चार उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः सबैलाई समान नजरले हेर्ने नेतृत्व आवश्यक छ

  २०७६ फागुन ८ गते १३:४०     विकासन्युज

काठमाडौं । आगामी चैतमा नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा हुँदैछ । सो सभाले नयाँ नेतृत्व पनि चयन गर्दैछ । विधानअनुसार महासंघको बरिष्ठ उपाध्यक्ष आगामी कार्यकालको लागि स्वतः अध्यक्ष हुनेछन् ।

त्यसैकारण अहिलेका बरिष्ठ उपाध्याक्ष शेखर गोल्छा महासंघको आगामी कार्यकालको अध्यक्ष हुदैछन् ।
तर, चैतमा हुने अधिवेशनले गोल्छापछिको नेतृत्व पनि चयन गर्दैछ । चैतमा हुने महाधिवेशनले जसलाई बरिष्ठ उपाध्यक्ष बनाउनेछ, सो व्यक्ति नै गोल्छापछिको महासंघको अध्यक्ष बन्नेछ ।

निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था भएको कारण पनि महासंघको नेतृत्वका बारेमा चासो र सरोकार हुनु स्वभाविकै हो ।
सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर कार्यान्वयन गर्ने अधिकांश काममा महासंघको संलग्नता हुने भएकोले पनि यसको महत्व धेरै छ ।

महासंघले सबैभन्दा धेरै चिन्ता र सरोकार राख्ने भनेको उसका आफ्नै सदस्यहरुको हित प्रबद्र्धन नै हो । कुनै पनि संघ संस्थाले आफ्ना सदस्यहरुको हित संरक्षण र प्रबद्र्धन गर्नको लागि नै काम गर्नुपर्छ ।

यसैकारण महासंघका सदस्यहरुले अबको नेतृत्वबाट के कस्तो अपेक्षा राखेका छन् ? यो प्रश्न हामीले दाङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसाल, तुल्सीपुर उद्योग वाणिज्य संघका अद्यक्ष विर बहादुर राउत, सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष कुल प्रसाद न्यौपाने र रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष बिश्व कुमार चन्दलाई सोधेका छौं ।

उनीहरुले नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्वले व्यवसायिक समस्या समाधानको लागि सबै व्यवसायीलाई समान नजरले हेर्ने नेतृत्व आवश्य रहेकाे प्रतिक्रिया दिएका छन् ।

काठमाडौंमात्र नभइ जिल्ला नगरका व्यवसायीलाई पनि व्यवसायी हुन् भन्ने सोचोस् 

नारायण भुसाल, अध्यक्ष, दाङ उद्योग वाणिज्य संघ

अहिले सम्मका नेतृत्वहरुले हामी साना उद्यागी व्यवसायीहरुका खासै कूरा उठाउने प्रयास गरेका छैनन् । महासंघले आफुलाई परेको समयमा मात्र जिल्ला नगरका व्यवसमयीसँग सहकार्य गर्ने अरु बेला कुनै वास्ता नगर्ने परिपाटी छ । अबको नेतृत्वले काठमाडौं मात्र नभई जिल्लाका व्यवसायीहरुलाई पनि व्यवसायी हुन् भन्ने नजरले हेरोस् भन्ने हो ।
अबको नेतृत्वले आफ्नो व्यक्तिगत लाभ भन्दा पनि सबै व्यवसायीको हक हितको लागि काम गरोस् ।

जिल्ला नगरमा पनि लगानीमैत्री वातावरण सिर्जना गर्ने नेतृत्व हुनु पर्छ । नयाँ राजश्जको नीति परिवर्तन भइरहन्छ । यसको लागि जिल्ला नगरका व्यवसायीलाई पनि तालिम प्रदान गर्न सक्ने नेतृत्व हामीलाई चाहिन्छ ।

लगानीमैत्री वातावरणको सिर्जना गरोस्
विर बहादुर राउत, अध्यक्ष तुल्सीपुर उद्योग वाणिज्य संघ, दाङ

तुल्सिपुर उद्योग वाणिज्य संघ महासंघको एउटा अभिन्न अंग हो । आगामी चैतमा हुने चुनावमार्फत सक्षम नेतृत्व आओस् भन्ने हो । निजी क्षेत्रबिना देशको सम्वृृद्धि परिकल्पना गर्न सकिँदैन । निजी क्षेत्रका व्यवसायीहरुले आगामी नेतृत्वबाट एउटा मञ्चमा मात्र सम्वृद्धिका कुरा नभई व्यवहारिक रुपमा काम गर्ने नेतृत्व चाहेका छन् ।

उद्योगी व्यवसायी सम्वृृद्ध हुनु पर्छ । त्यसका लागि लगानीमैत्री वातावरणको सिर्जना गरोस् । भयरहित वातावरणमा काम गर्ने वातावरण सिर्जना गरोस् भन्ने अपेक्षा छ । परिवर्तनको दिशातर्फ दोर्याउने नेतृत्व हामीलाई चाहन्छ ।

विदेशी लगानी भित्र्याउने नेतृत्व चाहिन्छ
कुल प्रसाद न्यौपाने, अध्यक्ष, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही

हाम्रा थुप्रै समस्या छन् । सरकारसँग विश्वास जोगाउने खालको नेतृत्व हामीलाई आवश्यक छ । सबैलाई हातेमालो गरी अगाडि बढ्ने नेतृत्व आजको आवश्यकता हो । विदेशी लगानी नेपाल भित्र्याउने सक्षम नेतृत्व हामीले खोजेका छौं । देशभर छरिएर बसेका व्यवसायी उद्योगीहरुको मन बुझ्न खाज्ने चाहिन्छ । नेपालमा ठूला उद्योगी मात्र हेरेको अवस्था छ । नेपाल साना व्यवसायीलले धानेको देश हो । त्यसैले सबैलाई समान व्यवहार गर्न सक्ने नेतृत्व हामीलाई चाहिएको हो ।

पहाडी भेगका व्यवसायीसँग पनि सहकार्य गरोस्
बिश्व कुमार चन्द, अध्यक्ष रोल्पा उद्योग वाणिज्य संघ

पहाडी भेगका व्यवसायीसँग सहकार्य गरी अगाडि बढ्ने नेतृत्व हामीलाई आवशयक छ । व्यवस्थित रुपले सबै व्यवसायीहरुलाई समान व्यवहार गरोस् भन्ने हाम्रो चाहना छ । नेपाल उद्योग वाणिज्य महासंघको अबको नेतृत्व व्यवसायीका पिरमर्का र समस्या बुझ्ने खालको हुनुपर्छ । महासंघको अबको नेतृत्वले व्यवसायीको हकहितको लागि सक्षम हुनु पर्छ । आजसम्मका नेतृत्वहरुले त्यति काम गर्न सकेको अवस्था छैन । उनीहरुले व्यवसायीहरुका समस्या समाधान गर्न तर्फ ध्यान दिएका छैनन् ।

सम्बन्धित समाचार:

कर्णालीका व्यवसायीको दुखेसोः महासंघले हाम्रो समस्या कहिल्यै बुझ्दैन, अपेक्षा याे छ भनेर के गरौं

सुदूर-कर्णालीका व्यवसायी भन्छन्- हामी सँधै थिचियौं, अब हामीलाई माथि उठाउने नेतृत्व चाहिँन्छ

किशोर प्रधानको उम्मेदवारी घोषणा सभामा शेखर गोल्छा गए, सौरभ ज्योति गएनन्

चार जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः अबको नेतृत्वले व्यवसायीका समस्या सुनिदिए पुग्छ

निर्वाचन नजिकिँदै गर्दा महासंघमा ध्रुवीकरण तीव्र

पाँच उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः राजनीतिक दललाई गुहार्नुपर्ने प्रवृतिको अन्त्य गरोस्

पाँच उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः अबकाे नेतृत्वले साना व्यवसायीका पनि पिरमर्का बुझोस्

चार जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः महासंघ ठूला घरानाको मात्र नहाेस्

चार प्रदेश महासंघका अध्यक्ष भन्छन्ः अबको नेतृत्वले शक्ति विकेन्द्रित गर्न सकोस्

तीन प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष भन्छन्ः अबको नेतृत्वले एसएमईको प्रबर्द्धन सोचोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.