कन्ट्री रेटिङले खुसी ल्यायो, अब विश्वभरका लगानीकर्ताले नेपालमा लगानी गर्छन् : अर्थमन्त्री

<p>काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कन्ट्री रेटिङले खुसी ल्याएको बताएका छन् । शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै अर्थमन्त्री पौडेलले पहिलो पटक गरेको कन्ट्री रेटिङले खुसी ल्याएको बताएका हुन् । कन्ट्री रेटिङले नेपाल लगानीका दृष्टिकोणले सुरक्षित रहेको सन्देश दिएको उनको भनाइ छ । उनले कन्ट्री रेटिङले नेपालका लागि अनुकूल नतिजा ल्याएको बताए । [&hellip;]</p>

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कन्ट्री रेटिङले खुसी ल्याएको बताएका छन् । शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै अर्थमन्त्री पौडेलले पहिलो पटक गरेको कन्ट्री रेटिङले खुसी ल्याएको बताएका हुन् ।

कन्ट्री रेटिङले नेपाल लगानीका दृष्टिकोणले सुरक्षित रहेको सन्देश दिएको उनको भनाइ छ । उनले कन्ट्री रेटिङले नेपालका लागि अनुकूल नतिजा ल्याएको बताए ।

नेपालले प्राप्त गरेको रेटिङले नेपालको अर्थतन्त्रको संरचना, सार्वजनिक वित्त परिचालन र समष्टिगत आर्थिक तथा वित्तीय अवस्था लगानी मैत्री र उन्नत रहेको संकेत गरेको अर्थमन्त्री पौडेलले बताए ।

‘कन्ट्री रेटिङ गौरवको विषय हो, हामी यो नतिजामाथि उभिएर नेपालको अर्थतन्त्रलाई सवल, शक्तिशाली र लगानीका लागि अझ अनुकूल बनाउन भूमिका खेल्ने छौं, अब विश्वका लगानीकर्ताले नेपालमा लगानीका लागि तयार बन्छन्,’ उनले भने ।

नेपालले सार्वभौम क्रेडिट रेटिङमा ‘बीबी माइनस’ स्कोर प्राप्त गर्न सफल भएको छ ।

क्रेडिट रेटिङको नतिजालाई दक्षिण एसियाली मुलुकहरूको रेटिङ नतिजासँग तुलना गर्दा नेपालले प्राप्त गरेको रेटिङ सन्तोषजनक छ । यसले सरकार, निजी क्षेत्र र सम्पूर्ण लगानीकर्ताहरूको लागि उत्साह सिर्जना गर्ने अर्थमन्त्रालयको विश्वास छ ।

नेपाल सन् २०२६ मा अल्पविकसित राष्ट्रबाट स्तरोन्नति भई नवीनतम एवं वैकल्पिक वित्तका स्रोत परिचान गर्नुपर्ने अवस्थाको पूर्व तयारीको रूपमा समेत सार्वभौम क्रेडिट रेटिङलाई लिन सकिने अर्थमन्त्रालयको भनाइ छ ।

नेपालको सार्वभौम क्रेडिट रेटिङमा हाल प्राप्त गरेको नतिजाले नेपाल लगानीको लागि सहज वातावरण भएको स्थापित गरेकोले विदेशी लगानीकर्ताको विश्वास अभिवृद्धि हुन गई आगामी दिनमा नेपालको पूर्वाधार, पर्यटन, कृषि, सेवालगायतका क्षेत्रका ठूला आयोजनाहरूमा लगानी अभिवृद्धि हुने अपेक्षा गरिएको छ ।

यो पनि पढ्नूहोस् : 

नेपालले पायो डबल बी माइनस कन्ट्री रेटिङ, सरकारकाे घाटा जीडीपीको ४ प्रतिशतमा झर्ने

Share News