रवि लामिछानेले सभामुखसँग किन भेट्दै छन् ?

<p>काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहितका सांसदहरू आज सभामुख देवराज घिमिरेसँग भेटवार्ता गर्ने भएका छन् । सभामुखसँग भेटघाटका लागि रास्वपाका नेताहरू संसद भवन पुग्ने कार्यक्रम तय भएको छ । सहकारी ठगी मुद्दामा संलग्न भएको आरोप लागेपछि रवि लामिछाने सांसद पदबाट निलम्बित भएका थिए । सोही कारण केही समय पार्टी नेतृत्वबाट [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहितका सांसदहरू आज सभामुख देवराज घिमिरेसँग भेटवार्ता गर्ने भएका छन् ।

सभामुखसँग भेटघाटका लागि रास्वपाका नेताहरू संसद भवन पुग्ने कार्यक्रम तय भएको छ ।

सहकारी ठगी मुद्दामा संलग्न भएको आरोप लागेपछि रवि लामिछाने सांसद पदबाट निलम्बित भएका थिए । सोही कारण केही समय पार्टी नेतृत्वबाट निस्क्रिय रहेका उनी सोमबारदेखि पुनः सक्रिय राजनीतिमा फर्किएका छन् ।

रास्वपाले लामिछानेको निलम्बनका विषयमा लगातार आवाज उठाउँदै आएको छ । सभामुखसँगको आजको भेटवार्तामा यही मुद्दा प्रमुख विषय रहने बताइएको छ ।

Share News