बैंक पैसा कमाउनका लागि मात्रै होइन, ब्याज सिंगल डिजिटमै हुनुपर्छ : पवन गोल्यान

<p>काठमाडाैं । बैंक तथा वित्तिय संस्था परिसंघ नेपाल (सिविफिन)का अध्यक्ष पवन गाेल्यानले बैंक पैसा कमाउनकाे लागि मात्र नभएकाे बताएका छन् । सिविफिनले बिहीबार आगामी मौद्रिक नीतिमा सुझावका लागि आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्ताे बताएका हुन् । उनले बैंक पैसा कमाउनकाे लागि मात्र नभएकाले बैंकका ब्याज सि‌ंगल डिजिटमै हनुपर्ने बताए ।राष्ट्र बैंकले विशेष गरेर उत्पादनशील क्षेत्रमा ब्याज कम गर्ने [&hellip;]</p>

काठमाडाैं । बैंक तथा वित्तिय संस्था परिसंघ नेपाल (सिविफिन)का अध्यक्ष पवन गाेल्यानले बैंक पैसा कमाउनकाे लागि मात्र नभएकाे बताएका छन् । सिविफिनले बिहीबार आगामी मौद्रिक नीतिमा सुझावका लागि आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्ताे बताएका हुन् ।

उनले बैंक पैसा कमाउनकाे लागि मात्र नभएकाले बैंकका ब्याज सि‌ंगल डिजिटमै हनुपर्ने बताए ।राष्ट्र बैंकले विशेष गरेर उत्पादनशील क्षेत्रमा ब्याज कम गर्ने नीति ल्याउनु पर्ने उनी बताउँछन् ।

यस्तै, उनले सरकारले बाहिरबाट ऋण ल्याएर बैंकलाई दिनुपर्ने बताएका छन् ।

त्यस्तै, सेयर धितोमा लगाईएको ४ र १२ करोडको सीमाको बारेमा सिविफिन अध्ययन गर्ने गोल्यानले जानकारी दिए । नेपाल राष्ट्र बैंकले सेयर धितोमा लगाएको उक्त क्यापले सबैभन्दा बढी साना लगानीकर्ताहरु मारमा परेका उनले बताए ।

‘सेयर मार्केटमा सबैले गरेका छन्, तर सबैभन्दा बढी मारमा साना लगानीकर्ता छन्, ४/१२ ले पनि साना लगानीकर्ता मारमा परेका छन्, किनेभने ठूला लगानीकर्तालाई यो नीति आउँछ भन्ने पहिल नै थाहा थियो, तर, सानालाई थाहा थिएन, अब हामी यस विषयमा अध्ययन गर्दैछौं,’ उनले भने ।

Share News