एसीसीए परीक्षामा ब्रिटिश प्रोफेशनल कलेजका विद्यार्थीको उत्कृष्ट नतिजा

तीन विद्यार्थी नेपाल प्रथम, विश्वस्तरमा पनि उत्कृष्ट स्थान हासिल

काठमाडौं । ब्रिटिश एजुकेशन ग्रुप (बीईजी) अन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेज (बीपीसी) का विद्यार्थीहरूले एसीसीए जुन २०२६ परीक्षामा नेपाल र विश्वस्तरमै उत्कृष्ट नतिजा हासिल गरेका छन् । कलेजले गुणस्तरीय शिक्षण, अनुभवी शिक्षकको मार्गदर्शन र अन्तर्राष्ट्रियस्तरको सिकाइ वातावरणका कारण विद्यार्थीले उल्लेखनीय सफलता हासिल गरेको जनाएको छ ।

कलेजका अनुसार यसपटक सहारा मगियाले पीएम विषयमा नेपाल प्रथम र विश्व आठौं, नेहा खतिवडाले एसबीएल विषयमा नेपाल प्रथम र विश्व १८औं तथा आशुतोष शर्माले एसबीआर विषयमा नेपाल प्रथम र विश्व ११औं स्थान हासिल गरेका छन् ।

त्यसैगरी आशास्वी कुमारी श्रेष्ठले एटीएक्स विषयमा नेपाल दोस्रो र विश्व १७औं, शेलिश्मा सिवाकोटीले पीएम विषयमा नेपाल तेस्रो र विश्व १३औं तथा राकेश साहले एसबीआर विषयमा नेपाल दोस्रो र विश्व १३औं स्थान हासिल गरेका छन् ।

यस उपलब्धिप्रति खुसी व्यक्त गर्दै ब्रिटिश एजुकेशन ग्रुपका हेड अफ प्रोफेसनल एजुकेसन दिपेन्द्र के. श्रेष्ठले विद्यार्थीको सफलता उनीहरूको मेहनत, समर्पण र अनुभवी शिक्षकको निरन्तर मार्गदर्शनको परिणाम भएको बताए । उनले राष्ट्रिय सीमाभन्दा बाहिर विश्वस्तरमा समेत उत्कृष्ट नतिजा हासिल हुनु कलेजको शैक्षिक उत्कृष्टताको प्रमाण भएको उल्लेख गरे ।

कलेजले सेप्टेम्बर २०२६ इन्टेकका लागि एसीसीए कार्यक्रमको भर्ना खुला भएको पनि जनाएको छ । इच्छुक विद्यार्थीलाई ललितपुरको चाकुपाटस्थित कलेजमा सम्पर्क गरी निःशुल्क शैक्षिक परामर्श लिन र समयमै भर्ना सुनिश्चित गर्न आग्रह गरिएको छ ।

Share News