एनसीसी बैंककाे लाभांश पारित, सञ्चालक समितिमा ६ जना निर्वाचित, न्याैपाने बने अध्यक्ष

  २०७७ माघ ९ गते १६:०४     विकासन्युज

काठमाडाैं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंककाे प्रस्तावित लाभांश पारित भएकाे छ । माघ ९ गते सम्पन्न बैंककाे २३औं वार्षिक साधारणसभाले सञ्चालक समितिकाे १०.८१ प्रतिशत लाभांश प्रस्तावलाइ पारित गरेकाे हाे ।

उक्त सभामा १०.२६९५ प्रतिशत बोनस सेयर र सो बोनस सेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि ०.५४०५ प्रतिशत नगद गरी १०.८१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव लगिएकाे थियाे । सभाबाट पारित १०.२६९५ प्रतिशत बोनस सेयर पश्चात यस बैंकको चुक्ता पुँजी १० अर्ब ३१ करोड रूपैयाँ पुग्नेछ ।

त्यस्तै, सभाले संस्थापक समुह“क” बाट तीन (३) जना र सर्वसाधारण समुह“ख” बाट एक (१) जना महिला सहित तीन (३) जना गरी जम्मा छ (६) जना सञ्चालकहरुको निर्विरोध रुपमा निर्वाचित गरेको छ । साथै, साधारण सभापश्चात बसेको सञ्चालकहरुको बैठकबाट उपेन्द्रकेशरी न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

समुह “क”बाट सञ्चालकहरुमा मोहनबहादुर बस्नेत र ईमान सिंह लामा निर्वाचित भएका छन् भने समुह “ख” बाट चन्द्रप्रसाद बास्तोला, सुमन कुमारी जोशी र निशेष प्रधान निर्वाचित भएका छन् ।

हाल बैंकले ७ वटै प्रदेशमा गरी जम्मा १२७ शाखा र १०२ वटा एटिएम सञ्चालन गरी आफ्ना ग्राहकलाई स्तरीय सेवा प्रदान गरिरहेको छ ।
बैंकले आर्थिक वर्ष २०७६/७७मा ७९अर्ब ६१ करोड रूपैयाँ निक्षेप परिचालन तथा ६७अर्ब ८१ करोड रूपैयाँ कर्जा प्रवाह गरेकाे छ । र, खुद नाफा १ अर्ब १० करोड रूपैयाँ आर्जन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.