राष्ट्र बैंकको सहप्रवक्ता र सूचना अधिकारीमा सुधा श्रेष्ठ नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको सहप्रवक्ता र सूचना अधिकारीमा गभर्नरको कार्यालयकी कामु निर्देशक सुधा श्रेष्ठ नियुक्त भएकी छन् ।

बैंकले सोमबार (आज)देखि लागू हुने गरी श्रेष्ठलाई उक्त जिम्मेवारी सुम्पिएको जनाएको छ ।

नवनियुक्त सहप्रवक्ता एवं सूचना अधिकारी श्रेष्ठ विगत लामो समयदेखि केन्द्रीय बैंकमा सेवारत छिन् । 

उनी विसं. २०६४ सालदेखि नेपाल राष्ट्र बैंकमा आबद्ध भई विभिन्न विभागहरूमा कार्यअनुभव सँगालेकी दक्ष अधिकृत हुन् ।

केन्द्रीय बैंकले सर्वसाधारण र सञ्चारमाध्यमलाई बैंकका सूचना तथा गतिविधिहरू पारदर्शी र सहज रूपमा उपलब्ध गराउनका लागि उनको सम्पर्क विवरणसमेत सार्वजनिक गरेको छ। 

Share News