काठमाडौं । काठमाडौंको पशुपति क्षेत्रमा जोगी (साधु)को हत्या गरेको आरोपमा अर्का जोगी पक्राउ परेका छन् ।
दर्वेनाथ भनिने सुविन रानामगरलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सन्तोष खड्काले जानकारी दिए ।
काठमाडौं महानगरपालिका- ८ पशुपति १५ नम्बर शिवालयमा सन्तोष गिरी भनिने सन्तोष परियार (जोगी) मृत अवस्थामा फेला परेका थिए ।
घटना अनुसन्धान गर्दै जाँदा उक्त घटनामा संलग्न रहेको आरोपमा दर्बेनाथ भन्ने सुबिनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनलाई महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर-६ बाट पक्राउ गरेर प्रहरीले काठमाडौँ ल्याएको छ ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।