काठमाडौं । सप्तरीको दुई नगरपालिकामा लगाइएको अनिश्चितकालीन कर्फ्यू हटाइएको छ ।
जिल्ला प्रशासन कार्यालय, सप्तरीले राजविराज र बोदेबरसाईन नगरपालिका क्षेत्रमा जारी गरिएको अनिश्चितकालीन कर्फ्यू हटाएको हो ।
यद्यपि निषेधाज्ञा भने यथावत् नै राखिएको प्रशासनले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय, सप्तरीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञा यथावत राखिएको हो ।
जिल्ला प्रशासन कार्यालयले गत बिहीबार राति १० बजेदेखि बोदेबरसाईन नगरपालिका क्षेत्रमा र शुक्रबार बिहान ८ बजेदेखि राजविराज नगरपालिका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको थियो ।
सबैलाई संयमित रहन, कानुनको पालना गर्न तथा अफवाह फैलाउने वा सामाजिक सद्भाव बिग्रने कुनै पनि गतिविधिमा संलग्न नहुन आग्रहसमेत प्रशासनले गरेको छ ।