लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ जे नेपालको प्रथम जिल्ला बोर्ड बैठक सम्पन्न

काठमाडौं । लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ जे नेपालको लायोनिस्टिक वर्ष २०२६/२७ अन्तर्गतको प्रथम जिल्ला बोर्ड बैठक शनिबार सम्पन्न भएको छ । 

लियो क्लब अफ काठमाडौं मखमलीको आयोजनामा भएको उक्त बैठकले नयाँ कार्यकालका नीति, योजना तथा कार्यदिशा तय गर्दै संगठनलाई अझ प्रभावकारी बनाउने महत्वपूर्ण आधार तयार गरेको छ ।

बैठक लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ जे नेपालका डिस्ट्रिक्ट प्रेसिडेन्ट लियो आशीष थापाको अध्यक्षतामा सम्पन्न भएको थियो । 

कार्यक्रममा प्रमुख अतिथिका रूपमा डिस्ट्रिक्ट लियो चेयरपर्सन लायन विवेक कुमार धितालको गरिमामय उपस्थिति रहेको थियो । 

त्यसैगरी विशिष्ट अतिथिहरूमा लायन्स क्लब्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ जे नेपालका जी.एल.टी. संयोजक तथा पीडीपी लियो लायन विशाल रिजाल, मुख्य जिल्ला सल्लाहकार पीडीपी लियो सबिन भट्टराई तथा निवर्तमान डिस्ट्रिक्ट प्रेसिडेन्ट (आईपीडीपी) लियो बालकृष्ण परियारको विशेष सहभागिता रहेको थियो । 

कार्यक्रममा डिस्ट्रिक्ट भाइस डिस्ट्रिक्ट प्रेसिडेन्ट लियो माधव तिमल्सिनाले सबैले स्वागत गरेका थिए । 

कार्यक्रमको संयोजन लियो दुर्गादत्त भट्टराईले गरेका थिए भने बैठकको प्रभावकारी सञ्चालन डिस्ट्रिक्ट सचिव लियो सहनशील बरालले गरेका थिए । 

साथै कार्यक्रमलाई थप मर्यादित, अनुशासित तथा व्यवस्थित बनाउन लियो सुदीप राज फुयालले टेल ट्विस्टरको भूमिका निर्वाह गरेका थिए । 

बैठकमा ३७ जना बोर्ड सदस्य तथा सल्लाहकारहरूको उत्साहजनक सहभागिता रहेको थियो । बैठकका क्रममा संगठनका विभिन्न समसामयिक तथा नीतिगत एजेन्डामाथि छलफल गरिएको थियो । 

जिल्ला कार्यसमितिका पदाधिकारी, बोर्ड सदस्य तथा विभिन्न विभागका संयोजकहरूले आफ्नो जिम्मेवारीअनुसारका प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने ती प्रतिवेदनमाथि रचनात्मक समीक्षा, सुझाव तथा आगामी कार्ययोजनाबारे छलफल गरिएको थियो । 

यसै बैठकमार्फत संगठनात्मक सुदृढीकरण, नेतृत्व विकास, सेवा कार्यक्रमहरूको प्रभावकारिता अभिवृद्धि, सदस्य सक्रियता, क्लबबीचको समन्वय तथा आगामी जिल्लास्तरीय कार्यक्रमहरूलाई थप व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउने विषयमा महत्वपूर्ण निर्णयहरू समेत गरिएको थियो । 

डिस्ट्रिक्ट प्रेसिडेन्ट लियो आशीष थापाले लायोनिस्टिक वर्ष २०२६/२७ को वार्षिक मूल मन्त्र “कर्मसहितको नेतृत्व” केवल नारामा सीमित नरही व्यवहार, सेवा र नेतृत्वमार्फत कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे । 

जिल्ला प्रवक्ता लियो डा. जनक राज बडूका अनुसार प्रथम जिल्ला बोर्ड बैठकमा भएका निर्णय, छलफल तथा रणनीतिक योजनाले लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ जे नेपालको वर्तमान कार्यकाललाई स्पष्ट दिशा प्रदान गर्नुका साथै आगामी सम्पूर्ण सेवा अभियान, नेतृत्व विकास तथा संगठन सुदृढीकरणका कार्यक्रमहरूको सफल कार्यान्वयनका लागि यो बैठक कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरिएको छ ।

Share News