सुनको मूल्य स्थिर, चाँदीको बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं ।  नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ । बिहीबारको तुलनामा आज शुक्रबार चाँदी मूल्य तोलामा ७५ रुपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार एक तोला सुनको मूल्य एक लाख ९३ हजार ७ सय कायम भएको छ भने चाँदीको मूल्य दुई हजार १ सय ५० रुपैयाँ तोकिएको छ । 

यसैगरी अन्तर्राष्ट्रिय बजारमा शुक्रबार एक औँस सुनको मूल्य तीन हजार ३ सय ८९ डलर कायम भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमरूले जनाएका छन् । 

Share News