एनआईसी एशियाले ल्यायो कृषि तथा पर्यटन व्यवसाय कर्जा, ५ प्रतिशत व्याज अनुदान दिने

<p>काठमाडौं । एनआईसी एशिया बैंकले हालै ‘कृषि ब्यवसाय कर्जा’ र ‘पर्यटन व्यवसाय कर्जा’ योजना सार्वजनिक गरेको छ । बैंकले कृषि तथा पर्यटन क्षेत्रमा लगानी बढाई यस क्षेत्रलाई सबल बनाउने उद्देश्यले उक्त योजना सार्वजनिक गरेको हो । कृषि तथा पर्यटन क्षेत्रमा स्व–व्यवसायलाई थप प्रबद्र्धन तथा भएको व्यवसायलाई विस्तार गर्ने योजना बनाईरहेका व्यवसायीहरुलाई साथ दिने उद्देश्यले बैंकले [&hellip;]</p>

काठमाडौं । एनआईसी एशिया बैंकले हालै ‘कृषि ब्यवसाय कर्जा’ र ‘पर्यटन व्यवसाय कर्जा’ योजना सार्वजनिक गरेको छ । बैंकले कृषि तथा पर्यटन क्षेत्रमा लगानी बढाई यस क्षेत्रलाई सबल बनाउने उद्देश्यले उक्त योजना सार्वजनिक गरेको हो ।

कृषि तथा पर्यटन क्षेत्रमा स्व–व्यवसायलाई थप प्रबद्र्धन तथा भएको व्यवसायलाई विस्तार गर्ने योजना बनाईरहेका व्यवसायीहरुलाई साथ दिने उद्देश्यले बैंकले यो योजना ल्याएको र यस योजनाले कृषि तथा पर्यटन व्यवसाय बृद्धिमा थप टेवा पुर्याउने विश्वास लिएको छ ।

व्यवसायीक कृषि क्षेत्रमा निर्धारण गरिएको मापदण्ड पुरा गरेका कृषि उद्यमीलाई नेपाल सरकारको नीति बमोजिम ५ प्रतिशत व्याज अनुदानको लागि आवश्यक व्यवस्था मिलाउनुका साथै शुन्य प्रशासनिक शुल्कमा कर्जा प्रवाह गरिने यस योजनाबाट कृषि उद्यमीलाई आफ्नो व्यवसाय विस्तारमा लाभ पुगि मुलुकको कृषि क्षेत्रको विकासमा थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

उपरोक्त व्यवसायीक कृषि क्षेत्रमा निर्धारण गरिएको मापदण्ड भित्र नपर्ने कृषि तथा पर्यटन व्यवसायीहरुलाई समेत यस बैंकले सुलभ ब्याजदरमा कर्जाको व्यवस्था गरेको र सो बाट सम्पुर्ण कृषि तथा पर्यटन व्यवसायी लाभान्वित हुने बैंकको विश्वास छ ।

Share News