हिमालयन बैंकको १० प्रतिशत प्रमोटर सेयर पब्लिक बनाउन राष्ट्र बैंकले स्वीकृति दिएन

  २०७६ माघ २१ गते १०:४३     विकासन्युज

काठमाडौं । हिमालयन बैंकले आफ्नो १० प्रतिशत प्रमोटर सेयर पब्लिकमा परिवर्तन गर्न गरेको प्रस्ताव नेपाल राष्ट्र बैंकले अस्वीकार गरेको छ ।

हिमालयन बैंकमा सर्वसाधारणको सेयर हिस्सा १५ प्रतिशत मात्रै छ । राष्ट्र बैंकले नै सर्वसाधारणको सेयर हिस्सा कम्तिमा ३० प्रतिशत पुर्याउन बैंकलाई निर्देशन दिएको थियो । सो निर्देशन अनुसार नै हिमालयन बैंकले १० प्रतिशत प्रमोटर सेयरलाई पब्लिक बनाउने स्वीकृतिका लागि राष्ट्र बैंकमा प्रस्ताव पठाएको थियो ।

हिमालयनले पब्लिक सेयरको हिस्सा १५ प्रतिशत बढाउनु पर्ने भएकोले १० प्रतिशत मात्रै परिवर्तन गर्ने प्रस्ताव राष्ट्र बैंकले अस्वीकार गरेको हो । राष्ट्र बैंकले हिमालयन बैंकलाई एकैपटक १५ प्रतिशत प्रमोटर सेयर पब्लिक गराउने प्रस्ताव ल्याउन निर्देशन दिएको छ ।

सम्बन्धित सामग्री

हिमालयन बैंकसँग अझै २ विकल्प, एफपीओ जारी गरे प्रतिकित्ता २ सय रुपैयाँ

हिमालयन बैंकको औसत लाभांश २७.५५ प्रतिशत, बाेनसकाे मुखमा सेयर मूल्य ५०० नजिक

हिमालयन बैंकलाई राष्ट्र बैंकको चार बुँदे कडा निर्देशन, सञ्चालक समितिमा उथलपुथल हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.