विश्वकपको माहोल झन् रोमाञ्चक बनाउन टीसीएलका दुई नयाँ पार्टी स्पिकर सार्वजनिक

काठमाडौं । विश्वकप फुटबलको माहोल विश्वभर तातेका बेला इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले नेपाली बजारमा आफ्ना नयाँ पोर्टेबल पार्टी स्पिकर टीपी२००के र टीपी३००के सार्वजनिक गरेको छ ।

शक्तिशाली अडियो, आकर्षक लाइट शो तथा आधुनिक कनेक्टिभिटी सुविधाले सुसज्जित यी स्पिकरहरू खेलप्रेमी र मनोरञ्जनका पारखीहरूलाई लक्षित गर्दै डिजाइन गरिएको कम्पनीले जनाएको छ । फुटबल समर्थकहरूका लागि खेल हेर्नु मात्र नभई त्यसको माहोल अनुभूति गर्नु पनि उत्तिकै महत्वपूर्ण हुने भएकाले टीसीएलले उक्त अनुभवलाई घरमै जीवन्त बनाउने लक्ष्य राखेको छ ।

कम्पनीका अनुसार यी स्पिकरहरूले स्टेडियमजस्तै ध्वनि र ऊर्जा प्रदान गर्नेछन् । गोल हुँदा उठ्ने गर्जन, दर्शकहरूको उत्साह र कमेन्ट्रीको रोमाञ्च अब अझ स्पष्ट र शक्तिशाली रूपमा अनुभव गर्न सकिनेछ ।

टीसीएल टीपी२००के घरेलु म्याच भ्युइङ, पारिवारिक जमघट तथा साना पार्टीहरूका लागि उपयुक्त रहेको छ। यसमा २२० वाट अडियो पावर, १२ घण्टासम्मको ब्याट्री ब्याकअप तथा ५ वटा डायनामिक लाइट शो मोड समावेश छन् ।

त्यसैगरी, अझ दमदार ध्वनि अनुभव चाहने प्रयोगकर्ताका लागि टीसीएल टीपी३००के उत्कृष्ट विकल्पका रूपमा प्रस्तुत गरिएको छ । ३४० वाटसम्मको शक्तिशाली अडियो आउटपुट, गहिरो बास र १८ घण्टासम्मको प्लेटाइमले ठूला जमघट तथा आउटडोर सेलिब्रेसनलाई नयाँ स्तरमा पुर्याउने कम्पनीको दाबी छ। यसमा ८ वटा आकर्षक लाइट शो मोडहरू उपलब्ध छन् ।

दुवै मोडलमा ब्लुटुथ ५.४, बास बुस्ट, वायरलेस पार्टी लिंक (टीडब्ल्यूएस) तथा आईपीएक्स४ वाटर रेसिस्टेन्स जस्ता आधुनिक सुविधाहरू समावेश छन् । प्रयोगकर्ताले दुईवटा स्पिकरलाई वायरलेस रूपमा जडान गरी अझ फराकिलो साउन्ड अनुभव लिन सक्नेछन् । साथै, माइक्रोफोन र गिटार सपोर्टले कराओके तथा लाइभ मनोरञ्जनलाई पनि सहज बनाउने कम्पनीले जनाएको छ ।

विश्वकपको उत्साह, संगीत र मनोरञ्जनलाई एकै ठाउँमा समेट्ने उद्देश्यका साथ टीसीएलले यी उत्पादन बजारमा ल्याएको हो । कम्पनीका अनुसार साथीभाइसँगको फुटबल नाइट, पारिवारिक समारोह वा सप्ताहन्तको पार्टीलाई यी स्पिकरहरूले अझ रोमाञ्चक र स्मरणीय बनाउनेछन् ।

टीसीएल विश्वका अग्रणी उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्डहरूमध्ये एक हो । नवप्रवर्तन, अत्याधुनिक प्रविधि र उत्कृष्ट डिजाइनमार्फत कम्पनीले विश्वभर स्मार्ट मनोरञ्जन अनुभव प्रदान गर्दै आएको छ । नेपालमा टीसीएल ब्रान्डका उत्पादनहरू सिजी इलेक्ट्रोनिक्समार्फत आधिकारिक रूपमा वितरण हुँदै आएका छन् । 

Share News