रास्वपा महाधिवेशन: केन्द्रीय समिति चयनका लागि मतदान सुरु, भोलि बिहान १० बजेसम्म समय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय समितिको निर्वाचनका लागि मतदानको समयतालिका सार्वजनिक गरेको छ । 

आयोगका प्रमुख भुवन केसीद्वारा जारी सूचनाअनुसार निर्वाचनका लागि मतदान प्रक्रिया बुधबार (आज) असार १० गते राति १०ः३० बजेदेखि सुरु भइसकेको छ । 

यो मतदान प्रक्रिया भोलि (२०८३ असार ११ गते) बिहान १०ः०० बजेसम्म जारी रहनेछ ।  

केन्द्रीय निर्वाचन आयोगले तोकिएको समयभित्र व्यवस्थित, पारदर्शी र निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गराउनका लागि आवश्यक सम्पूर्ण तयारीहरू पूरा भइसकेको जनाएको छ ।

आयोगले महाधिवेशनमा सहभागी सम्पूर्ण सम्बन्धित प्रतिनिधिहरूलाई तोकिएको समयसीमाभित्र आफ्नो मताधिकार प्रयोग गर्न हार्दिक अनुरोध समेत गरेको छ । 

मतदान स्थल, डिजिटल मतपत्र र निर्वाचनका अन्य प्राविधिक प्रक्रियाका बारेमा प्रतिनिधिहरूलाई छुट्टै माध्यमबाट जानकारी गराइने सूचनामा उल्लेख छ । 

 

 

Share News