तङग्रीदै वेष्ट फाइनान्स, ६ महिनामा ३ करोड ५९ लाख नाफा
काठमाडौं । वेष्ट फाइनान्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षमा नाफा बढाएको छ ।समस्याग्रस्त अवस्थाबाट मुक्तभई एक वर्षअघि मात्र पुनः सञ्चालनमा आएको फाइनान्सले चालु आवको ६ महिनामा ३ करोड ५९ लाख रुपैयाँ नाफा गरेको छ । गत आवको सोही अवधिमा फाइनान्स ६८ लाख ६९ हजार रुपैयाँ नोक्सानमा थियो । फाइनान्सले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिनाको वित्तीय विवरणमा कर्जा असुली तथा ब्याज आम्दानीबाट नाफा बढेको जानकारी दिएको छ । वेष्टको खराब कर्जा अझै ७२ प्रतिशत छ । निक्षेप लागत १०.६५ र आधार ब्याजदर १६.३५ प्रतिशत रहेको फाइनान्सले जनाएको छ । फाइनान्स अझै ८ करोड ४४ लाख रुपैयाँ संचित नोक्सानमा रहेको छ । समीक्षा अवधिमा फाइनान्सको निक्षेप परिचालन १७ करोड ३६ लाख रुपैयाँ छ । यस्तै कर्जा लगानी २० करोड ४९ लाख रुपैयाँ छ । फाइनान्सको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ५४ पैसा छ । वेष्टले चुक्तापुँजी बढाउन सिनर्जी फाइनान्स लिमिटेडलाई प्राप्ति गर्ने भएको छ । यसका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
आउँदो ३ वर्षमा नाफा २ अर्ब ९ करोड पुग्ने सिद्धार्थ बैंकको प्रक्षेपण, ईपीएस पनि बढ्ने
काठमाडौं । आउँदो ३ वर्षमा सिद्धार्थ बैंकले खुदनाफा ४८ प्रतिशत बढ्ने प्रक्षेपण गरेको छ । बैंकले आर्थिक वर्ष ०७६/०७७ मा नाफा बढेर २ अर्ब ९ करोड ६५ लाख रुपैयाँ पुग्ने अनुमान गरेको छ । गत आवमा बैंकले १ अर्ब ४१ करोड रुपैयाँ खुदनाफा गरेको थियो । हकप्रद सेयर निष्कासन प्रयोजनका लागि सार्वजनिक गरेको सुचनामा बैंकले वर्षेनी औसत १६ प्रतिशतका दरले खुदनाफा बढाउने लक्ष्य लिएको हो । बैंकले चालु आवमा १ अर्ब ५१ करोड २९ लाख रुपैयाँ नाफा गर्ने लक्ष्य लिएको छ । आगामी १ अर्ब ७७ करोड ७३ लाख रुपैयाँ नाफा गर्ने प्रक्षेपण सार्वजनिक गरेको हो । बैंकको नाफासंगै प्रतिसेयर आम्दानी (ईपीएस) समेत बढेर ३ वर्षमा २४ रुपैयाँ ३३ पैसा पुग्ने बैंकले जनाएको छ । गत आवमा बैंकको ईपीएस २१ रुपैयाँ ३९ पैसा छ । चालु आवमा घटेर १७ रुपैयाँ ४८ पैसा र आगामी आवमा पुनः बढेर २० रुपैयाँ ५४ पैसाँ पुग्ने प्रक्षेपण बैंकको छ । चुक्तापुँजी बढेपछि बैंकको ईपीएसमा गिरावट आएको छ । आव ०७६/०७७ मा बैंकले ब्याज आम्दानी बढेर १४ अर्ब ३ करोड पुग्ने प्रक्षेपण गरेको छ । गत आवमा बैंकको ब्याज आम्दानी ६ अर्ब ६५ करोड रुपैयाँ थियो । चालु आवमा बैंकको ब्याज आम्दानी बढेर ९ अर्ब ६७ करोड र आगामी आवमा अझ बढेर ११ अर्ब ८१ करोड रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ । ३ वर्षमा बैंकले निक्षेप परिचालन बढाएर १ खर्ब ३७ अर्ब ९८ करोड रुपैयाँ पुग्ने अनुमान छ । चालु आवमा बढेर ९६ अर्ब ६३ करोड आगामी वर्ष बढेर १ खर्ब १५ अर्ब ९५ करोड रुपैयाँ निक्षेप परिचालन हुन सक्ने बैंकको अनुमान छ । यस्तै कर्जा लगानी पनि विस्तार भई ३ वर्षमा १ खर्ब १६ अर्ब ८७ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ । चालु आवमा बैंकको कर्जा लगानी ८२ अर्ब ६६ करोड र आगामी वर्ष ९८ अर्ब ८८ करोड रुपैयाँ पुग्ने कम्पनीको प्रक्षेपण छ । जगेडा कोषमा ६ अर्ब १७ करोड रुपैयाँ पुग्ने छ । बैंकले फागुन २ गतेदेखि ६८ करोड २६ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंकले चुक्तापुँजी बढाउन साविकका सेयरधनीलाई ६८ लाख २६ हजार ११७ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । १० बराबर १ अनुपातमा निष्कासन हुन लागेको हकप्रद सेयरको बिक्री चैत ६ गते बन्द हुने बैंकले जनाएको छ । माघ २२ गते भन्दा अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोबार भई कायम रहेका सेयरधनीले हकप्रद सेयर खरिद गर्न पाउने भएका छन् । हकप्रद सेयर बाँडफाँडपछि चुक्तापुँजी बढेर ७ अर्ब ५० करोड ८७ लाख रुपैयाँ पुग्ने बैंकले जनाएको छ । हाल बैंकको चुक्तापुँजी ६ अर्ब ८२ करोड ६८ लाख रुपैयाँ छ ।
चैतभित्रै माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको २ अर्ब ६४ करोड आईपीओ आउने
काठमाडौं । निर्माणाधिन माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले आउदो चैतभित्र साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । आयोजना प्रभावित दोलखावासी र सर्वसाधारणलाई गरी २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ बराबरको २ करोड ६४ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । प्रवद्र्धक अपरतामाकोसी हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले आयोजना प्रभावित स्थानिय बासिन्दालाई १० प्रतिशत अर्थात १ अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको १ करोड ५ लाख ९० हजार कित्ता र सर्वसाधारणलाई १५ प्रतिशत अर्थात १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख ८५ हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको हो । आईपीओ आउदो चैतसम्म निष्कासन हुने अपर तामाकोसीको अध्यक्ष तथा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । रसुवागढी र सान्जेन जलविद्युत कम्पनीले आईपीओ निष्कासन गर्नका लागि बुधबार गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले तामाकोसीको आईपीओ निष्कासनको काम सुरु भइसकेको जानकारी दिए । जिल्ला समन्वय समितिबाट आयोजनाबाट अतिप्रभावित, कम प्रभावित र प्रभावित गरी तीन वर्गमा विभाजन गरी सेयर वितरण गर्ने समहमति भएको छ । दोलखावासीले न्युनतम ३० देखि बढीमा ३ सय कित्तासम्म सेयर भर्न पाउने भएका छन् । स्थानियबासिन्दालाई निष्कासन गरिसकेको सर्वसाधारणलाई १५ प्रतिशत आईपीओ निष्कासन हुनेछ । पहिलो चरणमा सर्वसाधारणलाई १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख ८५ हजार कित्ता सेयर निष्कासन हुनेछ । यसअघि कर्मचारी संचय कोषका संचयकर्ता, ऋण दिने संस्थाका कर्मचारी र नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई गरी १७.२८ प्रतिशत अर्थात १ अर्ब ८२ करोड ९९ लाख ५२ हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ९५ हजार कित्ता सेयर निष्कासन गरी ०७२ जेठ २९ गते बाँडफाँड भइसकेको छ । सो सेयर नेपाल स्टक एक्सचेन्जमा सुचिकृत नहुदाँ कारोबार भएको छैन् । आईपीओबाट लगानीकर्ताले लाभ पाउन सकेका छैनन् । तामाकोसीमा कर्मचारी संचय कोष, नेपाल विद्युत प्राधिकरण, राष्ट्रिय बीमा संस्थान र नागरिक लगानी कोषको लगानी छ । हाल आयोजनाको काम ९३ प्रतिशत सम्पन्न भएको छ । डलरको मूल्यमा उतारचढाव आउनु लक्ष्यअनुसार निर्माण कार्य अगाडि नबढ्नु र भूकम्पका कारण आयोजनाको समयसीमा लम्बिदै जानुका कारण ३५ अर्ब २९ करोड रुपैयाँमा सम्पन्न गर्ने अनुमान गरिएको आयोजनाको लागत बढेर ४१ अर्ब ७२ करोड पुग्ने अनुमान गरिएको हो । आयोजना ०७५ असार मसान्तभित्र विद्युत् युनिटबाट बिजुली उत्पादन गरिसक्ने लक्ष्य लिइएको छ । सोही वर्षको मंसिरसम्म ५ वटै युनिट सञ्चालनमा ल्याउने तयारी कम्पनीको छ । यस्तै ४५६ मेगावाटको आयोजनाले २२ मेगावाटको अर्को आयोजना र रोल्वालिङ डाइभर्सन आयोजनाको काम अघि बढाएको छ । तामाकोसीबाट २ अर्ब २८ करोड र रोल्वालिङबाट गरी वार्षिक २ अर्ब ६२ करोड युनिट बिजुली उत्पादन हुने छ । तामाकोसी सञ्चालनमा आएपछि वर्षादमा लोडसेडिङको अन्त्य हुने छ ।तामाकोसीबाट मात्र बिजुली बिक्रीबाट वार्षिक ९ अर्ब रुपैयाँ आम्दानी हुने छ । रोल्वालिङको बिजुली थपिएपछि आम्दानी अझै बढ्ने छ ।
लगानीकर्तालाई अनलाइन सेयर आवेदनको जानकारी दिन नेप्से र सीडीएस प्रदेश दौडाहामा
काठमाडौं । अनलाइन सेयर आवेदको बारेमा मोफोसलका लगानीकर्तालाई जानकारी दिन सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेड र नेपाल स्टक एक्स्चेन्ज (नेप्से) लिमिटेडका अधिकारी अहिले प्रदेश दौडाहामा निस्किएका छन् । सीडीएस र नेप्सेले अनलाइन सेयरको बारेमा प्रदेश नम्बर १ को इटहरी र दमकमा जनचेतनामुलक कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा नेप्सेका प्रवत्ता मुराहरि पराजुलीले कार्यपत्र प्रस्तुत गर्दै पूँजीबजारमा सीडीएसको भूमिका, धितोपत्रको अभौतिकिकरण तथा राफसाफ तथा फछ्र्यौट प्रक्रिया, आस्बा, सीआस्बा तथा मेरो सेयर सम्बन्धी जानकारी प्रस्तुत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथी नेप्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्दसिंह साउदले मेरो शेयर तथा सीआस्बाको प्रयोग संगै घण्टौ लाइन लागेर सार्वजानीक निष्कासनको आवेदन दिएर बाँडफाँटका लागि महिनौ कुर्नुपर्ने अवस्थाको अब अन्त्य हुने जानकारी दिए ।सीडीएस र नेप्सेले आगामी दिनमा यस्ता कार्यक्रम अन्य प्रदेशको सहरहरुमा पनि आयोजना गर्ने जनाएको छ ।
एफपीओ आउने भएपछि नेपाल बैंकमा झुम्मिए लगानीकर्ता, सवा ५ करोडको सेयर किनबेच
काठमाडौं । थप निष्कासन (एफपीओ) ल्याउने भएपछि लगानीकर्ता नेपाल बैंकमा झुम्मिएका छन् । बुधबार बैंकले नेपाल स्टक एक्स्चेञ्ज लिमिटेड (नेप्से) मार्फत सूचना जारी गर्दै पौने २ अर्ब रुपैयाँको एफपीओ निष्कासन गर्ने घोषणा गरेपछि लगानीकर्ता बैंकमा आकर्षित भएका हुन् । दोहोरो अंकले घटेको बुधबारको बजारमा सबैभन्दा बढी नेपाल बैंकको सेयर किनबेच भएको छ । बुधबार बैंकको प्रतिकित्ता ३४६ रुपैयाँमा ५ करोड १८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सेयर किनबेचका आधारमा पनि यस बैंकको अग्रस्थानमा छ । बैंकको एकैदिन १ लाख ४८ हजार कित्ता सेयर किनबेच भएको छ । बैंकले एफपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा आवेदन दिने तयारी गरेको छ । बोर्डबाट स्वीकृति पाएपछि एफपीओ निष्कासन गर्ने बैंकले जानकारी दिएको छ । पुँजी बढाउन बैंकले एफपीओ निष्कासन गर्न लागेको हो । चालु आर्थिक वर्षको ६ महिनामा बैंकको खुदनाफा घटेर १ अर्ब ६३ करोड ८४ लाख रुपैयाँमा झरेको छ । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ८९ करोड ५० लाख रुपैयाँ नाफा गरेको थियो । समग्रमा बुधबारको नेप्से परिसूचक १२।०१ अंकले ओरालो लागेर १३८२।०२ अंकमा झरेको छ । बुधबारको सेयर बजार शुरु भएदेखि अन्त्यसम्म निरन्तर ओरालो लागेको छ । निरन्तर ओरालो लागेको बजारमा कुल २६ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बजारमा सबैभन्दा बढी बीमा समूहको परिसूचक ८३ अंकले ओरालो लागेको छ । फाइनान्स र ट्रेडिङ समूहको परिसूचक सामान्य अंकले उकालो लागेपनि अन्य बाँकी समूहको सूचक भने राताम्मे भएका छन् ।
सिद्धार्थ बैंकले १४ प्रतिशत बोनस सेयर दिने, पुँजी ७ अर्ब ७८ करोड नाघ्ने
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकले गत वर्षको मुनाफा तथा संचित रकमबाट हालको चुक्ता पुँजीको सो मात्रा अर्थात ९५ करोड ५६ लाख रुपैयाँ बराबरको बोनस दिने निर्णय गरेको हो । उक्त निर्णय गत २३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्विकृती तथा बैंकको आगामी साधारण सभाले पारित गर्नु पर्ने छ । हाल बैंकको चुक्ता पुँजी ६ अर्ब ८२ करोड ६१ लाख रुपैयाँ रहेको छ । १४ प्रतिशत बोनस पश्चात बैंकको पुँजी ७ अर्ब ७८ करोड १७ लाख रुपैयाँ पुग्ने छ ।
८ वटा नयाँ जीवन बीमा कम्पनीको प्रीमियम ६७ करोड, कसको बजार कति ?
काठमाडौं । लाइसेन्स लिएर धमाधम बजार विस्तार गरिरहेका नयाँ जीवन बीमा कम्पनीहरुले पुस मसान्तसम्मको वित्तिय विवरण पेश गरेका छन् । ती कम्पनीहरुले सेवा आरम्भ गरेदेखि पुस मसान्त अवधीमा ६७ करोड ८७ लाख ६ हजार प्रीमियम संकलन गरेका हुन् । कम्पनीहरुले हालसम्म जम्मा ७२ हजार १ सय १९ वटा बीमा गराएका छन् । बीमा समितिमा पेश गरेको विवरण अनुसार युनियन लाइफ आक्रामक बजारीकरणमा लागेको छ भने आईएमई, सन नेपाल, रिलायबल, सिटिजन लगायतका कम्पनीले पछ्याईरहेका छन् । युनियन लाइफले पुस मसान्त अवधीमा २५ करोड ३८ लाख रुपैंयाँ प्रिमियम संकलन गरेको छ भने आइएमई लाइफले ११ करोड ४९ लाख प्रिमियम संकलन गरेको देखिन्छ । त्यस्तै, सन नेपाल लाइफले पनि १० करोड २७ लाख रुपैंयाँ प्रीमियम संकलन गरिसकेको छ । रिलायबलले ९ करोड २८ लाख प्रीमियम संकलन गर्दा सिटिजनले ७ करोड ६१ लाख प्रीमियम संकलन गरेको छ । सानिमा लाइफले भने जम्मा १६ लाख ३२ हजार रुपैंयाँ मात्रै प्रीमियम संकलन गर्न सफल भएको छ । सानिमाले म्यादी जीवन बीमा गराएको छैन् भने शाखा सञ्जाल पनि हालसम्म विस्तार गरेको छैन् । युनियन लाइफले देशभर ३६ वटा शाखा सञ्जाल विस्तार गरिसकेको छ भने आईएमईले ४० वटा र ज्योती लाइफले ३८ वटा शाखा विस्तार गरेका छन् । सिटिजनले २५ वटा शाखा खोल्दा रिलायबलले पनि २४ वटा शाखा पुर्याएको छ । करिब ३५ हजार पोलिसी बेचेपछि मात्रै बीमा कम्पनीहरु नाफा घाटा बराबरको अवस्थामा आईपुग्ने बताइन्छ ।
आर्थिक समृद्धि लघुवित्तले डेपुटी सीइओसहित ४० जना कर्मचारी माग्यो
काठमाडौं। केन्द्रिय कार्यालय तनहुँमा रहेको आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्था लिमिटेडले नायव प्रमुख कार्यकारी अधिकृतसहित ४० जना कर्मचारी मागेको छ । कम्पनीलाई सक्रिय ढङगले अघि बढाउन निश्चित मापदण्ड पुगेका जनशक्ती माग गरेको हो । कम्पनीले केन्द्रीय कार्यालको निमित्त नायक प्रमुख कार्यकारी अधिकृतसहित १० जना शाखा प्रबन्धक र ३० जना कनिष्ठ सहायक माग गरेको छ । कम्पनीले उल्लेखित नायक कार्यकारी अधिकृतको शैक्षिक योग्यतामा लघुवित्त तथा बैंकिंग क्षेत्रमा वरिष्ठ प्रबन्धक र प्रबन्धक पदमा ७ वर्ष काम गरेको हुनु पर्ने जनाएको छ । साथै अर्थशास्त्र, गणित, व्यवस्थापन विषयमा स्नातकोत्तर पास गरेको हुनु पर्ने जनाएको छ । त्यसको लिखित परिक्षा फागुन १९ गते हुने बताइएको छ । त्यस्तै शाखा प्रबन्धकले प्लस टु पास गरी २ वर्ष लघुवित्त वित्तीय क्षेत्रमा काम गरेको र कनिष्ठ सहायकको शैक्षिक योग्यता प्लस टु पास भएको हुनु पर्ने बताइएको छ । उक्त पदको लागि लिखित तथा अन्तरवार्ताद्धारा कर्मचरी छनौट गरिने कम्पनीको भनाइ छ । कम्पनीको अनुसार सोको लिखित परिक्षा समेत फागुन १९ गते हुने भनिएको छ । । कम्पनीले उक्त पदहरुमा फागुन १० गतेसम्म दरखास्त गरिसक्नु पर्ने जानकारी दिएको छ ।
५ करोड ९५ लाखमा बनेका ४७ मुसहर परिवारलाई सुन्दर घर
रौतहट । धुर्मुस–सुन्तली फाउण्डेशनले निर्माण गरेकोे ‘सन्तपुर एकीकृत नमूना बस्ती’ का सुन्दर घरमा मंगलबारदेखि ४८ माझी परिवारले बास पाएका छन् । चन्द्रपुर नगरपालिका–८ स्थित विशेष समारोहबीच सन्तपुर एकीकृत नमूना बस्तीको राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक रुपमा उद्घाटन गरेर बस्तीको साँचो नमूना बस्ती निर्माण समितिका अध्यक्ष सत्यनारायण माझीलाई हस्तान्तरण गरेपछि आजदेखि उनीहरुले ती घरमा बस्न पाउने भएका हुन् । गत साउनमा आएको बाढीका कारण माझी बस्ती डुबानमा परी घरबारविहीन भएका थिए । प्रत्येक वर्ष साउने बाढीले कमजोर घर भत्काउने र बस्ती नै घरबारविहीन हुने अवस्था थियो । वर्षौंदेखिको डुबानको समस्यालाई पक्का सुन्दर नमूना बस्तीले केही हदसम्म पूरा गरेको छ । फाउन्डेशनले ५ करोड ९५ लाख रुपैयाँको लागतमा निर्मित भएको सो बस्ती निर्माण फाउन्डेशनका अध्यक्ष तथा कलाकार कट्टेल गत असोज २८ गतेदेखि त्यही बसेर आफै खटेर निर्माण गरिएको हो । कलाकार कट्टेलले भने, “दशैँ, तिहार, छठ नभनी परिवारको कुनै परबाह नगरी बस्ती निर्माणमा लागेको देख्दा म धेरैपटक भक्कानिएकोे थिए, २६१ कामदार दिनरात, घामपानी केही नभनी काम गरेर ११५ दिनमा बस्ती निर्माण सफल भयो, यो निकै खुशीको दिन हो ।” एकीकृत बस्तीका घरहरु निकै सुन्दर छन् । कलाकार कट्टेल र कुञ्जना घिमिरेको पहलमा देश विदेशबाट आर्थिक संकलन गरी बनाएका भूकम्प प्रतिरोधात्मकका साथै सुविधा सम्पन्न तरिकाले निर्माण गरिएको छ । नमूना बस्तीमा ४७ घर, एक सामुदायिक भवन, मन्दिर, क्लब, दृश्यावलोकन स्तम्भ निर्माण भएको छ । जसले बस्तीको सुन्दरतालाई थप आकर्षक बनाएको छ । नमूना एकीकृत बस्तीको अवलोकनपछि राष्ट्रपति भण्डारीले जनता आवास कार्यक्रममार्फत सरकारले नमूना बस्ती बनाउने कार्यक्रमलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिइन् । धुर्मस–सुन्तली फाउन्डेशनजस्ता निजीस्तरबाट भएका प्रयासलाई पनि राज्यले सहयोग गर्नुपर्छ, नमूना बस्ती निर्माण ज्यादै ठूलो र अतुलनीय काम हो” उनले भनिन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले सरकारका तर्फबाट भूकम्पपश्चात घर निर्माण हुने काम प्राधिकरणमार्फत भइरहेको र फाउन्डेशनसँग पनि एकीकृत नमूना बस्ती निर्माणमा भूकम्प प्रभावित जिल्लामा सहकार्य गरेर अघि बढेको सुनाए। फाउन्डेशनका सल्लाहकार कलाकार मदनकृष्ण श्रेष्ठले भने, “कला क्षेत्रका धुमुर्स र सुन्तलीले तोकिएको समयमा, तय गरेको बजेटमा सुन्दर बस्ती निर्माण गर्नु सानो कुरा होइन, यो पवित्र कार्यले कला क्षेत्रको नै प्रतिष्ठा बढाएको छ ।” फाउन्डेशनका सल्लाहकार कलाकार हरिवंश आचार्यले पछाडि परेका बस्तीमा ब्यँझिएर बस्ती निर्माण गर्ने सपना देखेको हुनाले सफल भएको भनाइ छ । बस्ती निर्माणले नयाँ घर मात्र नभई नयाँ सोच र व्यक्तित्व विकास गर्ने उनको विश्वास छ । फाउन्डेशनको चौथो परियोजनाअन्तर्गत डुबान पीडित तथा पछाडि परेका सन्तपुरका दलित माझी बस्तीमा नमूना बस्ती निर्माण गरिएको हो । त्यसअघि फाउन्डेशनले महोत्तरीको बर्दिबासको मुसहर बस्ती, काभ्रे पहरी बस्ती र सिन्धुपाल्चोकमा एकीकृत नमूना बस्ती निर्माण गर्ने काम सम्पन्न गरेको छ । आफ्नो कलाकारिता पेशालाई दाउमा राखेर देश÷विदेशमा सहयोग मागी बस्ती निर्माण गर्नु आफँैमा सुन्दर काम हो । रासस
फागुन ११ देखि रसुवागढी हाइड्रोपावर र सान्जेन जलविद्युतको २ अर्ब ५१ करोडको आईपीओ आउने
काठमाडौं । आउदो फागुन ११ गतेदेखि दुई जलविद्युत कम्पनीले २ अर्ब ५१ करोड ८१ लाख रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएका छन् । दुबै कम्पनीले आउदो आइतबार आईपीको निष्कासनका लागि आब्हनपत्र सार्वजनिक गर्ने भएका छन् । रसुवागढी हाइड्रोपावर लिमिटेड र सान्जेन जलविद्युत कम्पनी लिमिटेडले पहिलो चरणमा कर्मचारी संचय कोषका संचयकर्ता, नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी लिमिटेड र रसुवा जिल्लाका स्थानीय निकायका कर्मचारीलाई गरी २ करोड ५१ लाख ८१ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेका हुन् । रसुवागढीले १ अर्ब ६४ करोड २१ लाख ४ हजार रुपैयाँको १ करोड ६४ लाख २१ हजार कित्ता र सान्जेनले ८७ करोड ६० लाख रुपैयाँ बराबरको ८७ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएका छन् । फागुन ११ देखि ३० गतेसम्म कर्मचारी संचय कोषका संचयकर्ता, चैत ५ देखि १३ गतेसम्म नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी लिमिटेड र रसुवा जिल्लाका स्थानीय निकायका कर्मचारीलाई आईपीओ निष्कासन गर्ने रसुवा हाइड्रोपावरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माधव कोइरालाले बताए । धितोपत्र बोर्डले सान्जेनलाई मंसिर २६ गते र रसुवागढीलाई पुस २० गते निष्कासन गर्न अनुमति दिएको हो । सान्जेनले ५७ मेगावाट क्षमताको तल्लो र माथिल्लो सान्जेन र रसुवागढीले १११ मेगावाटको रसुवागढी आयोजना निर्माण गरिरहेका छन् । सान्जेनको १ वर्ष र रसुवागढीको सन् २०१९ मा निर्माण काम सम्पन्न हुनेछ । माघको पहिलो साता आईपीओ निष्कासन गर्ने तयारी भएपछि कम्पनी रजिष्टार कार्यलयमा कम्पनीको अद्यावधिक गर्नुपर्ने लगायत अन्य प्रक्रियागत ढिलाइले फागुनको ११ गते पुगेको हो ।
एनबिआईद्धारा “हुम्यान क्यापिटल कन्फेरेन्स” सम्पन्न, १५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाका कर्मचारी सहभागी
काठमाडौं । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट (एनबिआई)द्धारा आयोजित “हुम्यान क्यापिटल कन्फेरेन्स” सम्पन्न भएको छ । उक्त सम्मेलनको उद्घाटन एनबिआईको सञ्चालक समितिका सदस्य उपेन्द्र पौडेलले र आईडीएफसी बैंककी सिनियर एक्जिक्यूटिभ भाइस प्रिसिडेन्ट एचआर हार्लिना सोधीले संयुक्त रुपमा गरेका थिए । एनबीआईको प्रमुख कार्यकारी अधिकृत संजीव सुब्बाले मानव संसाधनमानव स्रोतलाई महत्वपूर्ण संसाधनको रुपमा रुपान्तरित गरी उत्पादत्वमा वृद्धि गर्न आजका आवश्यक्ता रहेको र यसलाई माथि तहका कर्मचारीदेखि सञ्चालक समितीका पदधिकारी समेतको ध्यानआकर्षण हुन जोड दिएका छन् । साथै, कार्यक्रममा नेपाल बैंकिङ एसोसिएसनका उपाध्यक्ष अनुकुल भटनागरले अबको वित्तिय पहुच ग्रामीण क्षेत्रमा हुने हुँदा मानव संसाधनलाई ग्रामिण उन्मुख हुन सल्लाह दिएका छन् । आईडीएफसी बैंक कि सिनियर एक्स्कियूटीभ भाइस प्रिसिडेन्ट एचआर हार्लिना सोधी आफ्नो प्रस्तुतिमा सिकाई र क्षमता वृद्धिमा प्रविधिमा जोड दिन अनुरोध गरेकी छन् । साथै, पार्टनर एण्ड हेड केपीएमजी एकेडेमीका निश्चय सुरीले मानव संसाधनबिकासका लागि लनिङ एण्ड डेभलपमेन्टमा जोड दिन सल्लाह दिएका छन् । त्यस्तै, हेड अफ ट्रेनिङ एण्ड डेभलपमेन्ट साउथ एसिया, जोनसोन एण्ड जोनसोन भिजन केएर, इन्कका सदनले प्रतिभासालि कर्मचारीहरुलाई संस्थासँग आवद्ध गर्न प्रविधिमा जोड हुनु पर्ने बताएका छन् । कार्यक्रममा आयोजित प्यानल डिस्कसनमा नेपाल एसबिआई बैंकका प्रमुखकार्यकारी अधिकृत अनुकुल भटनागर, हार्लिना सोधी र मेगा बंैकका कामु प्रमुख कार्यकारी अधिकृत अनुपमा खुन्जेलीले अहिलेको बदलिदो परिस्थितिमा मानव संसाधन व्यवस्थापनको चुनौति र अवसर बारे प्रकाश पारेका छन् । साथै, एक दिने यस सम्मेलनमा १५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाको कर्मचारीहरु सहभागी भएका आयोजकले जानकारी दिएका छन् ।
मौद्रिक नीतिको मध्यावधि समीक्षामा ‘रिल्याक्सेसन’ माग्दै बैंकर पुगे राष्ट्र बैंक
काठमाडौं । लगानी योग्य पुँजीको अभाव नटेरेपछि सुविधा (रिल्याक्सेसन) माग्दै बैंकरहरु राष्ट्र बैंक धाउन थालेका छन् । मौद्रिक नीतिको मध्यावधी समीक्षाको तयारी भैरहेका बेला बैंकरहरु रिल्याक्सेसन माग्दै केन्द्रिय बैंक धाउन थालेका हुन् । उनीहरुले सोमबार गभर्नर डा. चिरञ्जीवी नेपाललाई भेट्न चाहेका थिए तर नेपालले भेट नदिएपछि अनुसन्धान विभाग प्रमुख नरबहादुर थापालाई भेटेर फर्किएको राष्ट्र बैंक श्रोतले बतायो । ‘गभर्नर साबलाई भेट्न आएका बैंकर्स संघका प्रतिनिधी अनुसन्धान विभागका प्रमुखलाई भेटेर फर्किएका छन, उनीहरुको मुल उदेश्य भनेको कर्जा बढाउन सहुलियत माग्नु नै देखियो’, केन्द्रिय बैंक श्रोतले भन्यो । सोमबार बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाको नेतृत्वमा आधा दर्जन बाणिज्य बैंकका सिइओ राष्ट्र बैंक पुगेका थिए । ‘मौद्रिक नीतिको मध्यावधी समीक्षाको तयारी भैरहेको छ । बैंकर्सहरु आफ्ना माग सुनाउन आएका थिए, हामीले सुन्यौं’, केन्द्रिय बैंकको अनुसन्धान विभाग प्रमुख थापाले विकास न्युजसंग भने । बैंकरहरुले मध्यावधी समीक्षाबाट रिल्याक्सेसन माग्नु स्वभाविक भएको पनि थापाले बताए । ‘बैंकरहरुले रिल्याक्सेसन माग्नु स्वभाविक नै हो, माग राख्न पाइन्छ, हामी आवश्यकताका आधारमा निर्णय गर्छौ’, उनले भने । बैंकर्स एसोसियसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले ५ खर्ब रुपैयाँ आइडल राखेर वित्तिय क्षेत्रले प्रगति पनि गर्न नसक्ने र देशको अर्थतन्त्र पनि उभो नलाग्ने बताए । ‘सीसीडी रेसियाको नाममा ५ खर्ब रुपैयाँ आइडल राखिएको छ, आर्थिक विकास पनि गर्नु पर्ने अनि यत्रो पैसा कोषमा थुप्रिने कुरा ठिक होइन, हामीले ऋण लगानीका लागि श्रोतको व्यवस्थापन होस भन्ने चाहेका छौं’, ढुंगानाले भने । कृषि विकास बैंकका सीईओ लिलाप्रकाश सिटौलाले आर्थिक नीति र मौद्रिक नीतिका बिचमा तारतम्य नमिल्दा लगानी योग्य पुँजीको अवभा सृजना भएको बताए । ‘विपन्न वर्गमा प्रवाह गरिएको कर्जालाई सीसीडी गणनामा केहि सहुलियत दिएर जान सकिन्छ भन्ने कुरा राखेका छौं, तर केन्द्रिय बैंकसँग त्यो भन्दा गतिलो अरु उपकरण देखिएको छैन, यद्यपी हामीले मध्यावधी समिक्षाका लागि लिखित सुझाव पेश गरेका छौं’, कृषि विकासका सीर्इओ सिटौलाले । गत बर्ष राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधी समिक्षा मार्फत विपन्न वर्ग र उत्पादनशिल क्षेत्रमा प्रवाह गरिएको कर्जाको ५० प्रतिशत हिस्सालाई असारसम्म सीसीडीमा गणना नगर्ने सुबिधा दिएको थियो । सो सुबिधाले बैंकहरुलाई लगानी योग्य पुँजी अभावको तत्कालिन समस्या समाधानका लागि केहि सहयोग गरेको थियो । कतिपय बैंकको असारमा पनि सीसीडी कायम हुने नदेखेपछि गत असोजसम्मका लागि कायम गरिएको थियो । यो वर्ष पनि बैंकहरु सीसीडी रेसियोको डिलमा पुगका छन् । लक्ष्यअनुसार लगानी गर्न नपाएको सानिमा बैंकका सीईओ भुवनकुमार दाहाल बताउछन् । उनले बैंकिङ प्रणालमा देखिएको लगानीयोग्य पुँजीको समस्या समधान गर्न बासेल ३ लागु गर्नुपर्ने सुझाउछन् । सम्पत्ति र दायित्वका आधारमा बैंकले तरलता व्यवस्थापन गर्न पाउनु पर्ने उनको माग छ । यसपाली भने बैंकरहरुले राज्य कोषमा रहेको केहि पैसा निक्षेपका रुपमा उपलब्ध गराउन समेत माग गरेका छन् । त्यसका लागि कानून नै संशोधन गर्नुपर्ने भएपछि पाउने संभावना देखिएको छैन् । त्यसका अलवा सीसीडी रेसियो हटाउनुपर्ने वा विपन्न वर्ग, तथा उत्पादनशिल क्षेत्रमा प्रवाह भएको कर्जाको गणना हटाउनुपर्ने लगायतका माग राखेका छन् ।
१० कित्ता मात्र पाइने लगानीकर्तामा मनोवैज्ञानिक प्रभावले बीपीसीको एफपीओका लागि १ अर्ब १८ करोड मात्र आवेदन
काठमाडौं । १० कित्ता मात्र पाइने मनोवैज्ञानिक प्रभावले बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी) को थप निष्कासन (एफपीओ) मा आधा भन्दा केही बढी मात्र आवेदन परेको छ । सोमबारसम्म बीपीसीको १ अर्ब १८ करोड ७४ लाख रुपैयाँ बराबरको ८० हजार १३९ वटा एफपीओ खरिदका लागि आवेदन परेको छ । आइतबारको तुलनमा सोमबार बीपीसीको एफपीओका लागि ३ करोड रुपैयाँ मात्र थप आवेदन परेको देखिएको छ । १० कित्ता मात्र एफपीओ पाउने मनोवैज्ञानिक असर वीपीसीको एफपीओमा परेको निष्कासन तथा बिक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्रीजेस घिमिरे बताउछन् । “८३ हजार बढी आवेदन पर्दा १ अर्ब १८ करोड रुपैयाँ मात्र परेको छ” उनले भने “ धरै नपर्ने आशंकामा लगानीकर्ताले बढीमा २० कित्ताको मात्र आवेदन हालेको देखिन्छ ।” १० कित्ता मात्र आवेदन दिनेले थप्न माग गरेको उनले सुनाए । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको एफपीओ आब्हान हुदा ५ गुणा आवेदन परेको थियो । गत साता प्रिमियरको एफपीओ बाँडफाँड गर्दा १० कित्ता मात्र परेको उनले सुनाए । “बीपीसीमा धेरै रकमको आवेदन पर्ने अनुमान सबैले गर्दा यसको असर परेको देखिएको छ” उनले भने “यस विषयमा सोच्नु पर्ने अवस्था आएको छ ।” यता नियामक धितोपत्र बोर्ड पनि थोरै पर्ने भएपछि लगानीकर्ताले कम रकमको मात्र आवेदन हालेको देखिएको बताएका छन् । विकास न्युजसंग कुरा गर्दै बोर्डका निर्देशक निरन्जय घिमिरेले १० कित्ता मात्र पाइने संभावनाका आधारमा सबैले कम आवेदन दिएको अनुमान गरिएको बताए । यता बीपीसीका वित्त विभागका भाइस प्रेसिडेन्ट राधेश्याम श्रेष्ठ पनि ठुलो परिमाणमा आवेदन परेपनि सबैले कम रकमको एफपीओ भर्दा निर्धारित समयमा बिक्री नभएको बताउछन् । ८० हजार बढीको आवेदन पर्दा रकमका आधारमा आधा भन्दा केही बढी देखिएको उनको भनाई छ । पहिलो पटक निष्कासन बन्द हुने तोकिएको मिति आइतबार नै सकिएको छ । हालसम्म २३ लाख ७० हजार ५९ कित्ता एफपीओ बिक्री भएको एनएमबी क्यापिटलले जनाएको छ । बीपीसीले २ अर्ब ४ करोड ४५ लाख रुपैयाँ बराबरको ४० लाख ८१ हजार कित्ता एफपीओ निष्कासन गरेको हो । अझै ८७ करोड रुपैयाँको एफपीओ बिक्रि हुन बाँकी नै छ । बीपीसीले प्रिमियमसमेत गरी प्रतिकित्ता ५०१ रुपैयाँमा एफपीओ निष्कासन गरेको हो । एफपीओ निष्कासन बन्द ढिलोमा फागुन १५ गतेसम्म तोकिएको छ । एफपीओ निष्कासनपछि बीपीसीको सेयर मूल्य निरन्तर ओरालो लागेको छ । बीपीसीको सेयर मूल्य घटेर प्रतिकित्ता ५५७ रुपैयाँमा झरेको छ । आउँदो ५ वर्षमा चीनबाट २ खर्ब रुपैयाँ लगानी ल्याएर थप १ हजार मेगावाट बिजुली उत्पादन गर्न चिनियाँ कम्पनीसंग सम्झौतापछि सेयरको मूल्य बढेकोमा थप निष्कासन (एफपीओ) पछि सेयर मूल्य घटेको छ । पछिल्लो समयमा बीपीसीको विषयमा विभिन्न टिकाटीप्पणी आएपछि बजारमा मूल्य घटेको हो । बीपीसीले प्रतिकित्ता ५०१ रुपैयाँमा एफपीओ निष्कासन गरेको हो । दुई महिना अघिसम्म बीपीसीको सेयर मूल्य प्रतिकित्ता ७४६ रुपैयाँ पुगेको थियो । त्यसपछि क्रमश घट्दै गएको छ । बीपीसीले ३६.७ मेगावाटको कावेली ए र ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाका लागि एफपीओ ल्याएको हो । २ आयोजनामा बीपीसीले २ अर्ब ३४ करोड ८५ लाख रुपैयाँ लगानी गर्नेछ । बीपीसीले वार्षिक साधारणसभा अगावै निष्कासन गर्ने भएकाले एफपीओमा लगानी गर्नेले पनि गत आर्थिक वर्षमा गरेको नाफाबाट लाभांश पाउने छन् । एफपीओ निष्कासन गरेपछि मात्र बीपीसीले लाभांश घोषणा गर्ने भएको छ । गत आर्थिक वर्षमा बीपीसीले ६४ करोड ९३ लाख रुपैयाँ नाफा गरेको थियो ।एफपीओमा न्युनतम १० र बढीमा २० हजार ४ सय कित्तासम्म आवेदन दिन पाउने बीपीसीले जनाएको छ ।
एकीकृत ग्रामीण विकासका लागि एक अर्ब दुई करोड रुपैयाँ अनुदान
काठमाडौं । कोरिया सरकारले एकीकृत ग्रामीण विकासका लागि एक अर्ब दुई करोड रुपैयाँ अनुदानस्वरुप उपलब्ध गराउने भएको छ । विज्ञान प्रविधिको क्षेत्रमा नवीनतम खोज एवं अध्ययन गरी नेपालको सामाजिक, आर्थिक विकासमा सघाउन कोरिया सरकारले काठमाडौं विश्वविद्यालयलाई उक्त रकम प्रदान गर्न लागेको हो । अर्थ मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा नेपालका लागि कोरियाका राजदूत पार्क योङ सिक र अर्थ सचिव शंकरप्रसाद अधिकारीले अनुदान सहायतासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । कोरियाली सहयोग नियोग (कोइका) र उक्त विश्वविद्यालयले संयुक्त रुपमा आगामी पाँच वर्षभित्रमा सो परियोजना कार्यान्वयन गर्ने छन् । त्यस अवसरमा संक्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत पार्कले परियोजनाबाट नेपालको प्राविधिक क्षमता अभिवृद्धिका साथै ग्रामीण भेगका जनाताको जीवनस्तरमा सकारात्मक परिवर्तत भई आर्थिक उन्नयनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । सचिव अधिकारीले कोरिया सरकारले नेपालको सामाजिक आर्थिक विकासमा निरन्तर सहयोग गर्दैै आएकामा हार्दिक आभार व्यक्त गर्दै उक्त मुलुकबाट विशेष गरी शिक्षा, कृषि र स्वास्थ्य क्षेत्रमा प्राविधिक सहायता प्राप्त भइरहेको बताए । निजी क्षेत्रको अग्रणी विश्वविद्यालयका रुपमा स्थापित उक्त शैक्षिक प्रतिष्ठानले विज्ञान, प्रविधि र अन्वेषणका क्षेत्रमा दूरगामी महत्वका कार्य गर्ने अपेक्षा नेपाल सरकारले गरेको छ । रासस
एसियन लाइफ इन्स्योरेन्सले फागुन १३ देखि ४० करोड २७ लाखको हकप्रद निष्कासन गर्दै
काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन १३ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले चुक्तापुँजी बढाउन ४० करोड २७ लाख ९६ हजार रुपैयाँ बराबरको ४० लाख २७ हजार ९६६ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासन बन्द चैत १८ गते हुने सेयर निष्कासन तथा बिक्री प्रवन्धक एनआईबीएल क्यापिटल मार्केट्स लिमिटेडले जनाएको छ । कम्पनीले २ बराबर १ अनुपातमा हकप्रद निष्कासन गर्न लागेको हो । गत माघ ७ गतेसम्म नेपाल स्कट एक्सचेन्ज लिमिटेडमा कारोबार भई कायम रहेका साविक सेयरधनीले हकप्रद सेयरका लागि आवेदन दिन पाउने छन् । हकप्रद सेयर बाँडफाँडपछि कम्पनीको चुक्तापुँजी बढेर १ अर्ब २० करोड रुपैयाँ पुग्ने छ । चालु आर्थिक वर्षको असारसम्म जीवन बीमा व्यवसाय गर्ने कम्पनीले चुक्तापुँजी बढाएर २ अर्ब रुपैयाँ पुर्याउनु पर्ने व्यवस्था नियामक बीमा समितिले गरेको छ । कम्पनीको चुक्तापुँजी हाल ८० करोड ५५ लाख रुपैयाँ छ ।
धितोपत्र बोर्डले दियो २७ अर्ब ७६ करोडको सेयर निष्कासन अनुमति
काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा सार्वजनिक सेयर निष्कासन ३०.४५ प्रतिशत बढेको छ । चालु आवको पुससम्म नेपाल धितोपत्र बोर्डले साधारण सेयर (आईपीओ) थप निष्कासन (एफपीओ), हकप्रद सेयर र सामुहिक लगानी कोष (म्युचअल फण्ड) गरी ४६ संस्थालाई २७ अर्ब ७६ करोड रुपैयाँको निष्कासन गर्न अनुमति दिएको हो । यसमध्ये ९ वटा कम्पनीलाई २ अर्ब ८६ करोड रुपैयाँ बराबरको आईपीओ, ३ वटालाई २ अर्ब ६७ करोड रकम बराबरको एफपीओ र ४ वटा योजनाको ४ अर्ब ७० करोड रकम बरावरको म्युचअल फण्डको इकाई र ३० कम्पनीको १७ अर्ब ५३ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको बोर्डले जनाएको छ । यस अवधिमा बोर्डले संगठित संस्थाकोे नाफाबाट भएको जगेडा कोषलाई पूँजीकरण गरी अतिरिक्त सेयरको रुपमा विद्यमान शेयरधनीलाई प्रदान गरिने ३० वटा संगठित संस्थाको ७ अर्ब ८२ करोड रुपैयाँ बरावरको बोनस सेयर दर्ता गरेको छ । गत आवको सोही अवधिमा ५२ वटा कम्पनीको १० अर्ब ८९ करोड रुपैयाँ बराबरको बोनस सेयर दर्ता गरिएको थियो ।बोर्डले चालु आव सुरु भएयता ६ महिनाको अवधिको निष्कासन अनुमति विवरण सार्वजनिक गरी जानकारी गराएको हो । धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ तथा धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका २०७४ले तोकेका सम्पूर्ण विवरण तथा कागजात प्राप्त भएको मितिले ७ कार्य दिनभित्र निवेदन साथ संलग्न विवरण तथा कागजातमा आवश्यकताअनुसार सुझाव दिने र सुझावअनुसार आवश्यक सुधार गरी विवरण तथा कागजात प्राप्त भएको ५ कार्य दिनभित्र निष्कासन अनुमति प्रदान गर्दै आएको छ । फास्ट ट्रयाकको रुपमा गरिएकोले यस अवधिमा १५ वटा संस्थाले आईपीओ निष्कासनका लागि आवेदन दिएकोमा ५ कम्पनीको विवरणपत्र तथा अन्य कागजात अध्ययनको क्रममा रहेको र १० वटा कम्पनीहरुको विवरणपत्रमा आवश्यक सुधार एवं संशोधनका लागि लेखी पठाइएकोमा सम्बन्धित संस्थाबाट प्राप्त हुन बाँकी रहेको बोर्डले जनाएको छ । १७ कम्पनीले हकप्रद सेयर निष्काशनका लागि आवेदन दिएकोमा ३ वटा संस्थालाई अनुमति दिने प्रकृया अन्तिम चरणमा पुगेको छ । यस्तै ३ वटा संस्थाको प्रत्युत्तर हालै प्राप्त भई सोको जाँचबुझ भईरहेको छ । ११ वटा कम्पनीको “हकप्रद शेयर निष्कासन सम्बन्धी व्यवस्था तथा विवरणमा आवश्यक सुधार एवं संशोधनका लागि लेखी पठाइएको बोर्डले जनाएको छ । आवेदन दिएका १५ संस्थाको आईपीओ निष्कासनको ३ अर्ब ९० करोड र १७ संस्थाको हकप्रद शेयर निष्कसनको रकम ११ अर्ब ७६ करोड रहेको बोर्डले जानकारी दिएको छ ।
बुटवल पावरको एफपीओमा आधा मात्रै आवेदन, बजारमा पैसा भएन की कम्पनीमा आकर्षण ?
काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी) को थप निष्कासन (एफपीओ) आधा मात्रै बिक्री भएको छ । पहिलो पटक निष्कासन बन्द हुने तोकिएको मिति आइतबारसम्म १ अर्ब १५ करोड रुपैयाँ बराबरको २२ लाख ९५ हजार ४०९ कित्ता एफपीओ खरिदका लागि मात्रै आवेदन परेको हो । अझै ९० करोड रुपैयाँको एफपीओ बिक्रि हुन बाँकी नै छ । कम्पनीले छिटोमा शुक्रबार नै निष्काशन बन्द हुने बताएको थियो । तर सो अवधीमा न्युन मात्रामा आवेदन नपरेपछि आइतबारसम्म थपिएको थियो । आइतबारसम्ममा पनि कम्पनीको एफपीओ करिब आधा मात्रै खरिद भएपछि कम्पनी प्रति लगानी कर्ताको आकर्षण घटेको प्रष्टै भएको हो । बीपीसीले प्रिमियमसमेत गरी प्रतिकित्ता ५०१ रुपैयाँमा एफपीओ निष्कासन गरेको हो । एफपीओ निष्कासन बन्द ढिलोमा फागुन १५ गतेसम्म तोकिएको छ । बीपीसीले २ अर्ब ४ करोड ४५ लाख रुपैयाँ बराबरको ४० लाख ८१ हजार कित्ता एफपीओ निष्कासन गरेको हो । १० कित्ता मात्र पाउने अनुमानका आधारमा लगानीकर्ताले कम भर्दा एफपीओ बिक्री कम देखिएको बीपीसी वित्त विभागका भाइस प्रेसिडेन्ट राधेश्याम श्रेष्ठले बताए । “७० हजार भन्दा बढी लगानीकर्ताले एफपीओका लागि आवेदन दिएका छन्” उनले भने “सबैल कम पर्छ भनेर थोरै माग गरेका कारण निर्धारित समयमा एफपीओ कम गएको हो ।” १० कित्ता मात्र पाउने धितोपत्र बोर्डको नीतिले गर्दा खरिदका लागि कम रकमको आवेदन हाल्दा यस्तो भएको उनको तर्क छ । एफपीओ निष्कासन छिटोमा शुक्रबारसम्म बन्द हुने भने पनि आइतबार एक दिन थप भएको लगानीकर्ताले जानकारी नपाएको उनको भनाई छ । आइतबार १८ करोड रुपैयाँ बराबरको एफपीओ मात्र खरिदका लागि आवेदन परेको श्रेष्ठले जानकारी दिए । समय भएकाले यो साताभित्र एफपीओ बिक्री हुने उनले विश्वास व्यक्त गरे । एफपीओ निष्कासनपछि बीपीसीको सेयर मूल्य निरन्तर ओरालो लागेको छ । सोमबार बीपीसीको सेयर मूल्य घटेर प्रतिकित्ता ५५८ रुपैयाँमा झरेको छ । आउँदो ५ वर्षमा चीनबाट २ खर्ब रुपैयाँ लगानी ल्याएर थप १ हजार मेगावाट बिजुली उत्पादन गर्न चिनियाँ कम्पनीसंग सम्झौतापछि सेयरको मूल्य बढेकोमा थप निष्कासन (एफपीओ) पछि सेयर मूल्य घटेको हाे । आइतबार प्रतिकित्ता ५८० मा झरेको छ । एकै दिन बीपीसीका लगानीकर्ताले २२ रुपैयाँ गुमाएका छन् । पछिल्लो समयमा बीपीसीको विषयमा विभिन्न टिकाटीप्पणी आएपछि बजारमा मूल्य घटेको हो । दुई महिना अघिसम्म बीपीसीको सेयर मूल्य प्रतिकित्ता ७४६ रुपैयाँ पुगेको थियो । त्यसपछि क्रमश घट्दै गएको छ । बीपीसीले ३६.७ मेगावाटको कावेली ए र ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाका लागि एफपीओ ल्याएको हो । २ आयोजनामा बीपीसीले २ अर्ब ३४ करोड ८५ लाख रुपैयाँ लगानी गर्नेछ । बीपीसीले वार्षिक साधारणसभा अगावै निष्कासन गर्ने भएकाले एफपीओमा लगानी गर्नेले पनि गत आर्थिक वर्षमा गरेको नाफाबाट लाभांश पाउने छन् । एफपीओ निष्कासन गरेपछि मात्र बीपीसीले लाभांश घोषणा गर्ने भएको छ । गत आर्थिक वर्षमा बीपीसीले ६४ करोड ९३ लाख रुपैयाँ नाफा गरेको थियो ।
खराब कर्जा : सबैभन्दा कम सानिमा र बढी सिभिल बैंककाे
काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा सबैभन्दा कम खराब कर्जा (एनपीएल) सानिमा बैंकको छ । सबैभन्दा बढी खराब कर्जा सिभिल बैंकको छ । चालु आर्थिक वर्षको ६ महिनाको वित्तीय विवरणमा सानिमाले एनपीएल घटाएर ०.०३ प्रतिशत कायम गरेको जानकारी दिएको छ । चालु आवको पहिलो त्रैमाशमा सानिमाको खराब कर्जा ०.१४ प्रतिशत थियो । सिभिल बैंकको ४.५२ प्रतिशत खराब कर्जा छ । पहिलो त्रैमाशमा सिभिलको खराब कर्जा ४.६९ प्रतिशत थियो । सिभिलले खराब कर्जा केही घटाएको उसको वित्तीय विवरणमा उल्लेख छ । यस्तै नेपाल एसबीआई बैंकको ०.१३ प्रतिशत छ । पहिलो त्रैमाशमा एसबीआईको १३ प्रतिशतनै थियो । स्ट्याण्डर्ड चार्टर्ड बैंकको ०.१७ प्रतिशत छ । पहिलो त्रैमाशमा ०.१८ प्रतिशत खराब कर्जा थियो । एभरेष्ट बैंकको ०.२५ प्रतिशत छ । पहिलो त्रैमाशमा एभरेष्टको ०.२६ प्रतिशत खराब कर्जा थियो । खराब कर्जा १ प्रतिशत भन्दा कम हुनेमा एनआईसी एसिया बैंकको ०.२६ र माछापुच्छ«े बैंकको ०.३३, सेन्चुरी कमर्शियल बैंकको ०.९९ प्रतिशत छ । यस्तै प्रभु बैंकको खराब कर्जा ४.१२ प्रतिशत छ । पहिलो त्रैमाशमा प्रभुको खराब कर्जा ४.२३ प्रतिशत थियो । यस्तै नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकको ४ प्रतिशतमा झरेको छ । पहिलो त्रैमाशमा एनसीसीको ४.२३ प्रतिशत खराब कर्जा थियो । कृषि विकास बैंकको बढेर ३.९५ प्रतिशत पुगेको छ । पहिलो त्रैमाशमा यस्तो कर्जा ३.५४ प्रतिशत थियो । नेपाल बैंकको खराब कर्जा घटेर ३.२३ प्रतिशतमा झरेको छ । पहिलो त्रैमाशमा ३.४२ प्रतिशत खराब कर्जा थियो । कुन बैंकको कति ? सिभिल बैंक ४.५२, प्रभु बैंक ४.१२, एनसीसी बैंक ४.०४, कृषि विकास बैंकको ३.९५, नेपाल बैंक ३.२३, जनता बैंक २.६५, राष्ट्रिय वाणिज्य बैंक २.११, बैंक अफ काठमाण्डु १.८६, सनराईज बैंक १.६५, ग्लोबल आईएमई बैंक १.६१, कुमारी बैंक १.६१, सिद्धार्थ बैंक १.५०, प्राइम कमर्शियल बैंक १.४३, नेपाल बंगलादेश बैंक १.४७ रहेको छ । यस्तै, सिटिजन्स बैंक १.२५, हिमालयन बैंक १.३२, लक्ष्मी बैंक १.२९, एनएमबी बैंक, १.२०, नविल बैंक १.१३, नेपाल इन्भेष्टमेन्ट बैंक १.१२, सेन्चुरी कमर्शियल बैंक ०.९९, मेगा बैंक ०.९६, माछापुच्छ«े बैंक ०.३३, एनआईसी एसिया ०.२६, एभरेष्ट बैंक ०.२५, स्ट्याण्डर्ड चार्टर्ड बैंक ०.१७, नेपाल एसबीआई बैंक ०.१३ र सानिमा बैंकको ०.०३ प्रतिशत रहेको छ ।
१० प्रतिशत ब्याजमा २५ कराेडकाे वैदेशिक रोजगार वचतपत्र फागुन ३ गते आउदै
काठमाडौं । नेपाल राष्ट्र बैंकले २५ करोड रुपैयाँको वैदेशिक रोजगार वचतपत्र निष्कासन गर्ने भएको छ । राष्ट्र बैंकले आउदो फागुन ३ गते वचतपत्र बिक्री खुला गरेको छ । बन्द आउदो २३ गतेसम्म हुनेछ । निष्कासन फागुन २८ गते हुने राष्ट्र बैंकले जनाएको छ । आउदो ०७९ फागुन २७ गते फिर्ता हुने छ । वचतपत्रको ब्याज १० प्रतिशत रहेको छ । वैदेशिक रोजगारीमा संलग्न नेपाली नागरिक तथा गैर–आवासीय नेपालीहरुले बचतपत्र खरिदको लागि आवेदन दिन पाउने राष्ट्र बैंकले जनाएको छ । ब्याज भुक्तानी ६/६ महिनामा हुनेछ । बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन/दिन सकिने छ। चालु आवमा सरकारले ६ अर्ब रुपैयाँ वैदेशिक रोजगार वचतपत्र निष्कासन गर्ने लक्ष्य लिएको छ । सरकारले चालु आवमा विभिन्न वित्तीय औजारमार्फत १ खर्ब ४५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउदै छ ।
सिनर्जी पावरको नाफा ३ करोड ७४ लाख, ११ करोड ४६ लाख नोक्सानीमा, प्रतिफल पाउने लामो समय कुर्नुपर्ने
काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको नाफा बढेको छ ।गत पुससम्म कम्पनीले ३ करोड ७४ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा सिनर्जीले २ करोड ६७ लाख रुपैयाँ नाफा गरेको थियो । चालु आवको ६ महिनामा कम्पनीले बिजुली बिक्री गरेर १३ करोड ४१ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले १३ करोड ११ लाख रुपैयाँ आम्दानी गरेको थियो । चालु आवमा नाफा गरेपनि कम्पनीको संचित नोक्सान ११ करोड ४६ लाख रुपैयाँ छ । चालु आवको पहिलो त्रैमाशसम्म सिनर्जीको संचित नोक्सान ११ करोड ८१ लख रुपैयाँ थियो । कम्पनीको संचित नोक्सान बढी भएको र कर्जा तिर्न धेरै बाँकी रहेकाले लगानीकर्ताले अझै केही वर्ष प्रतिफल पाउने संभावना कम छ । समीक्षा अवधिमा कम्पनीले ४ करोड ३९ लाख रुपैयाँ ब्याजखर्च भएको छ । कम्पनीले १० मेगावाटको सिप्रिङखोला आयोजना बनाउन लिएको ऋण तिर्न ७६ करोड ५४ लाख रुपैयाँ छ । कम्पनीको सेयर पुँजी ७० करोड रुपैयाँ छ । निर्माणकालदेखि कम्पनीले समस्या भोग्दै आएकाले कर्जा तिर्न सकेको छैन् । कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ ६९ पैसाँ छ । प्रतिसेयर नेटवर्थ घटेर ८३ रुपैयाँ ६२ पैसामा झरेको छ । कम्पनीको सेयर मूल्य १६४ रुपैयाँ मात्र छ ।