युनिक नेपाल लघुवित्तको २० प्रतिशत लाभांश गायब

<p>&nbsp; काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको गत भदौ ३० गते बसेको सञ्चालक समितिले लाभांश वितरण गर्ने निर्णय गर्याे । लघुवित्त संस्थाले सेयरधनीहरूलाई बोनस सेयर र नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । ‘विभिन्न कारणहरूले स्थापना कालदेखि हाल पाँच वर्षसम्म सेयरधनीहरूलाई लाभांस वितरण नगरेको हुनाले गत आर्थिक वर्ष २०७९/८०सम्मको [&hellip;]</p>

 

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको गत भदौ ३० गते बसेको सञ्चालक समितिले लाभांश वितरण गर्ने निर्णय गर्याे । लघुवित्त संस्थाले सेयरधनीहरूलाई बोनस सेयर र नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

‘विभिन्न कारणहरूले स्थापना कालदेखि हाल पाँच वर्षसम्म सेयरधनीहरूलाई लाभांस वितरण नगरेको हुनाले गत आर्थिक वर्ष २०७९/८०सम्मको लाभांश बाँड्ने मिल्ने कोष र नेपाल राष्ट्र बैंकले पछिल्लो पटक जारी गरेको निर्देशन समेतलाई ध्यानमा राखी यो वर्ष सेयर बोनस र कर प्रयोजनको नगद लाभांस सहितको २० प्रतिशतसम्म बाड्नको लागि नेपाल राष्ट्र बैंकमा प्रस्ताव पेश गर्ने निर्णय गरियो,’ लघुवित्तले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मार्फत् सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।

लघुवित्तले उक्त सूचनामा कति प्रतिशत बोनस सेयर र कति प्रतिशत नगद लाभांश वितरण गर्ने भनेर स्पष्ट खुलाएको छैन । लघुवित्तले लाभांश घोषणा गरेको ३ महिना भयो । योबिचमा यस विषयमा लगानीकर्तालाई कुनै जानकारी पनि गराइएन । तर, तीन महिनापछि आज पुस १ गते सूचना प्रकाशन गरी लाभांशको एजेण्डा बिना नै वार्षिक साधारणसभा आह्वान गर्याे ।

लघुवित्तको मंसिर ३० गते बसेको सञ्चालक समितिको बैठकले पाँचौं वार्षिक साधारणसभा पुस २४ गते कोहलपुर बाँकेमा बिहान १० बजे बोलाएको छ । तर, लघुवित्तले २० प्रतिशत लाभांश वितरणको एजेण्डा नराखि साधारणसभ आह्वान गरेको हो ।

लघुवित्तका कार्यकारी निर्देशक डा.गोपाल दहितले लाभांशको एजेण्डा हटाएको र आउने वर्ष मात्रै वितरण गर्ने बताए ।

‘लाभांश घोषणा गरेर पनि प्राविधिक कारणले बाँड्न नसक्ने भयौं, मर्जर गर्ने तयारीमा छौं, त्यसैले लाभांशको एजेण्डालाई पछि धकेलेको हो, अहिले मर्जरको अभियान नै चलेको छ, मर्जर सम्पन्न भएपछि बाँड्छौं,’ उनले भने ।

लघुवित्तको सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षको आर्थिक वर्ष २०७९/८०को वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।

सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव राखेको छ । यस्तै, सभाले कुनै उपयुक्त संस्थासँग मर्जर तथा एक्विजिशन गर्न सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिनेछ ।

लघुवित्तले वार्षिक साधारणसभा प्रयोजनका लागि पुस १२ गते सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले नेप्सेमा मंसिर ११ गतेसम्म कायम सेयरधनीहरुले मात्रै साधारणसभामा सहभागी हुन सक्ने छन् ।

युनिक लघुवित्तले २० प्रतिशत बोनस दिने

Share News