आज बैंकिङ क्षेत्रका लागि ऐतिहासिक दिन, ग्लोबल आइएमई बैंक लिडर बन्यो : अध्यक्ष ढकाल

<p>काठमाडौं । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकालले मर्जर पश्चात् ग्लोबल आइएमई बैंक नम्बर वान बन्ने बताएका छन् । सोमबार ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको मर्जरपछिको एकीकृत कारोबार आरम्भ कार्यक्रममा उनले यसअघि पनि नम्बर वान रहेको बैंक मर्जर पश्चात् झनै नम्बर वान बैंक बन्ने दाबी गरेका हुन । ग्लोबल आइएमई बैंक र बैंक अफ [&hellip;]</p>

काठमाडौं । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकालले मर्जर पश्चात् ग्लोबल आइएमई बैंक नम्बर वान बन्ने बताएका छन् ।

सोमबार ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको मर्जरपछिको एकीकृत कारोबार आरम्भ कार्यक्रममा उनले यसअघि पनि नम्बर वान रहेको बैंक मर्जर पश्चात् झनै नम्बर वान बैंक बन्ने दाबी गरेका हुन ।

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको मर्जर नेपाली बैंकका लागि आजको दिन ऐतिहासिक दिन भएको भन्दै उनले मर्जरको नेतृत्व ग्लोबल आइएमई बैंक ले नै गरेको बताए ।

‘५ वाणिज्य बैंक, १० विकास र ६ वटा फाइनान्स कम्पनी गरि २१ वटा संस्थाको एउटा बैंक बनेको छ, दुई बराबर दुई चार होइन ५ को नितिमा गएको छ’, उनले भने, ‘हाम्रो मर्जरले अन्य संस्थालाई पनि मर्जरमा जान प्रोत्साहन गरेको छ ।’

उनले बैंकका सेयरधनी लगायत कर्माचारिको अथक प्रयासले मर्जर सफल भएको भन्दै बैंक अधिकास सुचकमा नम्बर वान भएको बताए ।
मर्जर पश्चात १० प्रतिशत बजार हिस्सा ग्लोबल बैंक्ले ओगट्ने बताउँदै आकारमा मात्रै नभएर गुणस्तरीयता मा पनि रचनात्मक परिवर्तन ल्याउने उनले बताए ।

एउटै परियोजना निर्माण गर्न धेरै बैंकको सहयोग आवस्यक रहेकोमा मर्जर पश्चात् एउटै बैंक ले ठूलो परियोजना निर्माण गर्ने उनको भनाई छ ।

Share News