
काठमाडौं । औषधि व्यवस्था विभागले एसियन र पानस फार्मेस्टिकल्सले उत्पादन गर्ने केही औषधी गुणस्तरहिन भएकाले बजारबाट फिर्ता गर्न निर्देशन गरेको छ ।
विभागले शनिबार एक सूचना प्रकाशित गर्दै एसियन फार्मेस्टिकल्सले उत्पादन गर्ने इस्मेप्राजोल आइपी–४० एमजी (ब्याच नम्बर इओटी ८०३०) र लोराजेपाम ट्याबलेट युएसपी–१ एमजी (ब्याच नम्बर एलएआरटी ८०५४) औषधि गुणस्तरहिन भएको बताएको छ । त्यस्तै विभागले सूचनामार्फत पानस फार्मेस्टिकल्सले उत्पादन गर्ने इस्मेप्राजोल आइपी–४० एमजी (ब्याच नम्बर टिइओ ०३७) औषधि गुणस्तरहिन रहेको बताएको छ ।
विभागले दुबै कम्पनीले उत्पादन गर्ने गुणस्तरहिन औषधिमा मापदण्डअनुसारको गुणस्तर नभएको जनाएको छ । उक्त औषधिहरुको सिफारिस, बिक्री वितरण तथा प्रयोग नगर्न र नगराउन विभागले सूचनामार्फत अनुरोध गरेको छ ।
