ऋण नतिरेपछि इच्छाराजको सीटीसी मल लिलाम हुँदै, ऋण तिर्न सञ्चय कोषको ३५ दिने म्याद

<p>काठमाडौं । कर्मचारी सञ्चय कोषले इच्छाराज तामाङलाई ऋण तिर्न ताकेता गरेको छ । कर्मचारी सञ्चय कोषले सोमबार एक सूचना जारी गर्दै ऋण तिर्न ताकेता गरेको हो । कोषले ३५ दिन भित्र ऋण नतिरे धितो लिलाम हुने पनि सूचनामा उल्लेख गरेको छ । अहिले तामाङले संगठित रुपमा बचतकर्ताको रकम ठगी गरेको अभियोगमा केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई [&hellip;]</p>

काठमाडौं । कर्मचारी सञ्चय कोषले इच्छाराज तामाङलाई ऋण तिर्न ताकेता गरेको छ । कर्मचारी सञ्चय कोषले सोमबार एक सूचना जारी गर्दै ऋण तिर्न ताकेता गरेको हो ।

कोषले ३५ दिन भित्र ऋण नतिरे धितो लिलाम हुने पनि सूचनामा उल्लेख गरेको छ ।

अहिले तामाङले संगठित रुपमा बचतकर्ताको रकम ठगी गरेको अभियोगमा केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पक्राउ गरेको छ ।

३५ दिन भित्र ऋण नतिरे उनको धितोका रुपमा रहेको सुन्धाराको सपिङ मल लिलामी हुनेछ ।

इच्छाराजको नाममा राजधानीको सुन्धारामा रहेको ६ रोपनी जग्गा र सोमा बनेका १३२ इकाई पसल तथा कवलहरू लिलामी गर्ने कोषले जनाएको छ ।

कोषले व्यक्तिगत जमानी दिने तामाङसहित केशवलाल श्रेष्ठ, प्रवीण मुखिया र लालकाजी गुरुङसहित ८ जनाको नाममा सूचना निकालेको हो।

कर्मचारी सञ्चय काेष स्राेतका अनुसार उनले काेषकाे ८ अर्ब रुपैयाँ ऋण तिर्न बाँकी छ । ब्युरोको हिरासतमा रहेका तामाङसहित सिभिल सहकारीका १२ जना विरुद्ध ५ अर्बमाथिको ठगीको जाहेरी परेको छ।

थप सामाग्री

४६ करोड ठगी अभियोगमा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ पक्राउ

इच्छाराजको वयानः सहकारीको पैसाले घर बनाएँ, घर बेच्दा घाटा लागेर पैसा सकियो

Share News