सनराईज बैंकमा विवाद मोडियो, विज्ञ सञ्चालक जोशीको राजीनामा माग

<p>काठमाडौं । सनराईज बैंक भित्रको विवाद मोडिएको छ । बैंक सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालसँग मागको स्पष्टीकरणले पूर्णता नपाउँदै विज्ञ सञ्चालक ओमकृष्ण जोशीको राजीनामा माग भएको छ । कम्पनी सचिव ईश्वार कुमार पाठक र कन्सल्ट्यान्ट वकिल बालकृष्ण ढकालले जोशीसँग राजीनामा मागेका छन् । अध्यक्ष मोतिलाल दुगडलाई उदृत गर्दै उनीहरुले जोशीको राजीनामा मागेका [&hellip;]</p>

काठमाडौं । सनराईज बैंक भित्रको विवाद मोडिएको छ । बैंक सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालसँग मागको स्पष्टीकरणले पूर्णता नपाउँदै विज्ञ सञ्चालक ओमकृष्ण जोशीको राजीनामा माग भएको छ ।

कम्पनी सचिव ईश्वार कुमार पाठक र कन्सल्ट्यान्ट वकिल बालकृष्ण ढकालले जोशीसँग राजीनामा मागेका छन् । अध्यक्ष मोतिलाल दुगडलाई उदृत गर्दै उनीहरुले जोशीको राजीनामा मागेका हुन् ।

अध्यक्ष दुगडले बुधबार ३ बजे सञ्चालक समितिको बैठक राखेका छन् । बैंठकको मुख्य अजेण्डा प्रमुख कार्यकारी अधिकृतको पिजेन्टेशन (प्रस्तुतिकरण) राखिएको छ । अजेण्डामा प्रमुख कार्यकारी अधिकृत पौड्यालसँग गत विहीबार सोधिएको स्पष्टीकरणबारे विषय छैन ।

जोशी सनराइज बैंकमा गाभिएको नेशनल नारायणी फाइनान्समा प्रमुख कार्यकारी अधिकृत थिए । मर्ज भएपछि तत्कालिन फाइनान्सका अध्यक्ष आरके मानन्धर, महेन्द्रलाल प्रधान लगायत प्रमोटरको प्रस्तावमा विज्ञ सञ्चालक भएका थिए ।

सम्बन्धित अन्य समाचार
अर्थमन्त्रीको शक्तिले सनराईज बैंकको बोर्ड विभाजित, सीईओको स्पष्टीकरण थन्कियो

सनराईज बैंकका सञ्चालकलाई कानुन पढाउँदै राष्ट्र बैंकले भन्यो-‘टेकओभर गर्नु नपरोस्’

राजीनामा नदिएपछि सनराईज बैंकका सीईओसँग स्पष्टीकरण माग, बर्खास्त गर्ने बोर्डको तयारी

Share News