विदेशका १८ इन्जिनियरिङ उपाधिलाई नेपाल इन्जिनियरिङ परिषद्को मान्यता

काठमाडौं । नेपाल इन्जिनियरिङ परिषद्ले भारत र बंगलादेशका विभिन्न विश्वविद्यालयबाट प्रदान गरिने १८ वटा इन्जिनियरिङ विषयका शैक्षिक योग्यता तथा उपाधिलाई नेपालमा आधिकारिक मान्यता दिएको छ । 

परिषद्को निर्णयसम्बन्धी सूचना पूर्वाधार विकास मन्त्रालयमार्फत नेपाल राजपत्रमा प्रकाशित गरिएको हो ।

नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ को दफा २१ को उपदफा १ बमोजिम परिषद्ले गरेको निर्णयअनुसार ती शैक्षिक योग्यता तथा उपाधिलाई मान्यता प्रदान गरिएको मन्त्रालयले जनाएको छ ।

राजपत्रमा प्रकाशित सूचनाअनुसार भारतका विभिन्न विश्वविद्यालयबाट प्रदान गरिने विद्युत इन्जिनियरिङ, कम्प्युटर साइन्स एन्ड इन्जिनियरिङ, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ, एरोस्पेस इन्जिनियरिङ, कम्युनिकेसन इन्जिनियरिङलगायत विभिन्न विषयका स्नातक तहका उपाधिलाई मान्यता दिइएको छ ।

साथै बंगलादेशको एक विश्वविद्यालयबाट प्रदान गरिने इन्जिनियरिङ उपाधिलाई पनि परिषद्ले मान्यता प्रदान गरेको छ ।

Share News