ब्रड पिक हिमपहिरोः नेपालीसहित दुई आरोहीको मृत्यु पुष्टि

काठमाडौं । ब्रड पिकको हिमपहिरोमा पुरेर एक नेपालीसहित दुई जनाको मृत्युको पुष्टि भएको छ । ओमानकी नाधिरा अल हार्थी र पुरबहादुर गुरुङ युक्ताको मृत्यु भएको हो ।

अल्पाइन क्लबका अनुसार हार्थीको शव फेला परेकाले हेलिकोप्टरमार्फत स्कर्दु ल्याउने प्रक्रिया भइरहेको छ। गुरुङ ‘युक्ता’ को शव ढुवानी गर्ने व्यवस्था भइरहेको छ।

अन्य वेपत्ता आरोहीहरूको आधिकारिक रूपमा पुष्टि भएपछि मात्र सार्वजनिक गरिने क्लबले जनाएको छ। वेपत्ता रहेका आरोहीहरूको खोज तथा उद्धार अभियान जारी रहेको क्लबले जनाएको छ ।

Share News