काभ्रेमा बस दुर्घटना, सात जनाको शव फेला

काठमाडौं । काभ्रेमा बस दुर्घटना भएको छ । बनेपाबाट रोशी गाउँपालिकाको खार्पा चोक जाँदै गरेको बस दुर्घटनामा परेको हो । 

सडकबाट २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । घटनास्थलमा सात जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले जनाएको छ । 

घाइते १५ जनालाई उपचारका लागि अस्पताल पठाइएको प्रवक्ता रविन विष्टले जानकारी दिए । घटनास्थलमा प्रहरीमार्फत उद्धार कार्य जारी रहेको उनले विकासन्युजलाई जानकारी दिए ।

घटनास्थलमा उद्धार कार्य भइ रहेकाले थप विवरण आउन बाँकी रहेको उनले बताए ।

Share News