एफवान सफ्ट ग्रुपबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख सहयोग

<p>काठमाडौं । फिनटेक ग्रुप एफवान सफ्ट ग्रुपले जाजरकोट र रूकुप पश्चिममा गएको भूकम्प पीडितको सहयोगार्थ आर्थिक सहयोग गरेको छ । ग्रुपले प्रधानमन्त्री दैवी उद्धार कोषमा बिहीबार ३० लाख रुपैयाँ जम्मा गरेको हो । कोषमा एफवान सफ्ट ग्रुप अन्तरगतका एफवान सफ्ट इन्टरनेशनल, इसेवा, फोनपे, इसेवा मनि ट्रान्स्फर तथा एफवान सफ्ट ग्रुपमा कार्यरत कर्मचारीले आर्थिक सहयोग गरेका [&hellip;]</p>

काठमाडौं । फिनटेक ग्रुप एफवान सफ्ट ग्रुपले जाजरकोट र रूकुप पश्चिममा गएको भूकम्प पीडितको सहयोगार्थ आर्थिक सहयोग गरेको छ । ग्रुपले प्रधानमन्त्री दैवी उद्धार कोषमा बिहीबार ३० लाख रुपैयाँ जम्मा गरेको हो ।

कोषमा एफवान सफ्ट ग्रुप अन्तरगतका एफवान सफ्ट इन्टरनेशनल, इसेवा, फोनपे, इसेवा मनि ट्रान्स्फर तथा एफवान सफ्ट ग्रुपमा कार्यरत कर्मचारीले आर्थिक सहयोग गरेका हुन् ।

केहिदिन अघि गएको भूकम्पमा परि जाजरकोट र रूकुम पश्चिमम ठुलो जनधनको क्षति भएको छ । उक्त क्षतिमा आफुहरूको सानो सहयोगले पनि केही राहत होस् भन्ने उदेश्यले प्रधानमन्त्री दैवी प्रकोपा उद्धार कोषमा रकम हस्तान्तरण गरिएको एफवान सफ्ट इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले बताए ।

Share News