डेबिट कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्तालाई जय नेपाल सिनेमामा विशेष छुट

काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडका ग्राहकले दरबारमार्गस्थित जय नेपाल सिनेमा हलमा चलचित्रको टिकट खरिद गर्दा १२ प्रतिशत छुट पाउने भएका छन् ।

आइसीएफसी फाइनान्स र बज इन्टरटेन्मेन्टअन्तर्गत सञ्चालित जय नेपाल सिनेमा हलबीच यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौताअनुसार फाइनान्सका डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले टिकट खरिद गर्दा कुल मूल्यमा १२ प्रतिशत छुट प्राप्त गर्नेछन् ।

सम्झौतापत्रमा आइसीएफसी फाइनान्सका तर्फबाट शाखा प्रबन्धक शैलेश कोइराला, बजार प्रमुख सञ्जोग गुरुङ र बजार प्रतिनिधि सरिना श्रेष्ठ तथा जय नेपाल सिनेमा हलका तर्फबाट प्रबन्ध निर्देशक रूपेश कुमार श्रेष्ठ र निर्देशक हरिकृष्ण लोहलाले हस्ताक्षर गरेका छन् ।

फाइनान्सले आफ्ना ग्राहकलाई बैंकिङ सेवासँगै विभिन्न क्षेत्रका आकर्षक छुट तथा सुविधामार्फत थप मूल्य प्रदान गर्ने उद्देश्यले यस्तो सहकार्य गरिएको जनाएको छ । सम्झौतापछि आइसीएफसी फाइनान्सका ग्राहकले जय नेपाल सिनेमा हलमा चलचित्र हेर्दा टिकटको कुल मूल्यमा १२ प्रतिशत छुटको सुविधा लिन सक्नेछन् ।

Share News