२० प्रतिशत लाभांश गायब पारेको युनिक नेपाल लघुवित्तको खराब कर्जा १० प्रतिशत पुग्यो

<p>काठमाडौं । २० प्रतिशत लाभांश गायब पारेको युनिक नेपाल लघुवित्तको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खराब कर्जा झण्डै १० प्रतिशत पुगेको छ । पुस मसान्तसम्मको तथ्याङ्क अनुसार लघुवित्तको एनपीएल ३४.६० प्रतिशत बढेर ९.९२ प्रतिशत पुगेको हो । गत वर्षको पुसमा ७.३७ प्रतिशत एनपीएल थियो । यस अवधिमा लघुवित्तको कस्ट अफ फण्ड ९.०४ प्रतिशत, आधार दर १३.४८ [&hellip;]</p>

काठमाडौं । २० प्रतिशत लाभांश गायब पारेको युनिक नेपाल लघुवित्तको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खराब कर्जा झण्डै १० प्रतिशत पुगेको छ । पुस मसान्तसम्मको तथ्याङ्क अनुसार लघुवित्तको एनपीएल ३४.६० प्रतिशत बढेर ९.९२ प्रतिशत पुगेको हो । गत वर्षको पुसमा ७.३७ प्रतिशत एनपीएल थियो ।

यस अवधिमा लघुवित्तको कस्ट अफ फण्ड ९.०४ प्रतिशत, आधार दर १३.४८ प्रतिशत, इन्ट्रेस्ट रेट स्प्रेडदर ५.९१ प्रतिशत रहेको छ ।

पुस मसान्तसम्मका लघुवित्तको खुद ब्याज आम्दानी ११.८२ प्रतिशत घटेर ११ करोड ८१ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले १३ करोड ४० लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।

६ महिनामा लघुवित्तले ३ करोड ३२ लाख रुपैयाँ खुद नाफा, ४ करोड ५९ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी १४ करोड ८५ लाख रुपैयाँ र जगेडा कोष १८ करोड २५ लाख रुपैयाँ छ । यस अवधिमा लघुवित्तले २ अर्ब ५४ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ४१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

लघुवित्तले गत भदौ ३० गते सेयरधनीहरूलाई बोनस सेयर र नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । तर, ३ महिनापछि उक्त लाभांशको एजेण्डा बिनै वार्षिक साधारण सभा सम्पन्न आह्वान गरी सम्पन्न गरिसकेको छ । यस विषयमा नियामक निकाय मुकदर्शक बनेका छन् ।

युनिक नेपाल लघुवित्तको २० प्रतिशत लाभांश गायब

युनिक नेपाल लघुवित्तविरुद्ध अदालत जाने लगानीकर्ताको चेतावनी, अध्यक्ष हमाल भन्छन् : कारबाही गर्छौं

Share News