अमेरिकन आइडलको उत्कृष्ट ७ मा नेपालका दिवेश

  २०७७ वैशाख २९ गते ८:०७     विकासन्युज

काठमाडौं । विश्व प्रसिद्ध रियालिटी शो ‘अमेरिकन आइडल’को उपाधि यात्रामा नेपालका दिवेश पोखरेल उत्कृष्ठ ७ मा पुगेका छन् । आइडलको १८ औं संस्करणको उपाधि यात्रा अगाडी बढ्ने क्रममा दिवेश उत्कृष्ट ७ भित्र पर्न सफल भएका छन् ।

आइतबार सर्वाधिक मत ल्याउने उत्कृष्ट ११ प्रतिस्पर्धीबीचमा मतका आधारमा उत्कृष्ट ७ को छनोट गरिएको हो । २२ वर्षीय दिवेशले अमेरिकन आइडलमा आर्थन गनको नामले आफूलाई प्रतिस्पर्धा गरेका छन् ।

दिवेशले उत्कृष्ट सातमा पर्ने क्रममा एनिमेटेड चलचित्र द लिटल मर्मेडको एलान मेनकनको शब्द र होवार्ड एस म्यानको सङ्गीत तथा एस्ले टिसडालेको गायन रहेको किस द गर्ल बोलको गीत गाएका थिए ।

अमेरिकन आइडलमा दिवेशको सहभागितासँगै नेपाली समुदायमा पनि आइडलप्रति चासो बढेको छ । अमेरिकाको एबिसी टेलिभिजनबाट अमेरिकन आइडल कार्यक्रम प्रसारण हुँदै आएको छ । अमेरिकाको कन्सास राज्यको विचिटा शहरमा आफ्नो परिवारसँग बस्दै आइरहेका छन् ।

उनकाे प्रस्तुती हेर्न यहाँ क्लिक गर्नुहाेस् । 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.