काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले अब जय नेपाल सिनेमाजमा सिनेमा टिकट खरिद गर्दा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंक र जय नेपाल सिनेमाज, दरबारमार्गबीच यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
सम्झौताअनुसार सिटिजन्स बैंकका डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाइल बैंकिङ प्रयोगकर्ताले जय नेपाल सिनेमाजमा टिकट खरिद गर्दा १० प्रतिशतसम्म छुट पाउनेछन् ।
बैंकले यस सहकार्यबाट ग्राहकले प्रत्यक्ष लाभ लिनुका साथै नगद कारोबारबाट डिजिटल भुक्तानीतर्फ आकर्षित हुने विश्वास व्यक्त गरेको छ । बैंकले डिजिटल बैंकिङ सेवाको प्रयोग बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहित गर्न यस्ता ग्राहकमैत्री योजना सञ्चालन गर्दै आएको जनाएको छ ।
बैंकका अनुसार डिजिटल कारोबारमा उपलब्ध छुट तथा अन्य अफरबारे विस्तृत जानकारी बैंकको वेबसाइटमार्फत प्राप्त गर्न सकिनेछ ।
सिटिजन्स बैंकले हालै युवालाई लक्षित ‘सिटिजन्स जेन–जी सेभिङ्स अकाउन्ट’, ‘सिटिजन्स डिजी बैंक सेवा’ तथा फ्रिलान्सरका लागि ‘फ्रिलान्सर सेभिङ्स अकाउन्ट’ सञ्चालनमा ल्याएको छ । यसअघि फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ (भर्चुअल क्रेडिट कार्ड) समेत सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।
यस्तै, मोबाइल बैंकिङ एपबाटै शेयर आवेदन र सीआरएन नम्बर सेवा, साथै अन्य बैंकका ग्राहकले पनि सिटिजन्स बैंकको शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने क्रस बैंक टेलर सेवा पनि सञ्चालनमा रहेको बैंकले जनाएको छ ।