हिमालयन बैंकलाई राष्ट्र बैंकको चार बुँदे कडा निर्देशन, सञ्चालक समितिमा उथलपुथल हुने

  २०७६ पुष ७ गते २०:५६     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले हिमालयन बैंकलाई ठूलो असर पर्ने गरी चार बुँदे निर्देशन दिएको छ । हिमालयन बैंकको गत आर्थिक वर्ष २०७५÷७६ को वार्षिक प्रतिवेदनलाई आइतबार स्वीकृत गर्दै साधारणसभा गर्न पनि बाटो खुला गरिदिएको छ ।

हिमालयन बैंकको कम्तिमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई दिन राष्ट्र बैंकले निर्देशन दिएको छ । हालसम्म यस बैंकमा सार्वसाधारण समूहको सेयर १५ प्रतिशत मात्र छ । राष्ट्र बैंकको निर्देशनसँगै हिमालन बैंकको १५ प्रतिशत प्रमोटर सेयर पब्लिकमा परिवर्तन गरिने भएको छ ।

प्रमोटरको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्वको सवालमा बैंकभित्रको लामो विवादलाई किनारा लगाउन राष्ट्र बैैंकले चुनावी प्रक्रियाबाट सञ्चालक समिति चयन गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकको निर्देशन सँगै २२ वर्ष पुरानो यस बैंकमा पहिलो पटक निर्वाचन हुने भएको छ ।

बैंकले साधारणसभाको लागि मिति तय गरिसकेको छैन तर आगामी साधारणसभापछि बैंक सञ्चालक समितिमा उथलपुथल हुने जानकारहरु बताउँछन् । हाल बैंक सञ्चालक समितिमा स्थान गुमाएर गुमनाम बसेको खेतान समूह सञ्चालक समितिमा फर्कने सम्भावना देखिन्छ भने हाल सञ्चालक समितिमा रहेका मनोज बहादुर श्रेष्ठ र प्रचण्डबहादुर श्रेष्ठ दुई दाजुभाई मध्ये एकले सञ्चालक पद गुमाउने जोखिम रहेको छ ।

चुनावसँग अध्यक्ष श्रेष्ठको पद पनि धरापमा पर्ने जानकारहरु बताउँछन् । दुई भाई मध्ये एक भाई मात्र सञ्चालक समितिमा निर्वाचित भएको अवस्थामा बहुमत गुम्ने र अध्यक्ष पद पनि गुम्ने बताइएको छ ।

खासगरी हिमालयन बैंकमा रहेको हविब बैंकको २० प्रतिशत सेयर किनेर भित्रन लागेको सीडीसीलाई रोक्न भूमिका खेलेको आरोप अध्यक्ष मनोजबहादुर श्रेष्ठमाथि लागेको छ । उनीहरुको भूमिकालाई लिएर अन्य सञ्चालकहरु, नेपाल राष्ट्र बैंक असन्तुष्ट रहेको बताइएको छ । यस बैंककाे भावी अध्यक्ष कर्मचारी संचय काेषका तुलसी गाैतम हुन सक्ने अनुमान गरिएकाे छ ।

त्यस्तै, हिमालय बैंकले लघुवित्तहरुमा करिव १३ प्रतिशत सेयर लगानी गरेको देखिएकोले त्यसलाई १० प्रतिशतमा झार्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ । संस्थागत सुशासनको विषयमा लेखापरिक्षकले औल्याएको कैफियत र राष्ट्र बैंकको स्थलगत सुपरिवेक्षणमा देखिएको कैफियतहरुलाई सुधार गर्न पनि राष्ट्र बैंकले निर्देशन राष्ट्र बैंक सम्बन्ध उच्च स्रोतले जानकारी दिएको छ ।


सम्बन्धित समाचार


हिमालयन बैंकले म्याक्स मनिबाट साढे ३१ करोड पायो, बाँकी पैसा किस्ताबन्दीमा ३० महिनाभित्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.