देशभर बन्दैछन् ४० नयाँ विमानस्थल, २ अर्ब ९४ करोड सक्न काम धमाधम

काठमाडौं । आर्थिक वर्ष सकिन लाग्दा देशभरका निर्माणाधिन विमानस्थलको काम धमाधम भैरहेका छन् । ४० विमानस्थलमा ९६ थरी विभिन्न काम भैरहेका हुन् । देशभरको विमानस्थलमा फरक प्रकृतिको काम भैरहेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता विरेन्द्र प्रसाद श्रेष्ठले बताए । निर्माण भैरहेका ४० विमानस्थलमा ९६ प्रकृतिका कामहरु भैरहेका छन्, केहि आन्तरिक विमानस्थलहरु निर्माण सम्पन्न हुन लागेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । अहिले देशभर २ अन्तराष्ट्रिय विमानस्थल, १ क्षेत्रिय विमानस्थल र ३७ आन्तरिक उडान गर्ने विमानस्थलमा काम भैरहेका छन् । गुल्मीको रेसुङगा, अछामको साँफे बगर, राजविराज र इलामको सुकिलम्बा यहि जेठमा परिक्षण उडान हुने तयारीमा रहेका छन् । यसैगरी अर्घाखाँची विमानस्थल, गुल्मी, इलाम सुकिलम्बा, कालीकोट, कमल बजार, खिजी चण्डेश्वरी र लम्पुङ विमानस्थलको काम तिब्र गतिमा भैरहेका छन् । यस्तै बाजुरा, भरतपुर, भोजपुर, विराटनगर, चन्द्रगढी, दाङ, डोल्पा, धनगढी, गौतम बुद्ध, जनकपुर, जोमसोम, जुम्ला, खानीदण्ड, मनाङ, नेपालगञ्ज, फाप्लु, पोखरा, रामेछाप, रुकुम चौरजाहारी, रुकुम साल्ली, रुम्जाटार, रारा, सिमरा, सिसमकोट, सुर्खेत, तालेजुङ, तेङजिङ हिलारी, त्रिभुवन विमानस्थल, र तुम्लिङटार विमानस्थलको काम भैरहेका हुन् । गत आर्थिक वर्षमा ३९ विमानस्थलका लागि २ अर्ब ९४ करोड बजेट बिनियोजन भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । आगामी आर्थिक वर्षमा यो भन्दा धेरै बजेट आवश्यक पर्ने श्रेष्ठले बताए । अहिले प्राधिकरणले देशभरको विमानस्थलको आगामी वर्ष अवश्यक पर्ने बजेटको तथ्याङक संकलन गरिरहेको छ । काभ्रेको नागीडाडा विमानस्थलको पनि काम शरु त्रिभुवन विमानस्थलबाट आन्तरिक उडान अलग गर्ने विकल्पको रुपमा काभ्रेको नागीडाडामा विमानस्थल निर्माणको प्रक्रिया शुरु भएको छ । नागिडाडामा विमानस्थल निर्माणको लागि वातावरणिय प्रभाव मुल्याङकनको काम शुरु हुन लागेको प्राधिकरणका सूचना अधिकृत त्रिलोचन पौडेलले जानकारी दिए । नागीडाडा विमानस्थलको लागि सामान्य भन्दा धेरै खर्च लाग्ने इन्जिनियरहरुले अनुमान गरेका छन् । काम अवरोध नभए ५ वर्षभित्रै विमानस्थल निर्माण सम्पन्न हुने प्रवक्ता श्रेष्ठले बताए । यो विमानस्थल निर्माण सम्पन्न गन १० अर्ब भन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ । गौतम बुद्ध विमानस्थल २०१९ भित्र सम्पन्न हुने दोस्रो अन्तराष्ट्रिय विमानस्थलको रुपमा हेरिएको गौतम बुद्ध विमानस्थलको काम सन् २०१९ सम्ममा सम्पन्न हुनेछ । अहिले विमानस्थलमा भवन निर्माण लगायतका कामहरु भैरहेका छन् । देशको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा चिनिन लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ४० प्रतिशत काम सकिएको छ । विमानस्थलको आगामी असार सम्ममा पीच भैसक्ने विमानस्थल आयोजनाका प्रमुख ओमनारायण शर्माले बताए । ‘विमानस्थलको अहिले उच्च गतिमा काम भैरहेको छ । निर्माणाधिन भवनमा अहिले छाना राख्न लागिएको छ । धावनमार्गको ५ चरणको काम मध्ये अर्दन पेमेन्ट, मिक्स ग्राभेल, रिभर बेस म्याटिरीयलको काम सकिसकेको छ भने अहिले एलिग्रेड बेस लेयरको काम भैरहेको छ । तीन किलोमिटर लामो धावनमार्गमा एलिग्रेड बेसको काम सकिन २ महिना लाग्नेछ । त्यसपछि अन्तिम चरणको बिटामिन लेयरको काम शुरु हुनेछ । बिटामिन लेयरको काम सकिन करिब ४ महिना लाग्नेछ । विमानस्थलको धावनमार्ग पिच भैसकेपछि सन् २०१९ को अन्त्यसम्ममा सबै काम सकिने आयोजना प्रमुख शर्माले बताए ।  

शुक्रबार मात्रै ९ कम्पनीको २ करोड ९० लाख सेयर सूचिकृत, सबैभन्दा बढी हकप्रद

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा विभिन्न ९ वटा बैंक तथा वित्तीय संस्थाको २ करोड ९० लाख ५२ हजार ५३ कित्ता सेयर सूचिकृत भएका छन् । उक्त विभिन्न कम्पनीको बोनस र हकप्रद गरी शुक्रबार(एकैदिन) मात्र सो मात्राको सेयर सूचिकृत भएको हो । त्यसमध्ये सबैभन्दा बढी हकप्रद सेयर थपिएका छन् । २ कम्पनीको गरी २ करोड २१ लाख ८३ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत भएका छन् । हकप्रद सेयर सूचिकृत गर्नेमा पोखरा फाइनान्स र प्रभु बैंक लि. रहेका छन् । त्यस्तै, कूल सूचिकृत सेयर मध्ये विभिन्न ७ कम्पनीको ६८ लाख ६९ हजार कित्ता बोनस सेयर नेप्सेमा थपिएका छन् । जसमध्ये सबैभन्दा बढी शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको २७ लाख ५७ हजार २३१ कित्ता बोनस सेयर रहेको छ ।

एनआईसी एशियाले ल्यायो कृषि तथा पर्यटन व्यवसाय कर्जा, ५ प्रतिशत व्याज अनुदान दिने

काठमाडौं । एनआईसी एशिया बैंकले हालै ‘कृषि ब्यवसाय कर्जा’ र ‘पर्यटन व्यवसाय कर्जा’ योजना सार्वजनिक गरेको छ । बैंकले कृषि तथा पर्यटन क्षेत्रमा लगानी बढाई यस क्षेत्रलाई सबल बनाउने उद्देश्यले उक्त योजना सार्वजनिक गरेको हो । कृषि तथा पर्यटन क्षेत्रमा स्व–व्यवसायलाई थप प्रबद्र्धन तथा भएको व्यवसायलाई विस्तार गर्ने योजना बनाईरहेका व्यवसायीहरुलाई साथ दिने उद्देश्यले बैंकले यो योजना ल्याएको र यस योजनाले कृषि तथा पर्यटन व्यवसाय बृद्धिमा थप टेवा पुर्याउने विश्वास लिएको छ । व्यवसायीक कृषि क्षेत्रमा निर्धारण गरिएको मापदण्ड पुरा गरेका कृषि उद्यमीलाई नेपाल सरकारको नीति बमोजिम ५ प्रतिशत व्याज अनुदानको लागि आवश्यक व्यवस्था मिलाउनुका साथै शुन्य प्रशासनिक शुल्कमा कर्जा प्रवाह गरिने यस योजनाबाट कृषि उद्यमीलाई आफ्नो व्यवसाय विस्तारमा लाभ पुगि मुलुकको कृषि क्षेत्रको विकासमा थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ । उपरोक्त व्यवसायीक कृषि क्षेत्रमा निर्धारण गरिएको मापदण्ड भित्र नपर्ने कृषि तथा पर्यटन व्यवसायीहरुलाई समेत यस बैंकले सुलभ ब्याजदरमा कर्जाको व्यवस्था गरेको र सो बाट सम्पुर्ण कृषि तथा पर्यटन व्यवसायी लाभान्वित हुने बैंकको विश्वास छ ।

राष्ट्र बैंकले भन्यो : निक्षेप भन्दा बढी कर्जा प्रवाहले वित्तीय असन्तुलन

काठमाडौं । नेपाल राष्ट्र बैंकले निक्षेपको तुलनामा कर्जा लगानी बढी भएको भन्दै यसले वित्तीय असन्तुलन निम्त्याएको ठहर गरेको छ । समीक्षा अवधिमा कर्जाको वृद्धिदर निक्षेप परिचालनभन्दा लगातार उच्च रहँदै आएको छ । कर्जा प्रवाह १९.५ प्रतिशत वृद्धि भएको छ । निक्षेप परिचालनको १५.३ प्रतिशत मात्र रहेको छ । सरकारको पुँजीगत खर्चमा हुने वृद्धिले वित्तीय असन्तुलनमा सहजता ल्याउने अपेक्षा राष्ट्र बैंकले गरेको छ । चालु आवको ९ महिनामा बैंक तथा वित्तीय संस्थाले निक्षेप परिचलानको तुलनमा ९५ अर्ब १८ करोड रुपैयाँ बढी कर्जा लगानी गरेका छन् । ९ महिनामा बैंक तथा वित्तीय संस्थाले निक्षेप परिचालन २ खर्ब २७ अर्ब ७९ करोड रुपैयाँ मात्र गरेका छन् । यस्तै ३ खर्ब २२ अर्ब ९८ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । हालसम्म बैंकले २६ खर्ब २ अर्ब ९० करोड रुपैयाँ निक्षेप संकलन गरी २३ खर्ब ९ अर्ब २० करोड रुपैयाँ कर्जा लगानी गरेको राष्ट्र बैंकले जनाएको छ । चैतसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ति, बचत र मुद्दतीको अंश क्रमशः ८.७, ३५.८ र ४४.९ प्रतिशत छ । बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४६.१ प्रतिशत छ । निजी क्षेत्रतर्पm प्रवाहित मध्ये समीक्षा अवधिमा वाणिज्य बैंकको १६.२, विकास बैंकको २४.७ र वित्त कम्पनीको १० प्रतिशत बढेको छ । चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहिरहेको मध्ये ६१.४ कर्जा घर जग्गाको धितोमा र १४.८ चालू धितोमा प्रवाह भएको छ । बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित ट्रष्ट रिसिट (आयात) कर्जा ७०.९ प्रतिशत अर्थात ४५ अर्ब ७५ करोड रुपैयाँ वृद्धि भई १ खर्ब १० अर्ब २८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ३.२ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित हायर पर्चेज १० र ओभरड्राफ्ट कर्जा १४ प्रतिशत बढेको छ । त्यसैगरी, समीक्षा अवधिमा रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) १३.३ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । उत्पादनशील क्षेत्रतर्पm लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पु¥याउने उद्देश्यले यस बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनरकर्जाको उपयोग समीक्षा अवधिमा बढेको छ । गत चैत मसान्तमा १५ अर्ब ११ करोड रुपैयाँ पुनरकर्जा लगानीमा छ । भूकम्प पीडितहरूलाई २ प्रतिशतसम्मको ब्याजदरमा आवासीय घर निर्माण कर्जा प्रदान गर्न शून्य ब्याजमा उपलब्ध गराउने व्यवस्था अन्तर्गत गत चैतमा १ अर्ब ५० करोड रुपैयाँ पुनरकर्जा उपयोगमा रहेको छ । सरकारबाट ५ प्रतिशत ब्याज अनुदानमा प्रवाह गरिने कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा ६ हजार ९५६ जनाले उपयोग गरेका छन् । यस अन्तर्गत ७ अर्ब ८४ करोड रुपैयाँ कर्जा बक्यौता छ । ४१ करोड ८० लाख ब्याज अनुदान प्रदान गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

३६ लाख जेष्ठ नागरिकलाई दिनको २४ करोड र मासिक ७ अर्ब भत्ता

काठमाडौँ । सरकारले दिनको २४ करोड रुपैयाँ जेष्ठ नागरिक लगायतलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ । यो हिसावले सरकारले जेष्ठ नागरिक, कर्णाली, एकल महिला, विधवा, पुर्ण अशक्त अपांग, अति अशक्त अपांग, लोपोन्मुख आदिवासी जनजाती लगायतलाई ३६ लाखलाई मासिक ७ अर्ब रुपैयाँ सुरक्षा भत्ता वितरण गर्दै आएको छ । संख्या वर्षेनी बढ्दै गएको आगामी वर्षदेखि भत्ता लिनको संख्या थप हुने देखिएको छ । सामाजिक सुरक्षामा लगानी गर्ने देशमा दक्षिण एशियामा नै नेपाल अगाडी आउँछ । यस आर्थिक वर्षमा सरकारले ७० वर्ष नाघेका जेष्ठ नागरिकलाई भत्ता बाहेकलाई उपचार खर्च मासिक १ हजारका दरले १ अर्ब ११ करोड १४ लाख १४ हजार दिएको छ । जसमा बार्षिक १३ अर्ब ३३ करोड ६९ लाख ६८ हजार उपचारमै खर्च भएको सामान्य प्रशासन मन्त्रालय अन्र्तगतको केन्द्रीय पञ्जिकरण विभागका सुचना अधिकारी खिमप्रसाद सुवेदीले बताए । उनका अनुसार भत्ता कम पाउनेमा लोपोन्मुख आदिवासी जनजाती रहेका छन् । उनीहरुलाई सरकारले २४ हजार ६२३ जनालाई ४ करोड ९२ लाख ४६ हजार मासिक भत्ता सरकारले वितरण गरिरहेको छ । जसको वर्षमा ५९ करोड ९ लाख ५२ हजार सरकाले भत्ता वितरण गरिरहेको छ । यस आर्थिक वर्षमा ७ अर्ब २९ करोड २७ लाख ६७ हजार २०० रुपैया भत्तामा खर्च भएको छ । जसमा ७० वर्ष नाघेका जेष्ठ गरी ३६ लाख ७५ हजार ८९ जनाले भत्ता लिएका छन् । आर्थिक वर्ष २०७३÷७४ सामाजिक सुरक्षा भत्ता बढेर दोवर बृद्धि भएको थियो । आर्थिक वर्ष २०७२/७३ मा ७० वर्ष नाघेका जेष्ठ गरी ३१ लाख ७१ हजार २६० जनाले सामाजिक सुरक्षा भत्ता लिएका थिए । सो वर्ष १२ अर्ब ७३ करोड ३४ लाख ८८ हजार सामाजिक सुरक्षा भत्ता वितरण गरेको थियो । त्यस्तै आर्थिक वर्ष २०७३/७४ मा ७० वर्ष नाघेका जेष्ठ गरी ३१ लाख ८७ हजार १७३ जनाले सामाजिक सुरक्षा भत्ता लिएका थिए । अहिले ७० वर्ष उमेर पुगेका, कर्णाली र दलित ६० वर्ष उमेर पुगेका, विधवा तथा कर्णाली, दलित, लोपोन्मुख बालबालिकालगायतले सामाजिक सुरक्षा भत्ता पाउने गरेका छन् । कसले कति पाँउछन् भत्ता ? जेष्ठ नागरिक (दलित) ले १ हजार , जेष्ठ नागरिक (अन्य) ले १ हजार, जेष्ठ नागरिक (कर्णाली) ले १ हजार, एकल महिलाले १ हजार, विधवाले १ हजार, पूर्ण अशक्त अपांगले २ हजार, अति अशक्त अपांगले ६ सय , लोपोन्मुख आदिवासी जनजातीले २ हजार, बालबालिका (कर्णाली र दलित) ले ४ सय , जेष्ठ नागरिक औषधि उपचार (७० वर्ष पुगेका) ले १ हजार मासिक भत्ता भाउदै आएका छन् । यस आर्थिक वर्षमा ९३ हजार ७१३ जना जेष्ठ नागरिक (अन्य) ९ करोड ३७ लाख १२००० हजार मासिक भत्ता भएका छन् । २ लाख ११ हजार ६११ जना जेष्ठ नागरिक (दलित कर्णाली) लाई २६ करोड ९६ लाख ६१ हजार मासिक भत्ता पाएका छन् । १ लाख ८५ हजार ६९ जना एकल महिला महिलाले यस आर्थिक वर्षमा १० करोड ८५ लाख ६९ हजार रुपैयाँ मासिक भात्ता लिएका छन् । ५ लाख ६७ हजार २२६ जना विधवाले ५ अर्ब १७ करोड ३३ लाख ६८ हजार मासिक भत्ता भएका छन् । ३९ हजार ३६१ जनाले पूर्ण अपांगले ७ करोड ९२ लाख ६२ हजार मासिक भत्ता लिएका छन् । ६३ हजार २७० जना आशिंक अपांगले २६ करोड २५ लाख ४८ हजार मासिक भत्ता भएका छन् । २४ हजार ६२३ जना लोपोन्मुख आदिवासी जनजातीले ४ करोड ९२ लाख ४६ हजार मासिक भत्ता लिएका छन् । ४ लाख ८५ हजार ५८३ जना बालबालिका (कर्णाली र दलित) ले १९ करोड ४२ लाख ३३ हजार २ सय मासिक भत्ता लिएका छन् । ११ लाख ११ हजार ४१४ जना ७० वर्ष नाघेका जेष्ठहरुलाई उपचार खर्च मासिक १ अर्ब ११ करोड १४ लाख १४ हजार प्रदान गरि रहेको छ ।    

दुई करोड ६० लाख नक्कली नोटसहित ६ जना पक्राउ

काठमाडौं । प्रहरीले दुई करोड ६० लाख ८६ हजार रुपैयाँ नक्कली नेपाली नोटसहित तीन दिनभित्र छ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले तीन दिनभित्र छ जनालाई पक्राउ गरेको हो । उनीहरुलाई आजै साँझ पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भइरहेको महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुले जनाएको छ । रासस

बुधबारको बजारमा सामान्य सुधार, २२ करोडको सेयर किनबेच

काठमाडौं । निरन्तर ओरालो लागिरहेको बजारमा बुधबार भने सामान्य सुधार आएको छ । बजारमा नेप्से परिसूचक ४.१५ अंकले बढेर १३३८ अंकमा पुगेको छ । मंगलबारको जस्तै बुधबारको बजारमा पनि केवाइसीको प्रभाव परेको देखिन्छ । बुधबारको बजारमा २२ करोड २० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ८ करोड रुपैयाँ बढी हो । सो दिन कुल १५८ कम्पनीको ४ लाख २३ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा सबैभन्दा बढी वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर कारोबार भएको छ । यस कम्पनीको एकैदिन एक करोड ५६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता १८६० रुपैयाँ रहेको छ । बजारमा उत्पादनमूलक र फाइनान्स समूह बाहेक बाँकी समूहको सूचक हरिया भएका छन् । सबैभन्दा बढी होटल समूह ४६ अंकले उकालो लागेको छ । त्यस्तै, हाइड्रोपावरको १३.१३ अंकले बढेको छ ।

घर किन्न, बनाउन छिटो र सस्तो कर्जा चाहिए जानुस नविल बैंक

काठमाडौं । तपाई नयाँ घर बनाउन वा किन्ने तयारीमा हुनुहुन्छ ? सस्तो ब्याजदरको खोजिमा हुनुहुन्छ ? यस्तै छोटो तथा सरल प्रक्रियाबाट कर्जा लिन चाहानु भएको छ ? अब तपाईको सपना नविल बैंकले साकार पार्ने छ । बैंकले नविल फास्टट्रयाक घर कर्जा योजना ल्याएर छिटो, सरल प्रक्रिया र सस्तो ब्याजमा कर्जा दिने भएको हो । वार्षिक १०.९९ प्रतिशत ब्याजदरमा घर कर्जा दिने बैंकले जनाएको छ । यो योजना अन्र्तगत घरजग्ग खरिद वा घर निर्माण, निर्माण लागतको १०० प्रतिशत सम्म कर्जा दिने नविलले जानकारी दिएको छ । यस्तै बैंकले घरको मर्मत सम्भार तथा थप निर्माणमा समेत कर्जा दिने भएको छ । कर्जा अवधि १५ वर्षको हुने छ । यसैगरी रिफाइनान्स र कर्जा स्थानान्तरणको समेत सुविधा भएको बैंकले जनाएको छ । आधार ब्याजदरका आधारमा परिवर्तन हुने बैंकले जनाएको छ । यो योजनाका लागि बैंकले नजिकको शाखा वा ग्राहक सेवा केन्द्र पुल्चोकको फोन नम्बर ५५४२८९१ मा सम्पर्क गर्न भनेको छ ।

कमोडिटि फ्यूचर्स एक्सचेन्जमा ठुला घरानाको लगानी, चुक्ता पूँजी ६० करोड

काठमाडौं । कमोडिटि फ्यूचर्स एक्सचेन्ज लिमिटेड (सिएफएक्स) ले ६० करोड रुपैयाँ चुक्ता पूँजी पुर्याइ बजार सञ्चालन गर्ने तयारी गरेको छ । वस्तु विनिमय बजार सम्बन्धी ऐन तथा नियमावली, २०७४ मा तोकिएको न्यूनतम चुक्ता पूँजी ५० करोड हुनुपर्ने व्यवस्था गरेसँगै उक्त कम्पनीको चुक्ता पूँजी ६० करोड रुपैयाँ पुर्याउने तयारी गरेको हो । उक्त एक्सचेन्ज लिमिटेडमा नेपालमा रहेका विभिन्न व्यवसायिक क्षेत्रमा कार्य गर्दै आएका व्यक्तिगत तथा संस्थागत लगानीकर्ताहरुहरुले लगानी गर्ने भएका छन् । वर्ल्ड लिंकको प्रबद्र्धक दिलिप अग्रवालदेखि गोयल ग्रुपका चिराग गोयलसम्मका लगानी कम्पनीमा लगानी गर्नेहरुमा वर्ल्ड लिंकको प्रबद्र्धकहरु दिलिप तथा मनोज अग्रवाल, कृषि क्षेत्रमा कार्य गर्दै आएको निम्बस ग्रुप अन्तरर्गतको कम्पनी नेपाल वेयरहाउजिंग तथा त्यसका प्रवद्र्धक आनन्द बगारिया रहेका छन् । त्यस्तै पूर्व गभर्नर डा. तिलक रावल, इप्पानका अध्यक्ष शैलेन्द्र गुरागाई, विद्युत उत्पादन गर्ने कम्पनी सुपर आँखुखोलाका प्रबन्ध सञ्चालक विश्वनाथ कँडेल, गोयल ग्रुपकातर्फबाट चिराग तथा अनुराग गोयल, प्रभु क्यापिटलका सञ्चालक सुवास अमात्य, चाँदीको आयतको क्षेत्रमा काम गर्दै आएको कम्पनी नवदुर्गा ट्रेडिङ कन्सर्न र लगानी व्यवस्थापन कम्पनी नेशनल मर्चेन्ट बैंकसहित ४२ जनाको लागानी रहने भएको छ । केही महिना अघि मात्रै धितोपत्र बोर्डले वस्तु विनिमय बजार सम्बन्धी ऐन २०७४ अन्तर्गत रहेर वस्तु विनिमय बजार सञ्चालनका लागि आवेदन दिन सूचना जारी गरेको थियो । सोही अनुसार सिएफएक्सले वस्तु विनिमय बजार सञ्चानलका लागि आवश्यक सबै प्रक्रियाहहरु सम्पन्न गरी पूर्वस्वीकृतिका लागि धितोपत्र बोर्ड समक्ष आवेदन दिइसकेको जनाएको छ । सिएफएक्सले २०६८ सालदेखि कम्पनी ऐन, २०६३ बमोजिम कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भई २०६८ फागुनदेखि वस्तु विनिमय बजार सञ्चालन गर्दै आइरहेको छ । कृषि उपजलाई डिजिटलमा परिवर्तन गर्नेसम्मको योजना कम्पनीले कृषि उपजहरुको बजारीकरण तथा मुल्य शृंखलालाई नविकरण गर्दै अगाडी बढाउने योजना अघि सारेको छ । अलैँजी, अदुवा, कफी लगायतको कारोबार अनुमति पाए महिना दिन भित्र हाल रहेको जनशक्ति तथा पूर्वाधार परिस्कृत गर्दै अध्ययन गर्ने र केही कारोबार शुरु तयारी गरेको छ । साथै संस्थागत सुशासनका अन्तर्राष्ट्रिय मान्यताहरुलाई लागू गरी अन्तर्राष्ट्रिय स्तरको संस्थाको रुपमा बजारको विकास गर्ने योजना समेत रहेको जानकारी गराएको छ । त्यस्तै नेपाली कृषि उत्पदानको बजारीकरण तथा मुल्य शृंखलालाई नविकरण गर्ने व्यवस्था मिलाई कृषि उपजलाई वस्तु बजारको संयन्त्रभित्र ल्याई कारोबार गर्न योग्य बनाउन अध्ययन कार्यदल बनाइने, गोदाम घर रशिद (वेयर हाउस रिसिप्ट)लाई वित्तीय उपकरण बनाई बैंक ऋण तथा कारोबारका लागि व्यवस्था मिलाउन नियामक निकायसँग समन्वय गर्ने । सँगै कानूनी तथा भौतिक पूर्वाधारको किवासको कार्य अघि बढाउने बताएको छ । कृषि उत्पादनको कारोबार प्रणालीलाई सहजीकरण गर्न तथा गोदाम घरमा जम्मा भएको कृषि उपजलाई डिजिटलमा परिवर्तन गर्ने व्यवस्था मिलाउन डिम्याट तथा रिम्याट प्रणाली सहितको ग्रेन बैंक सोलुसन अर्थात कमोडिटि डिपोजिटरी सेवा सञ्चालनमा ल्याउने लगायतका कम्पनीले भावि योजना अघि सारेको छ ।

खाद्य विभागले भित्र्यायो २८ करोडको मोबाइल भेन ल्याब, ठाँउको ठाँउ अद्याख पदार्थ पत्ता लाग्ने

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विगभाले २८ करोड मुल्य बराबरको मोबाइल भेन ल्याब भित्र्याएको छ । बजारमा अखाद्य पदार्थको विगविगी बढेको भन्दै त्यस्तो वस्तुको परिक्षण र नियन्त्रण गर्ने उद्देश्यले उक्त मोबाइल ल्याब(ल्याब भएको भेन) भित्र्याएको हो । विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले केही दिन अघि मात्रै उक्त मोबाइल ल्याब विभागमा ल्याइपुर्याएको बताए । ‘विभागले तीन वर्षअघि देखि सो ल्याब ल्याउन पहल गरिरहेको थियो,’ उनले भने ‘उक्त पहलले सार्थकता पाएको छ । केही दिनअघि मात्र सरकारकै बजेटमा ४ ओटा मोबाइल ल्याब भित्रिएको हो ।’ त्यस्तै विभागले ४ वर्षअघि युरोपियन युनियनको सहयोगमा एउटा त्यस्तै मोबाइल ल्याब भित्र्याएको थियो । सो ल्याबभन्दा हाल भित्र्याइएको ल्याब एड्भान्स रहेको उनको भनाइ छ । विगतको भन्दा बढी वस्तुहरुको अत्याधुनिक ढङ्गले अहिलेको ल्याबबाट परिक्षण गर्न सकिने उनले जानकारी दिए । उनको अनुसार एउटा मोबाइल ल्याबको लागत ७ करोड रुपैयाँ परेको छ । ४ ओटा ल्याबको लागि २८ करोड रुपैयाँ लगानी भएको छ । विगभागका महानिर्देशक संजीवकुमार कर्णले अहिले बजारमा १५/२० प्रतिशत अखाद्य, कमसल तथा न्युनस्तरिय वस्तुहरु पाइने बताए । त्यस्ता वस्तुहरुलाई नियन्त्रण स्थलगत रुपमा प्रयोगमा आउने उच्च स्तरिय प्रविधि भित्र्याएको उनको भनाइ छ । विभागको अनुसार ल्याबको माध्यमबाट स्थलगत रुपमा छिटो, छरिटो माध्यमबाट अखाघ वस्तुको परिक्षण गर्न सकिन्छ । ‘यो महिनाभित्रमा भित्रिएका सबै ल्याबहरु सञ्चालनमा ल्याइनेछ,’ प्रवक्ता वस्तीले भने ‘एउटा ल्याब केन्द्रमा रहनेछ । बाँकी विराटनगर, भैरवा, धनगढी, नेपालगन्जलाई समेट्ने गरी विभिन्न क्षेत्रीयकार्यालयमार्फत ल्याब सञ्चालनको तयारी भइरहेको छ ।’ शुरुवातती परिक्षणमा तयारी खाद्य पदार्थहरु कटन क्यान्डी, जुलेबी, चप, मिठाइ लगायतमा प्रयोग गरिने अखाद्य रङको परिक्षण ठाँउको ठाँउ गरिनेछ । त्यसपछि पानी, दुध र विभिन्न खाद्य पदार्थमा प्रयोग गरिने विषादीहरुको समेत परिक्षण गर्ने उनले जानकारी दिए । उनको अनुसार टर्कीमा बनेको फोर्ड भेनमा उक्त ल्याब जडान गरिएको छ । ल्याब प्रयोगमा आएसँगै खाद्य पदार्थमा छ्यापछ्याप्ती प्रयोग गरिदै आएको अखाद्य वस्तु÷पदार्थको न्युनिकरण हुने विभागले विश्वास लिएको छ ।

बैंकर्स एशोसिएसनको अध्यक्षमा ढकाल, महासचिवमा पोखरेल र सदस्यमा ज्ञवाली नियुक्त

काठमाडौं । डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा गोविन्दप्रसाद ढकाल नियुक्त भएका छन् । नवनियुक्त ढकाल गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तथा एशोसिएसनका प्रथम उपाध्यक्ष हुन् । साथै, एशोसिएसनको महासचिवमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल नियुक्त भएका छन् । एशोसिएसनको बैशाख २८ गते सम्पन्न १२औँ साधारण सभाले वैशाख ३१ गतेदेखि लागूहुने गरी कम्पनीको अध्यक्षमा ढकाल र महासचिवमा पोखरेललाई नियुक्त गरेको हो । त्यसैगरी, कार्यकारी सदस्यमा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीलाई बैंशाख २८ गते देखि नै लागू हुने गरी नियूक्त गरिएको छ । उक्त नियूक्त गरिएका पदहरु आगामी निर्वाचन सम्मको लागि रहेको एशोसिएसनले जनाएको छ ।  

एनएलजी इन्स्योरेन्सको नाफा १५ करोड, ईपीएस ३१ रुपैयाँ

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले नाफा १६ प्रतिशत बढाएको छ । गत चैतसम्म कम्पनीले १५ करोड १० लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले १२ करोड ९७ लाख रुपैयाँ नाफा गरेको छ । चैतसम्म कम्पनीले २७ करोड १५ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा २२ करोड ६२ लाख रुपैयाँ आम्दानी गरेको थियो । जगेडा कोषमा ८ करोड ५७ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी बढेर ३१ रुपैयाँ ४४ पैसा पुगेको छ । समीक्षा अवधिमा कम्पनीले १ अर्ब ९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले १ अर्ब १ करोड रुपैयाँ गरेको थियो । हालसम्म ५० करोड रुपैयाँ दावी भुक्तानी भएको कम्पनीले जनाएको छ । दावी भुक्तानी हुन अझै ८१ करोड ८२ लाख रुपैयाँ रहेको कम्पनीले जानकारी दिएको छ ।

राष्ट्रिय बीमा कम्पनीको नाफा साढे ७६ प्रतिशत बढ्यो, ९ महिनामा ४६ करोड

काठमाडौं । सरकार स्वामित्वको राष्ट्रिय बीमा कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको ९ महिनामा नाफा साढे ७६ प्रतिशत बढाएको छ । कम्पनीले गत चैतसम्म ४६ करोड १३ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा राष्ट्रिय बीमाले २६ करोड १३ लाख रुपैयाँ नाफा गरेको थियो । एक वर्षको अवधिमा कम्पनीले २० करोड रुपैयाँ नाफा बढाएको छ । कम्पनीले विभिन्न कम्पनीका गरेको लगानीबाट मात्रै चालु आवको ९ महिनामा ३८ करोड ९३ लाख रुपैयाँ नगद लाभांश पाएको छ । समीक्षा अवधिमा कम्पनीको आम्दानी दोब्बर बढेर ६६ करोड ५७ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा कम्पनीले ३० लाख ६५ लाख रुपैयाँ थियो । आम्दानीमा भएको वृद्धिले नाफा बढाएको हो । कम्पनीको जगेडा कोषको आकार बढेर २ अर्ब २ करोड रुपैयाँ बढेको छ । कम्पनीको प्रति सेयर आम्दानी बढेर १७३ रुपैयाँ पुगेको छ । गत चैतसम्म राष्ट्रिय बीमाले ७६ करोड ९० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । गत आवमा ३६ करोड ३५ लाख रुपैयाँ बीमा शुल्क आजन गरेको थियो । हालसम्म कम्पनीले ५ करोड ७० लाख रुपैयाँ दावी भुक्तानी गरेको छ ।

प्रभु लाइफ इन्स्योरेन्स अब पोखरामा, ६० करोडको साधारण सेयर जारी गर्दै

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स सोमवारदेखि आफ्नो पोखरा शाखा कार्यालयको शुभारम्भ गरी कारोबार शुरु गरेको छ । उक्त शाखाको उद्घाटन सोही प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले गरेका छन् । कार्यक्रममा गुरुङले जीवन बीमाको सम्भाब्य बजार धेरै भएकाले र बीमा कम्पनीहरुले अन्य जीवन बीमा योजना संगै स्वास्थ्य बीमा योजना समेत संचालन गर्नु पर्ने कुरामा जोड दिएका छन् । प्रदेशहरुमा यसरी नयाँ बीमा कम्पनी संचालनमा आउँदा थप रोजगारीका अवसरहरु सृजना हुने तथा बीमा बजारलाई समेत थप विस्तार गर्न सघाउ पुग्ने बिचार ब्यक्त गरेका छन् । कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले कम्पनीका हाल विभिन्न २० शाखा कार्यालयहरुबाट जीवन बीमा सेवाहरु उपलब्ध रहेको बताएका छन् । साथै, आगामी दिनहरुमा कम्पनीले देशका सबै जिल्लाहरुमा आफ्नो संजाल बिस्तार गर्ने लक्ष्य राखेको उनले बताए । २ अर्ब चुक्ता पूँजी रहेको यस इन्स्योरेन्समा संस्थापक शेयरधनीले १ अर्ब ४० करोड रुपैयाँ लगानी गरेका छन् । कम्पनीले केही समयभित्रै ६० करोड रुपैयाँ बराबरको साधारण सेयर जारी गर्दै छ ।  

कर्णाली राजमार्गमा जोडियो डाेल्पाकाे जगदुल्ला गाउँपालिका

  त्रिपुराकोट, डोल्पा । जगदुल्ला गाउँपालिका कर्णाली राजमार्गसँग जोडिएको छ । छिमेकी जिल्ला जुम्लासम्म पुगेको कर्णाली राजमार्गबाट जगदुल्ला गाँउपालिकामा पहिलो पटक जीप पुगेको हाे । जुम्लाको सिमानामा पर्ने जगदुल्ला गाउँपालिकामा पहिलो पटक छिमेकी जिल्ला जुम्लाबाट बा १९ च १६६८ नंको जिप पुगेपछि स्थानीयवासीले खुशी हुँदै स्वागत गरेको र जीप हेर्नेहरुको भीड लागेको स्थानीयवासी हरिबहादुर शाहीले बताए। साविकको रिमी र काइगाउँ गाविस मिलेर बनेको जगदुल्ला गाउँपालिकामा कर्णाली राजमार्गमा जोडिने डोल्पाको पहिलो स्थानीयतह भएको जगदुल्ला गाउँपालिकाका अध्यक्ष नारासिंह रोकायालेले बताए । “ठूलो प्रयासबाट जगदुल्ला गाउँपालिकालाई जीप सञ्चालन कर्णाली राजमार्गमा जोड्न सफल भयौँ, अबको केही महीनामा साना मालवाहक गाडी पनि सञ्चालनमा आउने छन्” अध्यक्ष रोकायले भने । जुम्ला र डोल्पाको सिमानामा पर्ने मौरे लेकबाट त्रिपुरासुन्दरीसम्मको ७२ किलोमिटर सडकखण्ड हाल निर्माणाधीन छ । नेपालगञ्जबाट लामो दूरीमा पर्ने भए पनि कर्णाली राजमार्गमा जगदुल्ला गाउँपालिका जोडिएपछि स्थानीयवासीलाई दैनिक उपभोग्य सामान सस्तो हुने र यात्राका लागि पनि सहज हुनेछ । रासस

करमा एग्रेसिभ बन्दै सरकार, विज्ञ भन्छनः ९५० अर्ब राजश्व संकलन सम्भव छ

काठमाडौं । सरकारले नयाँ बजेटमा एग्रेसिभ कर नीति अवलम्बन गर्नेे स्पष्ट संकेत गरेको छ । अर्थमन्त्री युवराज खतिवडा, राजश्व सचिव शिशीर ढुंगानाले करको दायरा विस्तार नयाँ बजेटको प्रमुख प्राथमिकतामा पर्ने बताउँदै आएका थिए । सोमबार नेपाल आर्थिक संघले आयोजना गरेको पुर्व बजेट छलफल कार्यक्रममा सहभागी अर्थमन्त्रालयको राजश्व महाशाखा प्रमुख रामशरण पुडासैनीले पनि राजश्वमा सरकार एग्रेसिभ हुने स्पष्ट पारे । ‘राजश्व संकलनमा सरकार एग्रेसिभ हुन्छ, भन्सारदेखि आन्तरिक बजारमा पनि व्यापक सुधार गर्छाै’, पुडासैनीले भने । कार्यक्रममा सहभागी विज्ञहरुले पनि राजश्वका दर बढाउने प्रशस्तै ठाउँ रहेको बताएका थिए । अर्थशास्त्री प्रा.डा. मदन कुमार दाहालले भन्सारले २५ प्रतिशत आयातलाई मात्रै ट्रयाक गरेकाले राजश्व संकलनको लक्ष्य ठुलो मात्रामा बढाउन सकिने बताए । ‘भन्सारले २५ प्रतिशत आयातलाई मात्रै समेटेको छ, अब आफैं बुझ्नुस हाम्रो अर्थतन्त्र कस्तो छ र हामीले के गर्नु पर्छ’, अर्थशास्त्री डा. दाहालले भने । अर्का अर्थशास्त्री डा. खिमलाल देवकोटाले पनि संघियताले अधिक श्रोत खोजेको र त्यसका लागि राजश्व संकलनको लक्ष्य बढाउनै पर्ने धारणा राखे । उनले आगामी आर्थिक बर्षको बजेटमा ९५० अर्बको राजश्व संकलन लक्ष्य तय गरिनु उपयुक्त हुने धारणा राखेका थिए । नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले निजी क्षेत्र भन्दा पहिले सरकार सुध्रिनुपर्ने धारणा राखेका थिए । उनले बजार अनुगमनलाई राजनीतिज्ञले पैसा कमाउने माध्यम र कर्मचारीले शक्ति प्रदर्शनको माध्यम बनाएको आरोप समेत लगाएका थिए । डा. देवकोटाले बजेटको आधार १७ खर्ब हाराहारी बनाउनुपर्ने सुझाव समेत दिए । प्रा.डा. दाहालले भने १५ खर्बको बजेट उपयुक्त हुने सुझाव पेश गरेका थिए ।राजश्व संकल ३० प्रतिशत बढे मात्र साढे ९ खर्बको लक्ष्य पुरा हुने छ । चालु आर्थिक वर्षमा सरकारले २२ प्रतिशत राजश्व वृद्धिको लक्ष्य राखेकोमा पुरा गर्न हम्मे परेको छ । ३० प्रतिशत राजश्व बढाउन कर संरचनामा ठुलो परिवर्तनका लागि प्रयास गर्नुपर्ने देखिएको छ ।

साउनयता सेयर बजारमा मात्रै २८ अर्ब २४ करोड थप लगानी

काठमाडौं । साउनयता सेयर बजारमा विभिन्न माध्यमबाट २८ अर्ब २४ करोड रुपैयाँ लगानी भएको छ । साधारण सेयर (आईपीओ) एफपीओ र हकप्रद सेयर खरिदका लागि सो रकम लगानी भएको हो । जसअनुसार आईपीओ र एफपीओमा २ अर्ब ६६ करोड ९० लाख रुपैयाँ लगानी भएको छ । यस्तै हकप्रद सेयर खरिदमा मात्रै २० अर्ब ७७ करोड ५८ लाख रुपैयाँ लगानी भएको छ । सामूहिक लगानी कोष (म्युचअल फण्ड) को एकाई खरिदमा ४ अर्ब ८० करोड रुपैयाँ लगानी भएको हो । हालसम्म जलविद्युत, वित्त र बीमाका गरी १६ कम्पनीले आईपीओ र एफपीओ निष्कासन गरिसकेका छन् । यस्तै विभिन्न ४ वटा बैंकले म्युचअल फण्डको एकाई बिक्री गरिसकेका छन् । पुँजी वृद्धिका लागि बैंक, वित्त, बीमा र जलविद्युत गरी ४५ कम्पनीले हकप्रद सेयर निष्कासन गरेका छन् । यसमध्ये केही कम्पनीले हकप्रद सेयर निष्कासनको तयारी थालेका छन् । बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी), ग्रामिण विकास बैंक र प्रमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले एफपीओ निष्कासन गरेका छन् । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड, सान्जेन जलविद्युत कम्पनी लिमिटेडललगायतले आईपीओ निष्कासन गरेका छन् । मेगा बैंक, सिद्धार्थ बैंक, कुमारी बैंक, सिभिल बैंक, प्रभु बैंक, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल इन्स्योरेन्स कम्पनीलगायतले हकप्रद निष्कासन गरेका छन् । म्युचअल फण्डअन्र्तगत सिद्धार्थ, सानिमा, एनआईसी एशिया र सिटिजन्स म्युचल फण्ड रहेका छन् । अझै अर्बौ रुपैयाँ बराबरको आईपीओ, एफपीओ, हकप्रद र म्युचअल फण्ड आउने तयारीमा छन् ।

बीपीसीले सञ्चित कोषको ५२५ करोड बोनस सेयर बाड्ने, लगानीकर्ता मालामाल !

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले (बीपीसी) आउँदो वर्षदेखि संचित कोषमा रहेको बचत (रिजर्व)बाट वार्षिक थप २० प्रतिशतसम्म लगानीकर्तालाई बोनस सेयर दिने भएको छ ।गत पुसमा थप निष्कासन (एफपीओ) जारीपछि संचित कोष १०० प्रतिशत बढेर ५ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । यो रकम बीपीसीले वर्षेनी सेयरधनीलाई बोनस सेयरको रुपमा लाभांश दिने भएको हो । संचित कोषको रकमबाट बोनस सेयरका अतिरित्त वर्षेनी हुने नाफाबाट नगद लाभांश र बोनस सेयर पाउने भएपछि बीपीसीका लगानीकर्ता मालमाल हुने भएका छन् । आउँदो आर्थिक वर्षदेखि संचित कोषको रकम वर्षेनी लगानीकर्तालाई बोनस सेयर दिने बीपीसी अर्थ विभागका भाइस प्रेसिडेन्ट राधेश्याम श्रेष्ठले बताए । उनले औसत २० प्रतिशत हारहारीमा बोनस सेयर वितरण हुन सक्ने जानकारी दिए । “संचित कोषको रकम बोनस सेयरका रुपमा लगानीकर्तालाई वितरण गर्ने भने पनि यति नै दिने भनेर निर्णय भएको छैन” उनले भने । लगानीकर्तालाई बोनस सेयर वितरण गरेपछि कम्पनीको पुँजीगत आधार मजवुत हुने उनको भनाई छ । कम्पनीले २ अर्ब ४ करोड ४५ लाख रुपैयाँ बराबरको एफपीओ निष्कासन गरेको थियो । बीपीसीले गत आर्थिक वर्षमा गरेको नाफाबाट लगानीकर्तालाई २० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । अब बस्ने साधारणसभाले पारित गरेपछि लाभांश वितरण सुरु हुनेछ । चालु आर्थिक वर्षको चैतसम्म बीपीसीले ६५ करोड ७७ लाख रुपैयाँ खुदनाफा गरेको छ । कम्पनीले बिजुली बिक्रीबाट मात्र ५३ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ । यसबाहेक हिमाल पावर लिमिटेडबाट ४९ करोड ६० लाख रुपैयाँ नगद लाभांश पाएको छ । बीपीसीले ३० मेगावाटको न्यादी, ३७.६ मेगावाटको कावेली ए आयोजना निर्माण गरिरहेको छ । यस्तै ८ मेगावाटको चिनोखोला, १०० मेगावाटको मनाङ–मस्र्याङदी, २०० मेगावाटको मुगु–कर्णाली जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । आगामी ५ वर्षमा २ खर्ब रुपैयाँ जलविद्युतमा लगानी गरी १ हजार मेगावाट बिजुली उत्पादन गर्न बीपीसीले ३ वटा चिनियाँ कम्पनीको साझेदारीमा एससीआईजी इन्टरनेसनल नेपाल हाइड्रो ज्वाइन्ट डेभलपमेन्ट कम्पनी प्रालि गठन भइसकेको छ । संयुक्त कम्पनीले ८६२ मेगावाट क्षमताको २ आयोजना खरिद गरिसकेको छ । बीपीसीको १९.४ प्रतिशत स्वामित्व रहने छ । बोनस सेयर वितरणपछि कम्पनीको पुँजी बढ्ने र सो रकम जलविद्युत आयोजनामा लगानी गर्ने बीपीसीको योजना छ । बीपीसीले गत वर्ष सहायक कम्पनीबाट मात्रै ५५ करोड १० लाख रुपैयाँ नगद लाभांश प्राप्त गरेको छ । बीपीसीले हिमाल पावर लिमिटेड, हाइड्रो कन्सल्ट इन्जिनियरिङ लिमिटेड र नेपाल हाइड्रो एन्ड इलेक्ट्रिक कम्पनी लिमिटेडबाट सो रकम बराबरको लाभांश प्राप्त गरेको हो ।    

२ महिनामा होला दैनिक ३ अर्ब १४ करोड विकास खर्च ?

काठमाडौं । विनियोजन गरिएको विकास बजेट सक्न सरकारले अब दैनिक औसत ३ अर्ब १४ करोड ५४ लाख रुपैयाँ खर्च गर्नुपर्ने भएको छ । चालु आर्थिक वर्ष सकिन अब २ महिना केही दिन बाँकी रहदा लक्ष्यको ४० प्रतिशत हारहारीमा मात्र खर्च भएपछि यस्तो अवस्था आएको हो । सरकारले लिएको लक्ष्य पुरा गर्नका लागि दैनिक यो रकम खर्च गर्नुपर्ने देखिएको हो । आर्थिक वर्ष सकिन अब ६४ दिन मात्र बाँकी रहदा अझै ६० प्रतिशत विकास खर्च हुन बाँकी छ । चालु आवमा सरकारले ३ खर्ब ३५ अर्ब १७ करोड रुपैयाँ पुँजीगत खर्च विनियोजन गरेको मध्ये वैशाख ३० गतेसम्म १ खर्ब ८६ अर्ब ३३ करोड रुपैयाँ मात्र खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । गत वर्षदेखि डेढ महिना अगावै बजेट ल्याउदा पनि विकास खर्चमा सुधार हुन सकेको छैन् । चालु आर्थिक वर्षदेखि बजेट खर्चको अख्तियारी लिनु नपर्ने र सिधै ठेक्का गरेर बजेट खर्च गर्न पाउने व्यवस्था पनि प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको छैन् । सरकारले गत फागुनमा गरेको बजेटको अर्धवार्षिक मूल्याँकनमा ७० प्रतिशत अर्थात २ खर्ब ३४ अर्ब ६२ करोड रुपैयाँ मात्र खर्च हुने प्रक्षेपण गरेको छ । बाँकी ३० प्रतिशत अर्थात १ खर्ब रुपैयाँ खर्च नहुने देखिएको छ । सरकारले कुल बजेटको ८४.६७ प्रतिशत खर्च नहुने देखाएको छ । चालु खर्च ७० प्रतिशत अर्थात ५ खर्ब ६२ अर्ब रुपैयाँ खर्च भइसकेको छ । यस्तै वित्तीय व्यवस्थापनतर्फ पनि ३८.२४ प्रतिशत खर्च भएको छ ।

सगरमाथा इन्स्योरेन्सको नाफा १७ करोड, ईपीएस ३१ रुपैयाँ

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको ९ महिनामा नाफा बढाएको छ । कम्पनीले गत चैतसम्म १७ करोड रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा सगरमाथाले १४ करोड ३६ लाख रुपैयाँ नाफा गरेको थियो । स्तरिय सेवाका कारण बीमितको विश्वास हासिल गर्न सफल भएको सगरमाथाले जनाएको छ । गत चैतसम्म कम्पनीले २८ करोड १२ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा २३ करोड ७४ लाख रुपैयाँ गरेको थियो । कम्पनीको जगेडा कोषमा ३८ करोड ८३ लाख रुपैयाँ छ । ९ महिनामा कम्पनीले १ अर्ब ३० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । गत आवको सोही अवधिमा १ अर्ब १ करोड रुपैयाँ गरेको थियो । हालसम्म ७० करोड रुपैयाँ दावी भुक्तानी गरिसकेको कम्पनीले जनाएको छ । यस्तै अझै ७१ करोड रुपैयाँ दावी भुक्तानी गर्न बाँकी छ । कम्पनीको प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ६३ पैसा छ ।