१ सयमै बिक्रीमा राख्यो बुद्धभूमि नेपाल हाइड्रोले ४.७४ लाख कित्ता सेयर

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले बिक्री नभई बाँकी रहेको हकप्रद सेयर बोलकबोल (गोप्य शिलबन्दी टेन्डर) प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले सर्वसाधारण समूहका लागि निष्काशन गरिएको हकप्रद सेयरमध्ये बिक्री नभई बाँकी रहेका ४ लाख ७४ हजार ६९६ कित्ता सेयर बिक्री खुला गरेको हो । 

कम्पनीको उक्त सेयर खरिदका लागि योग्य इच्छुक व्यक्ति, कम्पनी, संघसंस्था तथा अन्य निकायले जेठ २९ गतेभित्र आवेदन दिनुपर्नेछ । कम्पनीका अनुसार इच्छुक लगानीकर्ताले प्रति सेयर आफूले कबुल गर्ने मूल्य उल्लेख गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । कम्पनीले सेयर मूल्य न्यूनतम प्रतिकित्ता १०० रुपैयाँ तोकेको छ ।

कम्पनीको सेयर बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ । सेयर खरिदका लागि एनआईसी एशिया बैंकका विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, धनगढी, सुर्खेत, नुवाकोट, चितवन र नेपालगञ्जस्थित शाखा कार्यालयहरूबाट आवेदन दिन सकिनेछ । 

Share News