काठमाडौं । नेपाल बैंकर्स संघ तथा भारतीय बैंक संघबीच एमओयूमा हस्ताक्षर भएको छ । सो सम्झौतामा नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगाना तथा भारतीय बैंक संघका प्रमुख कार्यकारी अधिकृतले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौतासंगै दुई देशका संघहरुबीच आपसी सहकार्य, क्षमता विकास, सुचना प्रदान, अनुसन्धान, आदि क्षेत्रहरुमा कार्य अगाडि बढाउन सहयोग मिल्नेछ । त्यसैगरी, यसले नेपालका बैंकहरुको क्षमता तथा अनुभब अभिवृद्धि गर्न समेत ठूलो मद्दत मिल्ने नेपाल बैंकर्स संघको विश्वास छ ।
साथै, आगामी दिनमा साउथ एशियन रिजन(क्षेत्र)मा सबै बैकर्स संघहरु बीचमा यसरी नै आपसी समझदारी गर्दै जाने कुरामा समेत सहमति भएको छ ।