असारमा ब्रोकरको कमिसन साढे ३८ करोड, मनी वर्ल्डको १ हजार मात्र

काठमाडौं । धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कम्पनीहरूले असारमा साढे ३८ करोड रुपैयाँ कमिसन आर्जन गरेका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार असारमा ९२ वटा धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कम्पनीहरूले कुल ३८ करोड ५१ लाख ३० हजार रुपैयाँ कमिसन आर्जन गरेका हुन् ।

यो कमिसन जेठ महिनाको तुलनामा ५.१६ प्रतिशत अर्थात् १ करोड ८९ लाख रुपैयाँ बढी हो । जेठ महिनामा ब्रोकर कम्पनीहरूले कुल ३६ करोड ६२ लाख २९ हजार रुपैयाँ कमिसन आर्जन गरेका थिए ।

नेप्सेले सार्वजनिक गरेको तथ्याङ्कअनुसार असारमा सबैभन्दा बढी कमिसन नासा सेक्युरिटिज कम्पनी लिमिटेड (ब्रोकर नं. ५८) ले आर्जन गरेको छ । उक्त कम्पनीले असारमा २ करोड ४९ लाख ८८ हजार रुपैयाँ कमिसन कमाएको हो ।

यस्तै, नासा सेक्युरिटिज (ब्रोकर नं. ५८)ले २ करोड ४९ लाख ८८ हजार रुपैयाँ, अनलाइन सेक्युरिटिज (ब्रोकर नं.४९)ले १ करोड ४३ लाख ९९ हजार रुपैयाँ, सानी सेक्युरिटिज कम्पनी (ब्रोकर नं. ४२)ले १ करोड २७ लाख २६ हजार रुपैयाँ, भिजन सेक्युरिटिज (ब्रोकर नं. ३४)ले १ करोड २६ लाख १९ हजार रुपैयाँ, इम्पेरियल सेक्युरिटिज कम्पनी (ब्रोकर नं. ४५)ले १ करोड ९ लाख ६४ हजार रुपैयाँ कमिसन आर्जन गरेका छन् । 

नबिल स्टक डिलर (ब्रोकर नं. ७७)ले १ करोड ६ लाख ३० हजार रुपैयाँ, ओपल सेक्युरिटिज इन्भेस्टमेन्ट(ब्रोकर नं. ४)ले १ करोड ६ लाख २ हजार रुपैयाँ, त्रिशक्ति सेक्युरिटिज (ब्रोकर नं. ४८)ले १ करोड १ लाख ५९ हजार रुपैयाँ, डाइनामिक मनी म्यानेजर्स सेक्युरिटिज (ब्रोकर नं. ४४)ले ९८ लाख २ हजार रुपैयाँ, लिन्च स्टक मार्केट (ब्रोकर नं. ४१)ले ८४ लाख ७७ हजार रुपैयाँ कमिसन आर्जन गरेको नेप्सेले जनाएको छ । 

यस्तै, सबैभन्दा कम कमिसन भने मनी वल्र्ड (ब्रोकर नं. ७३)दे सेयर एक्सचेन्जले गरेको छ । असारमा मनि वल्र्डले १ हजार १ रुपैयाँ मात्रै कमिसन आर्जन गरेको नेप्सेले जनाएको छ । 

नेप्सेको तथ्याङ्क अनुसार पाहि इन्भेस्टमेन्ट (ब्रोकर नं. ७९)ले ७७ हजार ६५० रुपैयाँ, बेनी सेक्युरिटिज (ब्रोकर नं. ९३)ले १ लाख ४२ हजार रुपैयाँ, ट्रेडमो सेक्युरिटिज (ब्रोकर नं. ९८)ले ४ लाख ७ हजार रुपैयाँ, गरिमा सेक्युरिटिज (ब्रोकर नं. ७८)ले ५ लाख ७२ हजार रुपैयाँ, सजिलो ब्रोकर (ब्रोकर नं. ९०)ले ६ लाख ९२ हजार रुपैयाँ कमिसन आर्जन गरेका छन् ।

माछापुच्छ्रे सेक्युरिटिज (ब्रोकर नं. ७६)ले ८ लाख ३९ हजार रुपैयाँ, सगरमाथा सेक्युरिटिज (ब्रोकर नं.१८)ले ८ लाख ४९ हजार रुपैयाँ, एलिट स्टक हाउस (ब्रोकर नं. ६८)ले ९ लाख ३२ हजार रुपैयाँ र भोले गणेश सेक्युरिटिज (ब्रोकर नं. ६१)ले ९ लाख ३७ हजार रुपैयाँ कमिसन आर्जन गरेका छन् ।

null

Share News