
काठमाडौं । सेयर धितो कर्जाको सीमा बढाउन लगानीकर्ताले माग गरेका छन् । सेयर धितो कर्जामा कडाइ हुदा बजार बढ्न नसकेको भन्दै लगानीकर्ताले कर्जाको सीमा ५० बाट बढाएर ८० प्रतिशत पुर्याउन माग गरेका हुन् ।
नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रीक नीति तर्जुमाका लागि बुधबार गरेको अन्तरक्रियामा सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले कर्जाको सीमा बढाउन सुझाव दिएका हुन् ।
उनले औसत भारित जोखिमलाई घटाएर १०० प्रतिशत कायम गर्न सुझाए । यस्तै बैंकरलाई सेयर ब्रोकरको अनुमतिपत्र (लाइसेन्स) दिन राष्ट्र बैंकलाई सुझाव दिएका छन् ।
हकप्रद र बोनस सेयरपछिको मूल्य समयोजन तत्काल हुने व्यवस्था मिलाउन उनले माग गरेका छन् । पछिल्लो समयमा बजार निरन्तर घट्दै गएपछि सेयर कर्जाको सीमा बढाउन लगानीकर्ताले जोड दिदै आएका छन् ।