तोलामा ४ सयले बढ्यो सुनको मूल्य

<p>काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला ४ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १ लाख ११ सय रुपैयाँ तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ [&hellip;]</p>

काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला ४ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १ लाख ११ सय रुपैयाँ तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ६ सय रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन १ लाख २ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय रुपैयाँ कायम रहेकोे महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार आठ सय ११ दशमलव छ अमेरिकन डलर आसपासमा कारोबार भइरहेको जनाइएको छ ।

Share News