कोशी प्रदेशले ल्यायो ४० अर्ब ४४ करोडको बजेट (पूर्णपाठ)

‘सक्षम छोरी’ कार्यक्रमलाई ७ करोड

काठमाडौं । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

सोमबार प्रदेश सभामा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले शिक्षा र महिला सशक्तीकरणलाई जोड दिँदै सक्षम छोरी कार्यक्रमको घोषणा गरे  । 

सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूलाई लक्षित गरी ल्याइएको यस विशेष कार्यक्रमका लागि सरकारले ७ करोड रुपैयाँ विनियोजन गरेको छ । 

यस कार्यक्रमबाट प्रदेशभरका करिब २ लाख ७५ हजार छात्रा लाभान्वित हुने सरकारको अपेक्षा छ । 

प्रदेश सरकारले प्रस्तुत गरेको कुल बजेटमध्ये चालुतर्फ १३ अर्ब ९७ करोड ६३ लाख रुपैयाँ र पुँजीगततर्फ २० अर्ब ७५ करोड ९९ लाख रुपैयाँ विनियोजन गरिएको छ । यस्तै, वित्तीय व्यवस्थापन शीर्षकमा १५ करोड छुट्याइएको छ ।

सरकारले ल्याएको बजेट चालुतर्फ  कुल बजेटको ३४.५५ प्रतिशत हो । पुँजीगत तर्फ ५१.३२ प्रतिशत र वित्तीय व्यवस्थापन तर्फ ०.३७ प्रतिशत हुन आउँछ ।

यो बजेट चालु आर्थिक वर्षको तुलनामा १२.७४ प्रतिशतले बढी हो । सरकारले बजेटको स्रोतमा आन्तरिक राजस्वबाट ५ अर्ब ५० करोड, संघीय सरकारबाट प्राप्त हुने राजस्व बाँडफाडबाट १२ अर्ब ८७ करोड, वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब १२ करोड, सशर्त अनुदानबाट ५ अर्ब ९५ करोड र समपुरक अनुदानबाट ६४ करोड प्राप्त हुने अनुमान गरेको छ ।

यसअघि कोशी सरकारले चालु आर्थिक वर्षका लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट विनियोजन गरेको थियो । स्रोत व्यवस्थापन र खर्चको अवस्थालाई हेर्दै मध्यावधि समीक्षा बजेटलाई घटाएर ३२ अर्ब ४५ करोड ६४ लाख रुपैयाँमा झारिएको थियो ।

छात्राहरूको शैक्षिक गुणस्तर सुधार, आत्मबल अभिवृद्धि र विद्यालयमा उनीहरूको निरन्तरता सुनिश्चित गर्न यो कार्यक्रम कोसेढुङ्गा साबित हुने मन्त्री लिङ्थेपले विश्वास व्यक्त गरे । 

यस्तो छ पूर्णपाठ :

 

Share News