सवारी साधनको कुम्भ मेला भदौ १० देखि, ९५ वटा ब्राण्ड एकै स्थलमा

  २०७६ भदौ १ गते १६:३१     विकासन्युज

काठमाडौं । नाडा अटोमोबाइल्स् एशोसियशन अफ नेपालले यही भदौ १० देखि सवारीसाधनहरुको कुम्भ मेला ‘नाडा अटो शो २०१९’ आयोजना गर्ने भएको छ ।

नाडाले आइतबार काठमाडौमा पत्रकार सम्मेलन गरेर भदौ १० गतेदेखि १५ गतेसम्म भृकुटीमण्डपमा अटो शो गर्ने जानकारी दिएको हो । अटो शोमा १६० वटा स्टलहरु र ब्लकहरुमा ९५ ब्राण्डका सवारी साधन प्रदर्शन र बिक्री वितरण गरिने छ ।

२३ वटा ब्राण्डका चार पाङ्ग्रे, १९ वटा ब्राण्डका दुई पाङ्ग्रे, १२ वटा ब्राण्डका लुब्रिकेन्ट, ९ वटा ब्राण्डका टायर, ५ वटा ब्राण्डका ब्याट्री, १४ वटा ब्राण्डका पार्टपूर्जा एवम् ग्यारेज उपकरण तथा १३ वटा वित्तीय संस्थाहरुको स्टल रहने छ ।

नाडाका अध्यक्ष शम्भुप्रसाद दाहालले नाडा अटो शो सबैको उत्सव भएकोले यसलाई सबैले महत्व दिएको बताए । नाडा अटो शो आधुनिक हुँदै गएको र अघिल्लो वर्ष ७१ वटा स्टल भएकोमा यो वर्ष ९५ वटा स्टल रहने बताए ।

नाडा अटो शोका संयोजक निराकर श्रेष्ठले यस वर्ष मेलामा आउने आगन्तुकहरुलाई मध्य नजर गरी अस्थाइ आकाशे पुलको निर्माण गरिने बताए । अटो शोमा नयाँ र पुराना ५ वटा ब्रान्डका विद्युतीय र हाइब्रिड गाडीहरु रहने बताए ।

यस संकरणको मुख्य प्रायोजक शीर्ष सर्भो क्लास लुब्रिकेन्ट्स रहेको छ । नाडाले दशैं आउन एक महिना अगाडि गर्न लागिएको अटो शोमा गाडीका नयाँ मोडलहरु सार्वजनिक गरिने तथा खरिदकर्ताहरुलाई विभिन्न छुट दिनेछ ।

७५ हजार दर्शकले अवलोकन गर्ने नाडाको अनुमान छ । प्रदर्शनीमा वित्तीय संस्था, नयाँ प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस, लुब्रिकेन्टस, टायर, ग्यारेज उपकरण, व्याट्री तथा अन्य एशोसेरिजहरूको सहभागिता रहने छ । जसमा नेपालमै उत्पादित सामाग्रीहरू समेत प्रदर्शनीमा रहने छन् ।

ओमेगा अटोमोबाइल्सको प्रायोजनमा नाडा जी पी एक्स जेन्टलमेन २०० सीसी क्षमाताको मोटर साइकल टिकटको लक्की ड्र गरी एक जना आगन्तुकलाई उपहार दिने व्यवस्था गरिएको छ ।

One comment on "सवारी साधनको कुम्भ मेला भदौ १० देखि, ९५ वटा ब्राण्ड एकै स्थलमा"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.