४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट, ५ अर्बको कारोबार

काठमाडौं । सोमबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३ अंकले घटेर २८३५ बिन्दुमा झरेको छ ।

नेप्सेका अनुसार ६५ कम्पनीको सेयर मूल्य बढ्दा १९७ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

सोमबार ३४९ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार होटल फोरेस्ट इनको भएको छ । होटल फोरेस्टको ३६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

साथै सोलु हाइड्रोको २९ करोड, नेसनल हाइड्रोको २८ करोड, आँखु खोला हाइड्रोको २३ करोड र रिलाइन्स हाइड्रोको १९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

सोमबारको कारोबारमा ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सूर्यकुन्ड हाइड्रो र होटल फोरेस्टको १५ प्रतिशत, पाल्पा सिमेन्ट र सिखर पावरको सेयर मूल्य १४.९९ प्रतिशतले सेयर मूल्य बढेर सकारात्मक सर्किट लागेको छ ।   

Share News