काठमाडौं । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र सूचना प्रविधि निर्देशक सुनिलकुमार केसीलाई विशेष अदालतले चार दिन थुना राख्न अनुमति दिएको छ ।
अख्तियारले दुरुपयोग अनुसन्धान आयोगले सोमबार उनीहरू दुवै जनालाई अख्तियारले नियन्त्रणमा लिएको हो ।
अख्तियारबाट २० दिन थुना राख्न म्याद माग भएको तर अदालतले चार दिनको मात्र अनुमति दिएको विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछाने जानकारी दिए । अदालतले सोमबारदेखि गणना हुने गरेर चार दिन हिरासतमा राख्न अनुमति दिइएको उनले उल्लेख गरे ।
उनका अनुसार विशेष अदालतका अध्यक्ष सुर्यदर्शन भट्ट, उमेश कोइराला र विदुर कोइरालाको इजलासले म्याद थप गरेको हो ।
उनीहरू विरुद्ध अख्तियारले ‘राहदानी छपाइसम्बन्धी कार्यमा भ्रष्टाचारजन्य कसुर’मा छानबिनका निम्ति म्याद थप माग गरेको हो ।