काठमाडौं । प्रतिनिधिसभाको आइतबार (आज) को दोस्रो बैठकमा राष्ट्रियसभाबाट सन्देशसहित फिर्ता भएका दुई विधेयक टेबुल भएको छ ।
प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालको अनुमतिमा सभाका सचिव प्रकाश अधिकारीले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन)विधेयक २०८३’ र ‘मतदाता नामावली (पहिलो संशोधन विधेयक, २०८३’ जानकारी र टेबुल गरेका हुन् ।
ती विधेयक यसअघि प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा पठाइएकोमा सन्देशसहित फिर्ता आएका हुन् ।