काठमाडौं । वाणिज्य बैंकले मुद्धति निक्षेपको ब्याजदर बढाएर १२.५ प्रतिशत पुर्याएका छन् । बैंकहरुबीच निक्षेपको ब्याजदर नबढाउन भद्र सहमति तेडिएपछि धमाधम बढ्न थालेको हो । बैंकहरुले ब्याजदर बढाउन तछाडमछाड सुरु गरेका छन् ।
सोमबार एनआईसी एसिया बैंकले मुद्धति निक्षेपको ब्याजदर बढाएर १२ प्रतिशत पुर्याएको भोलीपल्ट सिभिल बैंकले १२.२२ र मंगलबार सेञ्चुरी कर्मर्शियल बैंकले बढाएर साढे १२ प्रतिशत पुर्याएको छ ।
आर्थिक वर्ष सकिन अब १ महिना मात्र बाँकी भएकाले भएको निक्षेप बढाउन धमाधम ब्याजदरमा वृद्धि गर्न थालेका हुन् । सेञ्चुरीले ६ महिनादेखि १ वर्षसम्मको मुद्दती खाताको लागि वार्षिक १२.५ प्रतिशत ब्याज दिने गरी नयाँ योजना ल्याएको छ ।
यसबाट वाणिज्य बैंकहरु निक्षेप बढाउन फेरी प्रतिस्पर्धामा उत्रिएका छन् । बैंकहरुले निक्षेप बढाउन मुद्धतिको ब्याजदरमा वृद्धि गर्न थालेका छन् । यसअघि बैंकबीच साधारण वचतमा ८ र मुद्धति निक्षेपमा अधिकतम ११ प्रतिशतसम्म ब्याज दिने सहमति गरेका थिए । ब्याजदर वृद्धिबाट संस्थागत र व्यक्तिगत निक्षेपकर्तालाई फाइदा हुन्छ भने बैंकको ऋण लिने उद्योगी व्यवसायी मारमा पर्नेछन् । यसले मूल्य बढाउने छ ।
ब्याजदर बढेकाले थप जोखिम बढ्न थालेको पुर्वबैंकर अनलराज भट्टराईले बताए । मौद्रीक नीति तर्जुमाका लागि नेपाल राष्ट्र बैंकले बुधबार राजधानीमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै बैंकबीच ब्याजदर बढाउन होडबाजी सुरु भएको र यसले वित्तीय स्थिायित्वमा समस्या ल्याउने भन्दै यसको विषयमा गम्भीर हुन राष्ट्र बैंकलाई सुझाए । उनले
बैंकको आधार ब्याजदर ९ बाट बढेर १०.९४ प्रतिशत पुगेको छ । यस्तै निक्षेप लागत पनि बढेर औसत ६.६ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ ।