काठमाडौं । एनआईसी एसिया बैंकले मुद्धति निक्षेपको ब्याजदर बढाएर १२ प्रतिशत पुर्याएको छ । ११ प्रतिशत ब्याज दिदै आएको एनआईसी एसियाले १ प्रतिशत बढाएको हो । बैंकले धनवर्षा मुद्दती निक्षेप योजनामा मासिक भुक्तानीको सुविधा सहितवार्षिक १२ प्रतिशत ब्याज दिने भएको हो ।
कुनैपनि शाखाबाट जुनसुकै रकमको पनि मुद्दती निक्षेप खाता खोल्न सकिने छ । एक बर्षको अवधिका लागि खोल्न सकिने यस मुद्दति योजनामा जम्मा गरिएको रकमको ८० प्रतिशत सम्मकर्जा सुबिधासमेत उपलब्ध गराउने बैंकले जानकारी दिएको छ ।
धनवर्षा मुद्दती खाता’ योजनाबाट बढी भन्दा बढी व्यक्तिगत एवम् संस्थागत ग्राहकले उच्चतमलाभ लिने विश्वास बैंकले लिएको छ । चैतसम्म सबैभन्दा बढि निक्षेप संकल नगर्न सफल तथा कर्जा प्रवाहको हिसावले निजी क्षेत्रको बैंकहरुमध्ये दोश्रो ठुलो बैंकको रुपमा एनआईसी एसिया स्थापित भएको छ ।
यसअघि पनि बैंकले सञ्चालनमा ल्याएको सर्वाधिक उच्चब्याजदर सहितको धनबर्षा मुद्दती निक्षेप योजना लोकप्रिय भएको थियो । एनआईसी एसियाको हालसम्म २१८ शाखासहित निजी क्षेत्रको सबैभन्दा ठुलो शाखा सञ्जाल भएको तथा २१० एटिएम सहित मुलुककै सबै भन्दा ठुलो एटिएम सञ्जाल भएको भएको छ ।
१४ वटा बिस्तारित काउण्टर, ९ वटा शाखारहित बैंकिङ्ग युनिट र कुल ५ हजार ५०० भन्दा बढि रेमिट्यान्स पेमेण्ट एजेण्ट (प्रत्यक्ष एबं अप्रत्यक्ष समेत गरि) सहित ५ हजार ९५१ भन्दा बढि भौतिक सञ्जालमार्फत बैंकिङ्ग सेवाप्रदानगर्ने मुलुककै सबै भन्दा ठुलो बैंक भएको आईसी एशियाले जनाएको छ ।