काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको भाउ तोलामा १५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला १ लाख ६४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
साथै, चाँदीको मूल्य भने सामान्य घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर १ हजार ९४० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी १ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको थियो ।