काठमाडौं । नेपाली उपभोक्ताको किनमेल गर्ने शैली पछिल्लो समय उल्लेखनीय रूपमा बदलिन थालेको छ । केही वर्षअघिसम्म घरायसी विद्युतीय सामग्री खरिद गर्दा मूल्यलाई प्राथमिकता दिने उपभोक्ता अहिले गुणस्तर, ऊर्जा बचत, वारेन्टी र बिक्रीपछिको सेवालाई बढी महत्व दिन थालेका छन् ।
सीजी डिजिटलका अनुसार अहिले टेलिभिजन, रेफ्रिजरेटर, वासिङ मेसिनलगायतका विद्युतीय सामग्री खरिद गर्दा उपभोक्ताले आफ्नो आवश्यकता, परिवारको आकार, विद्युत् खपत, प्रविधि र बिक्रीपछिको सेवालाई समेत तुलना गरेर निर्णय लिन थालेका छन् ।
देशभर सञ्चालनमा रहेका २८ वटा सीजी डिजिटल तथा एलजी ब्रान्ड शप मार्फत ग्राहकले एउटै स्थानमा विभिन्न ब्रान्डका उत्पादन तुलना गर्न, प्रयोगको अनुभव लिन तथा आवश्यकता र बजेटअनुसार परामर्श लिन सक्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।
सीजी डिजिटल नेटवर्कमा टेलिभिजन, रेफ्रिजरेटर, वासिङ मेसिन, एयर कन्डिसनर, किचन उपकरण, वाटर प्युरिफायर, मोबाइल तथा स्मार्ट डिभाइससहित विभिन्न विद्युतीय सामग्री उपलब्ध छन् । एलजी, सीजी, टीसीएल, गोडरेज, मिडिया, क्रम्पटन, बेको, केन्ट, इलिका, मोटोरोला, नथिङलगायतका ब्रान्डका उत्पादन एउटै छानामुनि उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार विद्युतीय सामग्री खरिद गर्दा अहिले ग्राहकले मूल्य मात्र नभई डिजाइन, क्षमता, ऊर्जा दक्षता, वारेन्टी र बिक्रीपछिको सेवाको गुणस्तरलाई समेत आधार बनाउन थालेका छन् । खरिदपछि उत्पादन जडान, मर्मत सेवा, वारेन्टी प्रक्रिया र ग्राहक सहयोगको सहजताले पनि ब्रान्डप्रतिको विश्वास बढाउने कम्पनीको भनाइ छ ।
सीजी डिजिटल तथा सीजी इलेक्ट्रोनिक्सले उत्पादन दर्ता, सेवा अनुरोध, सेवा केन्द्र खोजी र मर्मतको अवस्थाबारे जानकारी लिन सकिने सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ। कम्पनीका अनुसार वारेन्टी अवधिभित्र आधिकारिक सेवा केन्द्रमार्फत मर्मत सेवा पनि प्रदान गरिन्छ ।