ऋण नतिरेपछि इच्छाराजको सीटीसी मल लिलाम हुँदै, ऋण तिर्न सञ्चय कोषको ३५ दिने म्याद

  २०७८ मंसिर ६ गते ११:३३     विकासन्युज

काठमाडौं । कर्मचारी सञ्चय कोषले इच्छाराज तामाङलाई ऋण तिर्न ताकेता गरेको छ । कर्मचारी सञ्चय कोषले सोमबार एक सूचना जारी गर्दै ऋण तिर्न ताकेता गरेको हो ।

कोषले ३५ दिन भित्र ऋण नतिरे धितो लिलाम हुने पनि सूचनामा उल्लेख गरेको छ ।

अहिले तामाङले संगठित रुपमा बचतकर्ताको रकम ठगी गरेको अभियोगमा केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पक्राउ गरेको छ ।

३५ दिन भित्र ऋण नतिरे उनको धितोका रुपमा रहेको सुन्धाराको सपिङ मल लिलामी हुनेछ ।

इच्छाराजको नाममा राजधानीको सुन्धारामा रहेको ६ रोपनी जग्गा र सोमा बनेका १३२ इकाई पसल तथा कवलहरू लिलामी गर्ने कोषले जनाएको छ ।

कोषले व्यक्तिगत जमानी दिने तामाङसहित केशवलाल श्रेष्ठ, प्रवीण मुखिया र लालकाजी गुरुङसहित ८ जनाको नाममा सूचना निकालेको हो।

कर्मचारी सञ्चय काेष स्राेतका अनुसार उनले काेषकाे ८ अर्ब रुपैयाँ ऋण तिर्न बाँकी छ । ब्युरोको हिरासतमा रहेका तामाङसहित सिभिल सहकारीका १२ जना विरुद्ध ५ अर्बमाथिको ठगीको जाहेरी परेको छ।

थप सामाग्री

४६ करोड ठगी अभियोगमा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ पक्राउ

इच्छाराजको वयानः सहकारीको पैसाले घर बनाएँ, घर बेच्दा घाटा लागेर पैसा सकियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.