काठमाडौं । ठमेलको बाटाबाटामा हिँड्ने पर्यटकलाई यौनधन्दा प्रोत्साहन गराउन खोज्ने ३२ जना नेपाली युवती पक्राउ परेका छन् ।
सोमबार बेलुकी ठमेलबाट ३२ जना नेपाली युवतीलाई लैनचौर प्रहरी वृत्तबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरूले काठमाडौं महानगरपालिका २६ ठमेल नरसिंहचोकस्थित सार्वजनिक सडकखण्डमा विदेशी तथा स्वदेशी पर्यटक, सर्वसाधारण मानिसहरूलाई अनावश्यक बाटो छेक्दै याैनधन्दाका लागि मोलमोलाई गर्ने गरेका थिए ।
पर्यटकलाई दु:ख हैरानी दिने जस्ता कार्य गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिए ।
प्रहरीमाथि नै जाईलाग्ने, अभद्र व्यवहार गर्ने ३२ जनालाई नियन्त्रणमा लिई अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको उनले बताए।