कमल शिशिरको ‘लाल्टिन बालेर’ सार्वजनिक

काठमाडौं । कमल शिशिरको नयाँ गीत बजारमा आएको छ । शिशिरको आफ्नै युटुब च्यानलबाट ‘लाल्टिन बालेर’ बोलको गीत सार्वजनिक भएको हो । 

गीतमा वसन्त थापा र देवी घर्तीको स्वर रहेको छ भने नन्दु परियारले संगीत भरेका छन् । 

दिनेश पराजुलीको समूहले निर्माण गरेको गीतको म्युजिक भिडियोमा शेखर घर्ती मगर र रचना न्यौपाने फिचर्ड छन् । 

लामो समयदेखि गजल, कविता, मुक्तकसमेत लेख्दै आएका गीतकार शिशिरले गीतमार्फत् गण्डकी र धौलागिरी क्षेत्रमा रहेका गुरुङ र मगर समुदायको कथा भनेका छन् । 

रोधीमार्फत जोडिने प्रेम देखाउने प्रयास गरेका उनले रैथाने लय जगेर्ना गर्ने प्रयास गरेको देखिन्छ ।

Share News