गर्नुको साटो नेपाल राष्ट्र बैंक नियन्त्रित अर्थव्यवस्थाको जस्तो गतिविधि गरेर किन असहयोग गर्न खोजिरहेको छ भन्ने सन्देह उत्पन्न भएको छ ।
नेटवर्किङ व्यवसायमा शंकास्पद गतिविधि गर्ने कम्पनीलाई सचेत गराउँदै वाणिज्य विभाग
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वस्तुको प्रत्यक्ष विक्रीको नाउँमा केही कम्पनीहरुले नेटवर्किङ व्यवसाय गरेको विषयमा सचेत रहेको बताएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले पिरामिड प्रकृतिको नेटवर्किङ व्यवसाय गर्ने गरी शंकास्पद गतिविधि गर्ने कम्पनीहरुलाई सचेत गराइएको बताएका हुन् । उनले त्यस्ता कम्पनीहरुलाई विभागले क्लिनचिट दिएको भन्ने विषयमा सत्यता नरहेको बताए । प्रत्यक्ष विक्री (डाइरेक्ट सेलिङ) के हो भन्ने सम्बन्धमा इजाजत प्राप्त केही संस्था र स्वीकृतिको पर्खाइमा रहेका कम्पनीहरुलाई जानकारी गराउने काम भएको महानिर्देशक सुवेदीले बताए । उनले केही कम्पनीमाथि शंका लागेकाले सचेत गराइएको र फेरीपनि त्यस्तै हर्कद देखाए कारबाही गरिने बताए । उनले कुनैपनि कम्पनीले वेबसाइट अथवा आधिकारीक कागजातमा पिरामिड शैलिबाट व्यवसाय गर्ने गरी राखेको पाइए कानून अनुसार कारबाही गरिने बताए । कानूनी रुपमा आउनेलाई प्रोत्साहन गर्ने तर कानून विपरित गतिविधि गर्नेलाई कारबाही गरिने महानिर्देशक सुवेदीले बताए । वस्तुको प्रत्यक्ष विक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन २०७४ र नियमावली २०७६ भर्खरै कार्यन्वयनमा आएकाले वस्तुको प्रत्यक्ष विक्री गर्न इजाजत पाएका कम्पनीलाई विभागले मौजुदा कानूनको प्रावधान अनुसार काम गर्ने अनुमति दिएको बताए । विभागका निर्देशक रविन्द्र आचार्यले केही कम्पनीले वेबसाइटमा नेटवर्किङसँग सम्बन्धित पिरामिण शैलिका सामग्रीहरु राखेको जानकारी आएपछि हटाउन निर्देशन दिइएको बताए । उनले विभागका कुनैपनि कर्मचारीले बदमासी गरी इजाजत गरेको छ भने त्यो अक्षम्य भएकाले कारबाहीका लागि प्रतिवद्ध रहेको बताए । विभागबाट प्रत्यक्ष वस्तु विक्री गर्न इजाजत लिएका केही कम्पनीहरुले मल्टी लेभल मार्केटिङ (एमएलएम) गर्ने कम्पनी भन्दै पिरामिड शैलिमा मार्केटिङ गरिरहेका छन् । नेपालमा नेटवर्किङ र मल्टी लेभल मार्केटिङलाई अवैधानिक मानिएको छ ।