खल्तीबाट डिम्याट र मेरोसेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

हरेक १५ दिनमा १०० जना प्रयोगकर्ता पुरस्कृत हुने

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले डिम्याट तथा मेरोसेयर खाता नवीकरण गर्ने प्रयोगकर्तालाई लक्षित गर्दै ‘१०० प्रतिशत उपहार’ योजना सञ्चालनमा ल्याएको छ ।

योजनाअन्तर्गत खल्तीमार्फत डिम्याट तथा मेरोसेयर नवीकरण गर्ने हरेक १५ दिनमा १०० जना भाग्यमानी प्रयोगकर्ताले आफूले तिरेको शुल्क बराबरको १०० प्रतिशत क्यासब्याक प्राप्त गर्नेछन् । यो योजना साउन महिनाभर सञ्चालन हुने कम्पनीले जनाएको छ ।

सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले डिम्याट खाताको वार्षिक नवीकरण शुल्क साउन १५ गतेभित्र बुझाउन आग्रह गरिसकेको छ । तोकिएको समयभित्र शुल्क नतिरे साउन १६ गतेदेखि डिम्याट खाता रोक्का हुन सक्ने र त्यसले सेयर खरिद–बिक्रीलगायत पूँजीबजारसम्बन्धी कारोबारमा असर पार्न सक्ने भएकाले समयमै नवीकरण गर्न कम्पनीले आग्रह गरेको छ ।

हाल डिम्याट खाताको वार्षिक नवीकरण शुल्क १०० रुपैयाँ र मेरोसेयरको ५० रुपैयाँ रहेको छ । प्रयोगकर्तालाई समयमै नवीकरण गर्न प्रोत्साहन गर्ने उद्देश्यले क्यासब्याक योजना ल्याइएको खल्तीले जनाएको छ ।

खल्तीका अनुसार प्रयोगकर्ताले एपको ‘फाइनान्सियल सर्भिसेस’ अन्तर्गत ‘मेरोसेयर एन्ड डिम्याट रिन्युअल’ सेवामार्फत वा खल्ती पेमेन्ट गेटवेमार्फत पनि सहज रूपमा शुल्क भुक्तानी गर्न सक्नेछन् । घरमै बसेर २४सै घण्टा सुरक्षित रूपमा सेवा प्रयोग गर्न सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

Share News