४६ करोड ठगी अभियोगमा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ पक्राउ

  २०७८ असोज १८ गते २२:०५     विकासन्युज

काठमाडौं । सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले आज दिउसो तामाङलाई पक्राउ गरेको हो । सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभमा बचतकर्ताका रकम हिनामिना गरेको आरोपमा तामाङलाई पक्राउ गरिएको व्यूरोका प्रमुख धिरजप्रताप सिंहले जानकारी दिए ।

प्रहरीले तामाङ सहित एक दर्जन व्यक्तिहरुलाई पक्राउ गरेको जानकारी दिएको छ । उनीहरुले सिभिल सहकारीका बचतकर्ताको ४६ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप लगाइएको छ ।

प्रहरीका अनुसार ७० जना निक्षेपकर्ताले आफूहरूलाई तामाङसहितको समूहले ठगी गरेको उजुरी दिएका छन् । निवेदन आउने क्रम जारी रहेकाले उजुरी दिनेको संख्या अझै बढ्ने प्रहरीको अनुमान छ ।

पुल्चोक इन्जिनियरिङ क्याम्पसमा पढाउदै गर्दा उनी घरजग्गा व्यवसायमा प्रवेश गरेको छ । २०६० को दशकमा उनी रियलस्टेट व्यवसायमा सबैभन्दा सफल व्यवसायीको रुपमा परिचित थिए ।

घर जग्गा कारोबारसँगै उनले सिभिल सेभिङ एण्ड क्रेडिट नामक सहकारी खोलेको थिए । ५ वर्षअघिसम्म यो सहकारी नेपालको ठूला ५ सहकारी मध्ये एकमा गनिन्थ्यो । उक्त सहकारी र घर जग्गा कारोबारमा सफलता पाएपछि उनी वाणिज्य बैंक खोल्न पुगेका थिए ।

सिभिल हाउजिङ, सिभिल सहकारी, सिभिल मह, सिभिल बैंक लगायत दर्जन भन्दा बढी कम्पनीको नेतृत्व गर्दै उनी नेकपा एमालेबाट सभासद पनि भए भएका थिए । कुनै बेला उनी एमाले पार्टीको सबैभन्दा ठूलो चन्दादाताको रुपमा उनको नाम चलेको थियो ।

उनी जग्गा तथा आवास विकास संघको संस्थापक अध्यक्ष पनि हुन् । स्थापनादेखि अहिलेसम्म पनि उनी संघको अध्यक्ष छन् । उनी सिभिल बैंकका पनि अध्यक्ष हुन् ।

दुई वर्षअघिदेखि सहकारीका निक्षेपकर्ताको पैसा भुक्तानी गर्न नसकेपछि उनी र उनका कम्पनीहरु आर्थिक संकटमा परेको खवरहरु सार्वजनिक भएका थिए ।छोटो समयमा  अरबपति बन्न सफल भएका तामाङ छोटो समयमा पछाडि धकेलिएका छन् ।

One comment on "४६ करोड ठगी अभियोगमा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ पक्राउ"

  • c.k.shahi chandra kumar shahi says:

    CROOKE MAN WHY CHEAT TO WE PEOPLES PUT HIM IN JAIL WITH 80 CRORES FINE FOR 7 Y

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.